यहि मंन्दिरभित्र लुटिएकि थिइन्
तेरी अामा लुटिदा माैन थियाे अाकाश
चुपचाप थिए भगवान ।
असरल्लै छरिएका रगतका अाला टाटाहरू
गिजाेलिएकाे शरिरले खेपेका असिम पीडा बाेकेर
तेरी अामा याे बस्तिबाट हराइन्
उनकाेलागि हरायाे जुनकिरीकाे
धिप- धिप उज्यालाे पनि
सन्नाटा फैलाउदै घाेप्टियाे
चुक जस्ताे कालाे रात याे धर्तिमा ।
अाफ्नाे रफ्तारमा क्रमश
समयले पाइला चाल्दै गयाे
फर्कि अाए,
एक हुल चराहरू बचेरा काेराल्न
मंन्दिर नजिकै टुनीकाे रूखमा
फेरि अायाे बसन्त ।
तँ जन्मने सुरसारमा थिइस्
नजिकै छिमेकी झ्याउँकिरीहरू
गाउँन छाडेर थकित थिएँ।
सुस्त सुस्त पवन साउती मार्दै
बरालिन्थ्याे हरियापातहरूशीत
ती सुन्सान रातमा
सडकपेटीहरूमा निर्धक्क भुस्याहा कुकुरहरू
सामराज्य फैलाउन तैनाथ थिए
त्यति बेला,
तिथि मिति याद छैन।
मात्र खिचिएका तस्विरहरू पल्टिन्छन् अाँखामा
तेराे ईतिहास बाेकेर काँन्छा!
तँ जन्मेकाे सु समाचार बाेकेर
ब्युझिएका एक जाेडी चराहरू फट्फटाउन थाले
तेराे रूवाई सुनेर
जाेड्ले भुक्न थाले भुस्याहा कुकुरहरू
मानसिक सन्तुलन गुमेकि तेरी अामा!
कपना लाज नाङगिदै गई।
खडेरीले खाएकाे बाँझाे धर्तिमा
अपवाद उम्रिएकाे तँ
पालिने अाेत खाेजेर रून्थिस्
बाबुकाे नाम ठेगाना न खुलेकाे
बेवारिसे सडककाे कथा बनेर!!
Please follow and like us: