धेरै गर्यौ तरपनी’कस्तो भयो हाम्रो देशमा
कतै पनि नमिलेको’जस्तो भयो हाम्रो देशमा
भेटे सम्म कहाँ हो र ‘लुछिचुडी खाने भए
नअघाउने ब्वासोहरु’पस्दो भयो हाम्रो देशमा
नसक्ने भो बच्चाउन’काडेतारले बेरे पनि
भित्रै पसी कालो सर्प’डस्दो भयो हाम्रो देशमा
हात थाम्ने भन्दा पनि’खुट्टा तान्ने धेरै भए
एकोहोरो ओरालोमा’खस्दो भयो हाम्रो देशमा
युबाशक्ती प्रबास भए’गाउघर सबै सुन्य भयो
लुटी ठगी खाने मात्र’बस्दो भयो हाम्रो देशमा
श्यामकुमार ग्लान (तामाङ)
सिन्धुली माझुवा
हाल : दोहा,कतार
Please follow and like us: