– जितेन्द्र मल्ल

जब मान्छे मान्छेकै भीडमा एक्लो महशुश गर्छ, जब मान्छे आफ्ना भावहरु बाँड्ने कुनै बिश्वाशिलो साथी आफु वरिपरी भेट्दैन, जब मनमा रुमल्लिएका भावहरु निहुँ खोज्न शुरु गर्छन् आँफैसित, यी र यस्ता कयन कारणले मान्छे सामाजिक संजालहरु प्रवेश गर्छ, आफ्ना भावनाहरु साट्न, आफ्नो एक्लोपना मेट्न,मन मिल्ने दौतरींको खोजमा । यिनै सामाजिक संजाल मध्यको बेहद लोकप्रिय एक हो ‘फेसबूक’ र तिनै मान्छेमध्यको एक हुँ म । बिदेशिदाका शुरुवाती दिनहरु, नयाँ ठाउँ, नयाँ अनुहार, नयाँ परीवेश र नितान्त एक्लो म । साथीहरुको साथको आश, सामाजिक प्राणीको हैशियत, नयाँ नयाँ भएर होला, कामको पनि कम चाप । यिनै कारणले मलाई फेसबूकमा प्रवेश गरायो ।

हेर्दा हेर्दै फेसबूकमा दुई बर्ष पार गर्न लागिएछ । DECEMBER 7 2008, म फेसबूक प्रवेश गरेको मिती, फेसबूक प्रवेशसाथै खोजी शुरु भयो संपर्कविहिन साथीहरुको, ADD गर्दै हिडियो केही नयाँ, केही पुराना साथीहरुलाई । बिस्तारै मित्रता सुचि फराकिलो हुँदै गयो, फेसबूक रमाइलो हुँदै गयो ।

मेरो फेसबूक रमाइलो प्रतिकृया दोहोरिमा मात्र सिमित रहेन, पहिलेदेखी नै साहित्यतिर झुकाव थियो र कोर्थे केही रचनाहरु । तर ती रचनाहरु केही संयुक्त कविता संग्रह “अन्जुलिमा अभियन्ता” मा सिमित थिएँ, केही साहित्यिक समारोहहरुमा वाचन भए र केही फाट्ट फुट्ट पत्रीकाहरुमा । “परदेशी जीवन, साहित्यप्रतिको झुकाव, युनिकोडको सहजता, अरु मित्रहरुसम्म पुर्‍याउने माध्यम फेसबूक”, मेरो लेखन यात्राका सहयोगीहरु । गजलको बारेमा धेरै थाहा थिएन र पनि गजल बिधा नै मेरो चयनमा पर्‍यो । सामाजिक संजाल न पर्‍यो, बिस्तारै साहित्यका पारखी मित्रहरु पनि समाहित भए मित्रता सुचिमा । यसले गर्दा मैले धेरै सिक्ने अवसर पनि पाएँ र आफ्नो लेखनलाई सुधार्दै गएँ । मेरो लेखनी सुधारमा “दीपक कथित” सरको नाम छुटाउन सक्दिन म र अन्य धेरै अग्रजहरु र मित्रहरु हुनुहुन्छ जस्को प्रोत्साहन, सुझावहरुबाट आज यतीसम्मको लेख्ने भएको छु । शायद त्यही सुधारको परीणाम हो, केही गीत र गजलमा लय पनि भरियो । मेरो लेखनले नेपाली साहित्यमा एउटा पनि ईँटा थप्न सक्यो या सकेन त्यो मलाई थाहा छैन, तर धेरै मित्रहरु र तिनको माया कमाउने मौका चै मैले पाएँ र यसैमा गौरवान्दित छु ।

यी त भए साहित्यका कुरा । फेसबूकका अरु धेरै गुणहरु छन् म माथी । पुराना साथीहरु जो उहिल्यै हराएका थिए, आज मेरो मित्रता सुचिमा छन् र तिनिहरुको UPDATE हरु म सम्म पुर्‍याउँछ फेसबूकले । केही नयाँ साथीहरु(जस मध्य केही सित अझै पनि प्रत्यक्ष भेट भएको छैन) छन्, जो सित बर्शौ पुरानो जस्तो गाढा नाता बसेको छ । अन्लाईन यात्राका हामी यात्री साथै रमाउँछौ, ठट्टा गर्छौ, कहिले कहीं झगडा गर्छौ, फेरी मिल्छौ । शायद चोखो मित्रता भनेको नै यही हो, हैन र ? UAE मै अहिले मेरा केही साथीहरु छन् जो सित मेरो भेट फेसबूकबाटै भएको हो भन्दा जो सुकैलाई पत्याउन गार्‍हो पर्छ । हरेक चाँडबाँड आउँदा कहाँ जाने होला के गर्ने होला भनेर घर सम्झिदै टाउको समाउनु पर्दैन । यो वीकेन्ड बेकार जाने भयो भनेर पनि चिन्ता हुँदैन । कारण हामी १२-१४ जनाको एउटा परिवार छ, जसलाई एकिकरण गर्नमा फेसबूकको ठुलो हात छ ।
फेसबूकले मलाई फाईदा मात्रै गरेको छ पनि भन्दिन म । जती समय मैले फेसबूकमा खर्चिन्छु, त्यती समय अरु कामको लागि खर्चेको भए नि हुन्थ्यो भन्ने लाग्छ कहिले कही । कहिले कही अफिसको काममै ढिलाई हुन्छ । कामको प्रेसर भएको बेलामा पनि फेसबूकमा आउन मन लाग्ने ADDICT पनि बनाएको छ यस्ले मलाई । यही कारणले गर्दा दुई चोटिसम्म आफ्नो ACCOUNT DEACTIVATE पनि गरें, तर मनले शान्ती पाएन , पावोस् पनि कसरी, जब मन मिल्ने साथीहरु नै यही थिए । फिर्ता आउन बाध्य भएँ यही संजालमा, विगतका कमजोरीहरुलाई सुधार्दै ।
अन्त्यमा, मेरो फेसबूक यात्राका सहयात्री मित्रहरुप्रती हार्दिक आभार व्यक्त गर्न चाहन्छु, मेरो फेसबूक यात्रालाई रमाइलो र अर्थपूर्ण बनाइदिनु भएकोमा र अनुरोध छ यो यात्रा अझै अर्थपूर्ण र रमाइलो होस् ।
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *