अनन्त बग्छ कलकल त्यो खोला
त्यसलाई क थाहा त्यो ढुङ्गाको कथा
ठोक्किदै खीइदै गर्छ पलपल संघर्ष
तर बुझ्दैन खीइएर पनि संगै बग्न नपाउनुको व्यथा
खडेरीमा सुक्खा बालुवामा रमाउने
बर्षामा नदीको बाटो बनाउने
प्रकृतिको सुन्दर जग बन्यो जो
आफु टुक्री पर भर भयो जो ।
– सम्भावना
Please follow and like us: