जोगाऊ रेशमीपर्दा,म हुरी बोकिहिड़नेसंग
अर्ध-उदांगो छायाँ नचियाउनु सकिन्दैन
नजर बैमानी छ,हेराईमा बिषादी छ !
पाप नठान्नु फेरि,आखाँले मन बोक्दैन
छेक्नु सर्वांग आफुलाई,कालैधर्सा कोरेर
गुलाबी दृष्टि मुन्तिर,काडाँ हुन्छ नभुल्नु
दृष्टि सम्मोहक छ, नसा छुवाई दिन्छ !
म बेग हुँ फेरि,न्यानो खोज्नु मिल्दैन
रापको जोहो गर्नु,आधा रहरहरु बाँधेर
छेऊ आई निभाई-भागे,निष्ठुरी नभन्नु
नयन आकर्षक छ, निमेष मै झुक्याउछ !
– निर्जन, ओफ्न्बाक-जर्मनी, २५ अक्टुबर २०१०, साँझ १०:०३ बजे.
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar