कती लुकाउछेउ मनका मायालाई
आउ इ अपुरा मायालाई पुरा गरौ
सुन्यताको आडमा बाचेको यो मनलाई
उमङको आगमनले भर /
कती दिन ती मनका भावनालाई लुकाउछेउ
लुकाएर ती आकांक्षा कस्को सामु फुकाउछेउ/
त्यसैले आउ पाउजुको छम-छम आवाज बजाएर आउ
स्रिगार बस्त्र पहिरन सजाएर आउ l
कती दिन मनमा सिसिर का तुसारापात लिएर बस्छेउ
अनी कती दिन आफ्नै मनमा
सहनै नसक्ने गरी बज्रपात दिन्छेउ?
आउ ती सिसिरले उजाडीएका मनलाई
बसन्तको आगमनले भर
अनी आफ्नै मनका सारा बेदना फुकाई
जीवन सँग रमाउने कोशीस गर l
कती दिन आफुले आँफैलाई
आशुको सागरमा डुबाएर राक्छेउ?
अनी कती दिन आफ्ना मनका चोटहरु दबाएर राख्छेउ?
आउ आफु लाई आशुको सागर बाट लिकालेर हेर
अनी चोट र निरासा हटाइ नयाँ पाइला चालेर हेर
तब तिम्ले आफ्नो जीवनको महत्व बुझ्छेउ l
सिमरा -बारा
Please follow and like us: