उपिंया न मारी नहुने
डाँस मछड् भगाउनु पर्ने
राेग र शत्रु एउटै दर्जामा
उत्पत्ति साथ मान्छे निखार्ने
अबका डाँस मछड् झन सुरा
उपिंया उप्युँ झन छुरा
राेग र शत्रु लाई के भनुँ
समय घरैमा उत्पति
निर्मूल नपार्नाले बडेकाे रेाग
शत्रु डाँस र मछड् पाल्नाले
उपिंया उप्युँ बडाउनाले
घर घरका मत हरू साँडे भए ।
दाई नसक्नुछन् आजका बहर
पाई नसक्नुछन् आजका शहर
खाई नसक्नुछन् आजका प्रहर
हिंशा प्रचण्ड भएर बल्झेकाेछ बमम
एकले एकलाई चिन्ताकाे आगाेमा हालेकाेछ
जता ततै भाईरस
यथार्थमा बागडाेर
जीवन अर्थहीन पारिसकाे
मर्यादाले कुलेलाम ठाेकिसकाे
ईज्जत सम्मान हरू बक्बातमा पुग्न लागे
रूख बिनाका पत्ता
जता ततै रूख बन्न खाेजेकाछन्
जबस्जस्ति हुतिएकाछन्
रूख बिनाका पत्ता
सत्यकाे आधार
माता पिताकाे स्याहार
तथ्यकाे आकार
सिङ्गाे सन्सार
हुँदा हुँदै उपिंयालाई टाेकाउने
उप्यु पाल्ने
राेग र शत्रुकाे भरमा बाँच्ने
डाँस र मछड्लाई टाेकाउने प्रण
निशाचरकाे प्रभाव
राक्षस म्लेच्छ हरूकाे कमाल
भित्री आसुरी बाहिरी बाँसुरी
उपिंयाँ उडुस
डाँस मछड्
राेग र शत्रु
सबै जुटेकाे समय
घर घरमा उत्पति।
माेहन राज खनाल (म्यामा)
Please follow and like us: