श्रीमान घरबाट निस्किन लाग्दा श्रीमती-
“ए हजुर ! पर्खनुस् त !
लाउनुस् यो सामानको लिस्ट ।”
श्रीमानले सर्सर्ती लिस्ट हेरे –
चामल , तरकारी , नुन तेल, मसला, खाजा, साबुन, सरफ, ग्याँस आदिको लगभग छ महिनालाई पुग्ने गरी आवस्यक सबै सामाग्रीहरू अर्डर थियो ।
“यति भए छ महिनालाई पुग्छ त ?”
हेरिसकेपछि श्रीमानले सोधे ।
“लगभग पुग्छ होला …! सम्झे जति टिपेको छु । चाहिने जस्तो अरु केहि देखे ल्याउनु क्यारे ।”
“ल ल हुन्छ । सामान ल्याएर कहाँ राख्ने हो ठाउँ बनाउ । म बेलुका लिएर आउँछु ।”
श्रीमतीले दिनभरी लगाएर सामान राख्ने ठाउँ बनाइन् । बेलुका श्रीमानले सामान गाडीमा हालेर ल्याए ।
गाडीमा सामान आएको देखेर छोरो अचम्मित हुन्छ । “होइन हजुरहरुले मसंग सल्लाहै नगरी पसल राख्ने बिचार गर्नुभयो क्या हो ?”
“तँलाई थाहा छैन कोरोना भाइरसले गर्दा सबैतिरको नाका बन्द भैसक्यो अब बिदेशबाट केहि आउन्न । खान परेन ? अलिकति सामानको जोहो त गर्नुपर्यो नि ।”
“थाहा छ बाबा। हो, एक महिनाको लागी बन्द भैसक्यो । अब यहाँ देश भित्र जति छ त्यति सबैले बाँडेर एक महिना धान्नु पर्ने अवस्था छ । एक महिना पछि त नाका खुल्ला सामान आउला। अथवा सरकारले कुनै बेवस्था गर्ला । तपाइलाई जसरी आफ्नो परिवारको चिन्ता छ नि त्यस्तै आफ्ना जनताको चिन्ता सरकारलाई हुँदैन र ?
हुनेखानेले अनाबश्यक सामान लुकाएर राख्ने अनि देशभित्र कति मौज्दात छ । कति समयलाई पुग्छ भन्ने कुरा सरकारले कुन आधारमा मापन गर्ने ?
र कसरी ब्यबस्थापन गर्ने ? यो महामारीको बेला एक महिना बन्द भयो भनेर हामी हुनेखानेले अनाबश्यक सामान किन्छौँ । माग बढेपछि मुल्य बढ्छ । पछि यहि पनि पाइँदैन कि भनेर जति महँगो भए पनि हुनेखानेले किनेर थुपार्छन् । कालोबजारी बढ्छ । ब्यापारी मोटाउँछन् अनि बिचरा ति गरिव जनता ..? तिनिहरुले चाहिँ खानु पर्दैन ..?
बाँच्नु पर्दैन ..?
यत्रो एक गाडी सामान हजुरलाई अझै अलिकति भयो है ?
बाबा ! हजुर जस्ता सन्तानले यो बिपतको बेला आफ्नो अभिभावकलाई सहयोग गर्नुको साटो अफ्ठ्यारोमा पारिरहेका छन् । र आफ्नै दाजुभाइ मारिरहेका छन् ।”

नोट- ‌ भ्रम नफैलाऔँ । अनावस्यक सामान स्टक नराखौँ । यो बिपदको बेलामा सबै मिलेर सरकारलाई सहयोग गरौँ ।
नानी बिवु
दुराडाँडा लमजुङ हाल गैंडाकोट नवलपुर।

s:fb

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *