भुमिका ढुङ्गा र माटो जस्तै
हातका नङ्ग र मासु जस्तै
तिमी र म दुबै एक
अर्काका परिपुरक हौँ
म बुद्धको छोरो
तिमी गान्धीको छोरो
बुद्ध र गान्धी दुबै अहिंसावादी
निस्पक्ष र अहिंसावादी सोच छन्
सह अस्तित्वका भावना छन्
बुद्ध र गान्धीका बिचारमा
हो मित्र, बुद्ध र गान्धीको जस्तै
निस्पक्ष र अहिंसावादी होस्
सहअस्तित्वमा अडिग रहोस्
हामी दुबैको मित्रता !!

तर किन मेरा पुर्खाले बनाएका
जगहरु भत्काउदै
मेरो पहिचान मेटाउदै
तिमी मलाई लडाउँदैछौ
अहिंसा र निस्पक्षताको कोसेली
माग्दैछु मित्र म तिमीसँग
हिंसा र अत्याचारको हैन
बुद्ध र गान्धीको शिरमा टेकेर
सहअस्तित्वका भावना मेटेर
पापको संग्राम नगर तिमी
मेरा पुर्खाले बनाएको
मेटाएर पहिचान र अस्तित्व
भयो अब नलर तिमी
हो तिम्रो र मेरो भुगोल
र पहिचान नमिल्नसक्छ
भुगोलले म तिम्रो भाइ भए नि
सम्बन्धले हामी दुबै मित्र हौं !
बिकासको होडबाजीमा
तिमी अघि रहे नि
मित्रतामा हामी समान छौँ !!
तर किन मित्र ??
सिमानाका ती किल्लाहरुमा
पुर्खाले बनाएका जगहरुमा
बग्दैछ मेरै दाजु भाईको रगत !!
यो मेरो पवित्र भुमि पगाल्दै
त्यो अत्यचारको आगो बाल्दै
मलाई अपाङ्ग नबनाऊ तिमी !!

हो, म कमजोर भएको छु
इतिहासका ती बलवान् पुर्खा गुमाएर
तर अब गुमाउन चाहान्न
मेरा दाजु भाईहरु
उठाउन चाहन्छु ढलेका जगहरु
उन्दै एकताका मालाहरु
सुन्दर शान्त वातावरणमा
भाषा र संस्कृतिको सुरक्षा गर्दै
शान्ति र समृद्धिको सुवास छर्दै
उठाउँदै चन्द्र सुर्य झन्डा
चम्काउन चाहान्छु म मेरो राष्ट्र
सुन्दर भविस्य कोर्न अघि सरिरहेका
सहअस्तित्वको भावना लिएर
सिढी चढिरहेका
मेरा पौरखी दाजु भाइ
अनि दिदी बहिनीलाई
बम र बारुदले नजलाऊ मित्र
जिउनेहरुको आधार मेटेर
फुल्न लागेका पुष्प टेकेर
कोपिला जस्तै सन्ततिलाई
टुहुरा नबनाऊ मित्र
बरु आऊ रमाउन यहाँका वातावरणमा
जुटेर साट्न एक अर्काका भावना
आउँदा बम र बारुद हैन
गान्धीका सिद्धान्त लिएर आऊ
सह अस्तित्व र अहिंसाका
जगहरुमा उभिएर आऊ
विकासका मुनाको गोड्मेल गर्न
अनि तिनमा मलजल छर्न
मेरा दाजुभाइहरु अनि दिदी बहिनीहरु
कुटो कोदालो लिन आउँदा
आत्मनिर्भर बनिन आउँदा
बाटो नछेक मित्र !
विकासका पुष्प फुल्न नपाउदै
बम र बारुदको बर्षा गराउँदै
जेठो भएर यो मेरो कमलो
छातीमा नटेक मित्र !!
उडाउँदै शान्तिका परेवा जोडिहरु
जोड्न मित्रताका हातहरु
यिनै पङ्खहरुका साथ
हामी सबैको लाखौं लाख
शुभकामना छ मित्र तिमीलाई
सम्झना छ मित्र तिमीलाई
अत्याचारको खाडलमा डुबेर
यातनाको शिकार भएर
कयौँ पटक लडिरहेको
मित्रताको अस्तित्व खोज्दै
शान्ति अहिंसाको मार्ग रोज्दै
अघि बढेको तराई पहाड र हिमाल
विकासका मुनामा फुल्दै गरेको
सुसंस्कृतिले हृदय भरेको
उही तिम्रो मित्र नेपाल !!!!

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *