– इश्वर मानन्धर

तिम्रो आँखामा
यो आँसु कस्तो आमा
हर्षया विस्मातको ?
स्नेह, उदगारको
या अतृप्त आकाँक्षाको
असहाय वेदना पिडाको
या भित्र दबि राखेको
कुण्ठित भावनाको
आँखाको आँसु पुछ आमा ।


हृदयभित्र सल्कि राखेको
ज्वालालाई रोक आमा
यस्ले प्रलय निम्त्याउँनेछ
झन अशान्ति र विद्रोहको
ज्वाला फुटाउँनेछ
क्रान्ति भड्काउँनेछ
आँसु रगतको खोला बन्नेछ
आँखाको आँसु पुछ आमा ।

धैर्य राख अरु केहि दिन
हत्या हिंसाको यो नाटक
सडक आन्दोलनको चाप
सहमति असहमतिको द्धन्द्ध
स्वतःसबै परास्त हुनेछ
स्वार्थ, अहंकार निस्कृय हुनेछ
जनजीवन सामान्य र सुलभ्य
शान्ति, विकास र एकता
आवश्य आउँनेछ देशमा
आखाँको आँसु पुछ आमा ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *