छोराको प्रगतीको कुरा सुन्दा र देख्दा उसकी आमा हर्षले गदगद हुन्थिन । हुन पनि उनको छोरोले राम्रो प्रगती गरेको थियो । आर्थिक उन्नतीको त कुरै नगरौ । शहरमा २ वटा ठूला ठूला घरहरु थिए । एउटामा आफ्नो परिवार बस्थे अर्को घरचाही एउटा विदेशी संस्थालाई भाडामा लगाएको थियो । उसले चढ्ने गाडी उसले भने अनुसार नै अफिसका तर्फबाट विदेशवाट झिकाईएको थियो । उसको बिहेमा उसको ससुराली पक्षले राम्रो दाईजो दिएको कुरा त सबैको सामु जगजाहेर थियो । माथीका हाकिमहरुलाई खुसी पारेर बर्षको दूई तीन पटक त विदेश भ्रमण गरिरहन्थयो । उसकी श्रीमती र छोराछोरीहरुलाई जे चाहियो उ सिधै अफिसकै तर्फवाट मगाउथ्यो या त आफ्नो प्रभावको प्रयोग गरी सस्तो दरमा राम्रा र महंगा सामानहरु उपलव्ध गराउथ्यो । आज उसंग यति सम्पत्ति थियो कि जुन उसको सन्तानलाई अर्को पचास बर्ष कामै नगरे पनि खान पुगथ्यो ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *