– गणेश राई

डाइनामाइट कात्रोले बेरिएका विष्फोटक तालिबानविरुद्ध
म गोर्खाली कृष्ण दुरा
लडिरहेथेँ मुसाक्वालामा जीवनसित जीवनको भोकयुद्ध
म नेपाली युवराज राई
अभाव उचालिएर हेलमाण्ड्को खुरखुरे डाँडाजस्तो तिखो
थापिरहेथँ जीवनको सौदावाजि अभावविरुद्ध
कुमार पुन हुँ म बहादुर
गरिव हुनुको नियति ओ हो ! कति हम्मे
कान्दाहारसित साटिरहथेँ म मेरो गरिबी
हेलमाण्ड कृष्ण दुराको दुरा डाँडा लमजुङ होइन
जहाँको सिरेटोले गुन्जाओस् बिमाकुमारीका दोहोरी गीतका मूर्च्छना
न त युवराजको साकेला गम्काउने खोटाङ नैं हो त्यो काबुल
कान्दाहार कुमारको म्याग्दी पनि होइन
जहाँ महावीर पुनहरु जीवन बाँध्छन् समाचारका जुइनुले

यद्यपी मान्छेहरुका आँखामा जीवनप्रतिको माया,स्नेह या आशक्ती
उस्ताउस्तै छन् दुरुस्त
ठ्याक्क उस्तै देखिन्छन् जीवनप्रतिको विराट भरोसा
यद्यपी अफगानिस्थान नेपाल होइन
अफगानिस्थान मान्छे त हो,तर खै किन ?
मान्छेजस्ता मान्छेहरु लाग्दैनन् मान्छेका आँखामा
कत्रो विरोधाभास माटोको निजत्वमा ।

एम्बुसको दुवाली छेकेर अलकायदा गिदीका तन्तुहरुमा
आफ्नै ज्यानको टि्रगर दबाउँन हरपल तम्तयार हुन्छ
वा सडक किनारमा सिद्रा सुकाउन आफ्नै चोक्टाहरु बटुलिरहेका भेटिन्छन्
अथवा पुरिएको आफ्नै अनुहार बर्ुकाभित्र खोतली रहेको हुन्छ
किनबेचको बजार पनि कस्तो बिचित्र यो मुसाक्वालामा
सडक-सडकमा जीवनको मोलतोल
एम्बुस-एम्बुसमा जीवनको जोखाई
आरजीपी हो शायद जीवन जो पड्कीमात्र रहन्छ

म कृष्ण दुरा बर्गनहाइटमा बिसाएर मायाको ढाकर
राइफलमा रुपान्तरित योद्धा हुनुको अभिशाप खेप्दै
लडिरहेथेँ खोज्दै जीवनको आयतन
म युवराज र्राई अडाएर सपनाको कुम्लो
तर्ेइ फोल्वस्टोनको मुगलिसे ब्यारेकभित्र
पपी फूल बगेको रगतको नदी
बेनेटै बेनेटको साँघुमाथि जीवनको जोखिम हल्लाउँदै
हिँडिरहेथेँ खोज्दै जीवनको क्षितिज
कुमार पुन म जीवन बगाउँदै खुकुरीको धारमा
स्नेहले निमिट्यान्न हृदय छाडेको थिएँ
त्यही सोर्नक्लिफ फ्यामिली क्वाटरमा
र, एस.ए.एटी राइफलको अप्टिक साइटले
नियालिरहेथेँ जीवन र मृत्यु यौटै आँखाले

आहो-जीवन त बुलेटमा उनिएको पो हुँदो रहेछ
एम्बुसमा पनि अल्झिएको हुँदो रहेछ जीवन
घोपिएको हुँदो रहेछ जीवन सङगीनको टुप्पामा
र, जीवन त जीवनकै करौतिले पनि पो रेटिन्दो रहेछ

मुटु ग्रिनेड हो वा ग्रिनेड मुटु
छुट्याउँन मुस्किल तालिवानको रहस्यमय टोराबोराजस्तो
ग्रिनेडको थर्काइमा थर्किनु
वा डाइनामाइटको पड्काइमा पड्किनु
अथवा एके फोर्ट सेभेनको भुटाइमा भुटिनु
लोड्सेडिङ घोप्टिनु पो रहेछ जीवनमा अध्याँरो
पपीफूल चुहियो रातै हेलमाण्ड नदीको रगतमा
अफगानिस्थान क्यानभास रहेछ जीवन पोतिने अमूर्त
मुसाक्वालाको मृत्यु एम्बुसमा फूलको संवेग मारिदा
कान्दाहार र तालिवान, हेलमाण्ड र अलकायदा
वा फुलिरहेको पपीफुलको धारले जीवन रेट्यो
यो ओपियमको हल्हलाउँदो विरुवासित जीवन साटियो ।

डाइनामाइट कात्रो ओडेका ए तालिवान हो !
आरपीजी भिरेका ए अलकायदा हो !
बताओ-लासको पहाड हेर्दै सन्तुष्टिले कति रमायौ हँ ?

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *