मन्दिरको देउतालाई ठम्याउन नसकेर
घाटमा मसान खोज्दै हिंड्छ मान्छे ।
धूरी आकर्षक बनाउँन खोजेर
जग मक्काएको पत्तो पाउँदैन मान्छे ।।

आफ्नो अन्र्तमनको भाव बुझ्न नसकेर
पीडित भई तड्पदै बाँचिरहन्छ मान्छे ।
आफुभित्र भएको खुशी पहिल्याउन नसकेर
वेदनामा छटपटिन बाध्य हुन्छ मान्छे ।।

अहमताको दलदलमा आत्मालाई फसाएर
सत्यताको भरोसामा तैरिन चाहदैन मान्छे ।
आफु हुनुको अस्थित्वको यर्थाथतालाई लत्याएर
आक्रोशको गुलामीमा रमाउँछ मान्छे ।।

निरर्थक आजादिमा प्रफुल्लित भएर
अनमोल समय अकार्थ व्यतित गर्दछ मान्छे ।
टल्कने पत्थर अन्वेषण गर्ने चक्करमा
बहुमुल्य रत्न परख न जान्दैन मान्छे ।।
कन्जुसाईं र लालसाको पराकाष्ठमा उभिएर
दयाको अनुराग छर्न मान्दैन मान्छे ।
हृदयमा भएका तिक्ततालाई भुलेर
मैत्रीभावले चित्त जगमगाउन जान्दैन मान्छे ।।

ईष्र्या र डाहले मनलाई असान्त पारेर
शान्ति प्राप्तीको चेष्टामा भौतारिन्छ मान्छे ।
स्वकिय चाहलाई जित्न नसकेर
अरुलाई दमन गर्ने तिब्रता देखाउँछ मान्छे ।।

ब्यक्तिगत आडम्वरलाई संरक्षण गर्न खोजेर
सार्बभौमताको सन्धी गर्छ मान्छे ।
स्वार्थको रङ्गमन्चमा अभिलासा मंचन गरेर
अखण्डताको समेत मोलमोलाई गर्न पछि हट्दैन मान्छे ।।

मान्छे…………..

मंदिरको देउतालाई ठम्याउन नसकेर
घाटमा मसान खोज्दै हिंड्छ मान्छे ।
धूरी आकर्षक बनाउँन खोजेर
जग मक्काएको पत्तो पाउँदैन मान्छे ।।

आफ्नो अन्र्तमनको भाव बुझ्न नसकेर
पिडित भई तड्पदै बाँचिरहन्छ मान्छे ।
आफुभित्र भएको खुसी पहिल्याउन नसकेर
वेदनामा छटपटिन बाध्य हुन्छ मान्छे ।।

अहमताको दलदलमा आत्मालाई फसाएर
सत्यताको भरोसामा तैरिन चाहदैन मान्छे ।
आफु हुनुको अस्थित्वको यर्थाथतालाई लत्याएर
आक्रोशको गुलामीमा रमाउँछ मान्छे ।।

निरर्थक आजादिमा प्रफुल्लित भएर
अनमोल समय अकार्थ व्यतित गर्दछ मान्छे ।
टल्कने पत्थर अन्वेषण गर्ने चक्करमा
बहुमुल्य रत्न परख न जान्दैन मान्छे ।।
कन्जुसाईं र लालसाको पराकाष्ठमा उभिएर
दयाको अनुराग छर्न मान्दैन मान्छे ।
हृदयमा भएका तिक्ततालाई भुलेर
मैत्रीभावले चित्त जगमगाउन जान्दैन मान्छे ।।

ईष्र्या र डाहले मनलाई असान्त पारेर
शान्ति प्राप्तीको चेष्टामा भौतारिन्छ मान्छे ।
स्वकिय चाहलाई जित्न नसकेर
अरुलाई दमन गर्ने तिब्रता देखाउँछ मान्छे ।।

ब्यक्तिगत आडम्वरलाई संरक्षण गर्न खोजेर
सार्बभौमताको सन्धी गर्छ मान्छे ।
स्वार्थको रङ्गमन्चमा अभिलासा मंचन गरेर
अखण्डताको समेत मोलमोलाई गर्न पछि हट्दैन मान्छे ।।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *