आँखामा आँशु भए,
आशुँको तालमा आँखा डुबे,
आतेसै आतेसमा डुब्छन्
पौडन नजान्ने सपनाहरु ।
प्रतिस्पर्धाको युगमा,
सपनाहरु
पौडी प्रतियोगितामा
सामेल हुन्छन्।
आँशुले दृष्‍टि कमजोर पार्छ ।
वसन्तमा रुखहरु
कमलपित्त लागेको विरामी झैं
ख्याक देखिन्छन्
पातहरु एकाएक भइँभरी हुन्छन्
त्यहाँ मुन्तिर च्याउ उम्रने प्रयत्न गर्छ
जो विषालु हुन्छ ।
हिंड्दाहिंड्दै,
बाटैको अजिंगर देखिदैन ।
कहींकतै जीवनको मोडमा
‘छहारीमा बस’ भन्नेहरु भेटिन्छन्
त्यो रुखको हाँगामा
अरिगांलको बास हुन्छ
र पछाडिपट्टी हातमा
मटेङ्ग्रा र गुलेली ।
                       
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *