१५ माघ, २०६७, काठमाण्डेोँ ।
रायलमा रहनु भएका कवि हरि मानन्धरविवशको “असूचित विम्ब-ध्वनि” कबितासङ्ग्रह निबार काठमाडौंको कमलादीमा अवस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा विमोचन गरिएको छ ।  विमोचनमा वरिष्ठ कवि तुलसी दिवसद्धारा पुस्तक विमोचित गरि सार्वजनिक गरिएको  थियो ।
सो विमोचन कार्यक्रममा प्रा.राजेन्द्र सुवेदी डा.बेन्जु शर्मा र बिष्णुबहादुर सिंहले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो भने आफ्नो भौतिक शरीर मात्र इजरायल र मन नेपालमा पुर्याएका कवि हरि मानन्धरका कृतिभित्रका कविता कविहरु मंजुल बाबा बस्नेत, सन्ध्या पहाडी र मणि लोहनीले वाचन गर्नु भएको थियो ।  कार्यक्रमको समारोह चलिरहेकै बेलामा कवि हरि मानन्धरले फोनबाटै कृति भित्रकै कविता सुनाउँदा अतिथिहरूसमेतले कविलाई बधाई दिएका थिए ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो विमोचन कार्यक्रममा नेपाली साहित्यका थुप्रै पारखीहरूकोउल्लेख्य उपस्थिति रहेको थियो ।
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *