कुनै एक अपराह्न
सामाजिक शिक्षा पढ्दा–पढ्दै तिमी असामाजिक भएर निस्कियौ कक्षाबाट
र, उभियौ तिम्रो आफ्नै जिन्दगीको अस्पष्ट मानचित्रमा
तिमीले देख्यौ धुमिल–धुमिल केही चित्रजस्तो स्मृति
त्यसमा थियो तिम्रो बाजेको मक्किएको करङ
एक थान डम्फु र जड्यौली भोटो
उभैं उभों उडिजाने लिखु खोलाको बतास
उधैं उधों झरी जाने नेपानीको पहिरो
जसले बगाएको थियो एकपाखे तिम्रो पुख्र्यौली घर
जहाँ पुरिएको मामको अन्तिम दाहसंस्कारसमेत गर्न नसकेपछि
आपाले उठाउनुभो हलुकास“ग एउटा फूल
र
आमालाई स“गस“गै डोहो¥याउनुभो याम्बुसम्म
अचेल, आमा त्यही याम्बुको सानो छिँडीमा
बुन्दै छिन् बडेमानको गलैँचा
आपा बेल्चाको प्रत्येक उठानसँगै उचाल्छन्
सिमेन्टजस्तै अररो दुःख
र लगाउँछन् छपक्क मिलाएर इटाँका गाह्रो
तर
उनले पटक्कै जानेनन् इटाँजस्तै दुःखलाई मिलाएर टाँग्न
पटक्कै सकेनन् स्टक राख्न एक्स्ट्रा एउटा ग्यास सिलिन्डर
कहिल्यै भण्डार गर्न पाएनन् चार केजी सोना मनसुली चामल
पटक्कै तिर्न सकेनन् सामुदायिक विद्यालयको सहयोग शुल्क
मागेका नै के थियौ र तिमीले
–एक जोर नयाँ मोजा
–फिक्का आकाशे रंगको एउटा कमिज
–एक सेट ज्यामितीय बक्स
–एउटा फुल्टिन पेन
र दिवा नास्ताका लागि दैनिक रु. पाँच
न्यूनतमभन्दा न्यूनतम आवश्यकताका सूची थिए तिम्रा
त्योभन्दा न्यूनतम आम्दानी थियो तिम्रो आपाको
बरु अलिक बढ्ता थियो
–आमाको फोक्सोमा दम
–औषधिको बिल
–घरबेटीको कचकच
–रासन पसलको उधारो
–ठेकेदारको पेलान
यस्तोमा तिमी हतोत्साहित हुनु
एक्लिएर टोलाइरहनु
संसारकै सबैभन्दा दुःखी आफूलाई ठान्नु
असामाजिक देखिनु,
खास नौलो कुरो थिएन
तर
जीवनप्रतिको तिम्रो नैराश्यता यति बढेर गयो कि
तिमीले देखेनौ आफ्नै उमेरको वय
सुनेनौ किशोर ढुकढुकी
छामेनौ आफ्ना नरम रहरहरू
ती कति मुलायम थिए
र झुन्ड्याएर सिलिङमा आफ्नै मांसल देह
अपराध ग¥यौ यो समाजमा
सबै–सबै रित्तिएर गएको छ यतिखेर
फेरि पनि
यदि, आयुको जोड घटाउ हुन्छ भने
घटाएर आफ्नै जीवनको आयतन
म थपिदिनेछु
–केही हिउँद
–केही ऋतु
–केही याम
–केही आयाम
र सँगसँगै हिँडाइरहन्छु तिमीलाई
सहरका भिडहरूमा
गाउँका भीरहरूमा
नदीका किनारहरूमा
जहाँ तिमी पुनः जीवनलाई प्रेम गर्न थाल्नेछौ ।
सभार: शनिवार, बैशाख २३, २०७४
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र