– शिव प्रकाश 
लुगाले छोपेको छ
तर अनुहारले देखाइरहेछ
के अनुहारमा तिमीले लुगा लाउन बिर्सियौ ?
नबोले नि त्यो मुख
बोलिरहेछन् ती आँखा
के आँखामा तिमीले पट्टी लाउन बिर्सियौ ?
नभए नि तिम्रा सामू
भित्ता थिए ओरिपरी
के ती भित्ताका तिमीले कान थुन्न बिर्सियौ ?
नदेखे नि मैले केही
हेरिरहेथ्यो अँध्यारोले

के त्यो अँध्यारोका तिमीले  आँखा फुटाउन बिर्सियौ ?
लुकाए नि सबैसामू
 देख्छ कसै न कसैले तिम्रो त्यो नग्नरुप
के हरेक रात तिमीले कसैसामू
आफूलाई नङ्ग्याएको बिर्सियौ ?
उस्तै हो त्यो सत्य, तिम्रो नग्नता जस्तै
उस्तै हुन् झूठका ती हजार आवरण
तिम्रा तिनै लुगा जस्तै
जति छोप्न खोज्छौ
उति उदाङ्गिन्छ त्यो तिमी आफू जस्तै
भन- यो सत्यलाई तिमीले फेरी किन बिर्सियौ ?
(अश्रृंगार कविता अभियान, बोस्टन अमेरिका, जनवरी १६, २०११)
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *