लौ हेर बीरंगनाको रुपमा नयाँ जन्म लिएर आँए म ,तिम्रो दास्वतामा लास बनेको देहबाट जिएर आँए म !

तिमीले दिएका चोट , सास्ती र कुव्यवहारले ,
टुक्रा टुक्रा भैसकेको नारीमनलाई सिएर आँए म !

अति भो अबदेखि कोही नाँच्ने छैन तिम्रो ईशारामा ,
त्यो कोमल,सहन्शील मनलाई त्याग दिएर आँए म !

तिम्रो समाजको विसंगती र कुरीतिको अन्त गर्नलाई,
अमर सहासरुपि अमृतको प्याला पिएर आँए म !

लौ हेर बीरंगनाको रुपमा नयाँ जन्म लिएर आँए म ,
तिम्रो दास्वतामा लास बनेको देहबाट जिएर आँए म !

हाल इजरायल

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *