हरी कृष्ण न्यौपाने
कुवेत-२३-जनावरी-२०११
अन्तरार्ष्टिय नेपाली साहित्य समाज कुवेत च्याप्टरकोआयोजना तथा अभि-जमान स्मृति ट्रष्टको प्रायोजनमा कुवेतमा पहिलो पटक सम्पूर्ण नेपालीसाहित्यिक ब्यक्तित्वहरुको जमघट तथा काब्य श्रृखलाको शुरुवातको औपचारिक कार्यक्रमआयोजना हुने भएको छ। कुवेतका लागि नेपाली राजदुत तथा कथाकार-साहित्यकार श्री मधुबनप्रसाद पौडेल ज्युले उद्धघाटन गर्नुहुने सो कार्यक्रममा अनेसास केन्द्रिय समितिकासदस्य तथा अनेसास कुवेतका संरक्षक वरिष्ठ साहित्यकार भाषा विद होम बहादुर क्षेत्रीतथा उहाँको धर्म पत्नी आशा क्षेत्रीको बिशेष सहयोग र अभि-जमान स्मृति ट्रष्टकोसौजन्यता रहने भएको छ।
अन्तरार्ष्टिय नेपाली साहित्य समाज कुवेत च्याप्टरका अध्यक्ष तथा बरिष्ट पत्रकारराजन रिमालका अनुसार आगामी फेव्रुअरी ११ तारीखका दिन कुवेतमा छरिएर रहेकासाहित्यकारहरुको पहिचान गरी अनेसास कुवेतको छाता मुनि राख्ने उदेश्यका साथै विदेशमापनि नेपाली भाषा साहित्यको विकास र समबर्धन गर्ने हेतुले कुवेतको फाहिल स्थित रोयलमुगलाई रेष्टुरेण्टमा एक बिशेष साहित्यिक कार्यक्रम गर्न लागिएको हो।पृथ्वीको जुनभुगोलमा हामी बसे पनि आफ्नो भाषा र साहित्यलाई कहिल्यै पनि भौगोलीक सिमानाहरुलेछेक्न सक्दैनन भन्नेकुरा लाई साबित गर्दै अनेसासले यस अघिका दिनहरुमा कुवेतमाबिभिन्न साहित्यिक कार्यक्रमहरु गरिसकेको छ।
अन्तरार्ष्टिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले निकालेको सार्वजनिक अनुरोधयस प्रकार छ।
सुचना ! सुचना !! सुचना !!!
अन्तरार्ष्टिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको आयोजना तथा अभि-जमानस्मृति
ट्रष्टको प्रायोजनमा कुवेतमा रहेका नेपाली साहित्य अनुरागीहरु लाई नेपाली भाषाकोमाध्यम बाट
एउटै मालामा उन्दै साहित्यिक मनहरुको द्धैमासिक काव्य श्रृखला संञ्चालन गरिनेअनेसास कुवेतको
निर्णय बमोजिम आगामी फेब्रुवरी महिनामा सस्थाको प्रथम काव्य श्रृखला संञ्चालनहुने कुरा सहर्ष
जानकारी गराउन पाउदा अनेसास कुवेत गर्व गर्दछ । यसै सुचना लाई आधार मानेरकुवेतमा छरिएर
रहनु भएका साहित्यानुरागी मनहरुलाई निम्न,मिति,स्थान र समयमा उपस्थित भई दिनुहुनका लागी
हार्दिक अनुरोध गर्दछौ ।
मिति :- २०११ फेब्रुअरी ११
स्थान :- रोयल मुगलाई रेष्टुरेण्ट फाहहिल कुवेत
समय :- विहान ठिक १०- ०० वजे
नोट :- साहित्यकारहरुलाई खान-पिनाकोसमेत विशेष व्यवस्था गरीएको छ । सर्जकहरुलेआफ्ना गित,गजल,कविता,मुक्तक,चुट्किला,कथा,सस्मरण सफा अक्षरमा लेखि साथमा ल्याउनपर्ने छ ।
पुरस्कारको पनि व्यवस्था गरीएको छ ।
सम्पर्क फोनहरु :६५९६५२३०,५५२०६६४१,९९६४६१८३,९७२१४७७३,६७७२८०१३,६०६५३५९५,९९४९८६६१
अध्यक्ष
राजन रिमाल
सचिव
मनोज काफ्ले
Please follow and like us: