ऋतु र मौसमहरुको बिधान तोडेर
बादल बिना हरहमेशा घनघोर वर्षा भैरहन्छ
अराजक हण्डर र सस्तीहरुको !
सम्भावनाहरुको प्रतिरुप
म
कर्कलाको पात बनेर उभिएको छु
रोषालु कर्के नजर फुत्त फ्याँकेर “म” तिर
पीडाका भेलहरु छेउबाट गड़गड्याइरहेका छन्
आफुले टेकेको धर्तीमा
परिस्थिति इतर
नआत्तिएर निर्दुखी उभिरहनु पर्ने अभ्यस्तता
अर्थात्, मेरो “बोटानिक” जीवनशैली –
गाढा हरियो कर्कलाको पातको
बाह्य आवरण मात्र हो ? होइन !
Please follow and like us: