सक्छौ भने देशको माया भरिएको मन देउ मलाई !
नशा नशामा स्वाभिमान बगिएको तन देउ मलाई !

आजको हिंसात्मक् द्वन्द र प्रतिसोधको अन्त्यगरी
अलौकिक  प्रेमपूर्ण  शान्तिमय  क्षन   देउ     मलाई !

परिस्रमी र पौरखी  नेपालको  भाग्य कोर्न अग्रसर
देशको निम्ति मरिमेट्ने देशप्रेमी जन देउ मलाई !

समस्या  र  विकृति   ल्याउने   स्वार्थी  विवेक   होइन
सुपरिवर्तन ल्याउने ज्ञान र नेपाली पन देउ मलाई !

सक्छौ भने देशको माया भरिएको मन देउ मलाई !
नशा नशामा स्वाभिमान बगिएको तन देउ मलाई 
हाल इजरायल 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *