प्रिय !
तिमी छौ र म छु
साँझ, बिहान हरपल
एकान्त, भिडभाडमा ।
जुनदिन तिम्रो आगमन भयो
त्यो दिन देखि कहिल्यै एक्लै बस्न दिएनौ
दुस्खमा, सुखमा, हाँसोमा रोदनमा !

तिमीसँग एक्लिँदाको छटपटीबाट
बालापन, यूवापन, बुढ्यौली
सबै प्रभावित छन
सप्रसंग ब्याख्या के गरूँ !
कति प्रिय छौ है !
कहिल्यै, काहीं टाढा हुँदैनौ
घरमा, यात्रामा, सभा–सम्मेलनमा
यतिसम्म कि
निन्द्राको तन्द्रमै
हात तिमीलाई स्पर्श गरिरहन्छ
अर्धचेतमा तिम्रै लागि चेत खुल्छ ।

वरीपरी सबै हुँदा पनि
कोहीसँग मन खोल्न दिदैनौ
टाढा टाढा सयर गराउँछौ
संसार डुलाउँछौ
फरक यति मात्रै
खुल्ला छौ
कस्ले कुन बाटो तय गर्छ ।

हिड्दा, डुल्दा, खाँदा सुत्दा
सबै पल
तिमीसँग टाढिएर बस्ने समेत
कल्पना गर्ने आँट छैन
यदि हुने भए
किरातिम्माको किम्माको स्वादमा
कोइँचामको सोँफ झानेको पोशेमा
यो हेमन्त–शिशिरको मध्य ऋतुमा
काल्पिपको हेरचाहमा तात्तातो फाल्गिको सुपमा
फाचे ग्याँमिसँगै निक्खुर जिर्माको जोरसागुनमा
पार्मोसिरि अनिलासिरि भाकेर
सेतिभूमे कालि भूमे रम्बाले साँक्षी राखेर
जिब्रोको टुप्पोको चस्सा मीठो स्वाद साँचेर
मानौं युगयुगान्तर समग्र जीवनभरि
प्रिय ! तिमीलाई मेरै खोकिलोमा साँचीरहेछु
मलाईँ हरपल चिन्ता छ
न तिमी कसैको पेवा पो बन्छौ कि
न तिमी कतै मलाई थाहै नदिई छाडेर जान्छौ कि
खपी नसक्नुको रहेछ पीडाबोध हुन्छ सम्झेर
प्रिय !
समयले दिएको मेरो जीवनको नयाँ उपहार
मेरो नयाँ जीवनसाथी प्रिय मेरो मोबाइल ।

-फाचे दोलखा हाल कुस्मा पर्वत । २०७४ पौष २५

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *