मेरा यी आँखा नभए पनि हुन्थ्यो
सौन्दर्य पिपासु भएर
कसैलाई चोर्न खोज्ने थिएन
तर के गरौं
एक जोडी नै भएर बसेका छन्
भएपनि देख्नै नसके हुन्थ्यो
तर के गरौं
पारदर्शी भएर प्रतिछायाँ बोक्दै
उनकै पछि दौडिरहेका छन् ।
मेरो मन नभएपनि हुन्थ्यो
मुटु नभए अझ जाती हुन्थ्यो
चाहनामा तड्पिने थिएन
मायामा धड्किने थिएन
तर के गरौं
मन पनि छ, मुटु पनि छ
उनकै स्मृतिमा हरक्षण हुन्छन् ।
भएपनि
ढुंगाको भइदिए जाती हुन्थ्यो
तर बनी दियो कोमल
हरक्षण पग्लिरहन्छन् ।
आँशुले बगाइदिए पनि त हुन्थ्यो ।
तर बगाउन सक्दैन
पिडा बोकेर छ्टपटाइ रहन्छन् ।
म बरु नजन्मिएको भए पनि हुन्थ्यो
जन्मिए पनि नबाँचेको भए हुन्थ्यो ।
तर जन्मिनै पर्यो, बाँच्नै पर्यो ।
बरु पशु भएको भए पनि त हुन्थ्यो
नदुख्थ्यो छाती, न हुन्थ्यो माया
रहर उब्जन्थ्यो, न हुन्थ्यो चाहना
तर के गर्नु
मान्छे भएर जन्मिएँ
मान्छे हुनुको अर्थ
प्रितिका पिडाहरु बोकि राख्याछु ।
#Poet- unknown
२०४८ साल असोज ११ गते बिहीबार लेखेको रहेंछु