डुबी सके पछी पो घाम खोज्दै आयौ तिमी
बिर्सी सके पछीको नाम खोज्दै आयौ तिमीधेरै थिए सपनाहरु सजाइएका आँखा भरी
बिती सके पछीको काम खोज्दै आयौ तिमी
बिर्सी सके पछीको नाम खोज्दै आयौ तिमीधेरै थिए सपनाहरु सजाइएका आँखा भरी
बिती सके पछीको काम खोज्दै आयौ तिमी
लड्यौ कि त महाभारत एक्लै कम्मर कसी
जिती सके पछी पो राम खोज्दै आयौ तिमी
धेरै फूल दोबाटोमा ओइली झरी सुके पछी
मेटी सके पछीको डाम खोज्दै आयौ तिमी
खबरहरु उडे पछी आफ्नै सन्चो बिसन्चोको
च्याती सके पछीको खाम खोज्दै आयौ तिमी
सिन्धुली मझुवा
हाल : दोहा, कतार
हाल : दोहा, कतार
Please follow and like us: