भन्ज्याङ भरि भरि
सयपत्री फुल्न म संघारमा उभिएर
सपनाभरि र तिम्रा पोल्टा भरि भरि
शान्ति पस्किन हतारिएकी छु…
तिमीसँग
आँखा भरि भरि
पिरती बाँचेर रुपान्तरित हुँदै
म स्थिरताको पत्र लेख्न हरेक साँझ
उपल्लो बारीमा उभिएर
घामका खाँतिर शुभकामनाहरु आयोजना गर्न
विर्सर्जित अस्तित्वसँगै अलिकति सौर्न्दर्य बाँचेर
शब्दहरु कापी भरि भरि विर्सर्जित छन्
तिमी माटो र मुटुसम्म पोखिएर
सक्रियता पस्किन
विक्षिप्तता
निस्तब्धता र निरर्थकतालाई किनारा लगाउँदै
म अँगालो भरि भरि
माया पठाउन तिमीलाई
चारैतिरका सपनाहरु बटुलेर
विश्वासहरुमा
निरुत्तर र निस्तब्धता छिचोल्दै
तिम्रो मुटु स्पन्दन बाँचेर
उपल्लो बारीको डीलबाट यो पत्र कोर्दैछु
तिमी दुख्दा मन दुख्छ
छिया छिया हुन्छ र भयभीत हुन्छ
साँच्चै छाती भित्र भित्र
मृत्यु र डढेलोको खडेरी परेको छ
तिमीलाई चन्द्रमा सौर्न्दर्य पस्कन र
निस्पट्ट अँध्यारा सडकहरु पन्छाउँदै
हाम्रो प्रतीकताको लागि
सानीआमाको छेउको डीलमा उभिएर
यो पत्र लेख्दैछु
तिमी रगताम्मे परिवेशमा रोइरहेकी छौ र
मेरा आँखाहरु ओभाएका छैनन्…..
म त मान्छेका बस्ती बस्ती छिचोल्दै
तिमीसम्म घाम पुर्‍याउन
तिमीसम्म शीतलता र्छन यो डीलमा उभिएर
मेरा सम्पूर्ण उमेरहरु पस्कदै
एउटा उज्यालो बिहानीको लागि पत्र कोर्दैछु ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *