– जया राई

वेलायतमा स्प्रीड।ंं लागि सकेकोले बाटो छेउछाऊ र पार्कका चेरीका बोटहरु पुूल फुल्ने मौका पर्खेर बसेका छन् । तर समय भने बडो अनौठो तरिकाले फेर बदल भैरहन्छ । केहि दिन घाम लागे जस्तै हुन्छ र चेरीका कोपीलाहरु ह्ौसिएर फूल्न तयार मात्र के भएका हुन्छन् । झरी परेर वातावरण चिसो कठाडगि्रने हुन्छ । फेरी बोट भित्रै कतै लुकि सक्छन् कोपिलाहरु । फूलेका फूलहरु अलमल्ल पर्छन् । तै पनि जता ततै डाफेडल फूलेर पंहेलपुर पारेर रमाइलो भएको छ ईंल्याण्ड । कुनै खाली चौर छैन त्यस्तो डाफेडल नपुूलेको होस् ।
प्ाार्ट टाईम् विक्एण्डको काममा विहानको साढे सात बजेथालिन्छ । हप्तादिन पछि भेटिने धेरै साथीहरु माझ अर्कै रमाइलो बातावरण हुन्छ । ती मध्ये उमेरले केहि पाकी लेट् फिप्टीकीसंग आत्मियता खुसुक्कै गांसिसकेको छ । उनको नाम टेक्ला । जो चालिस वर्ष अगाडि श्रीलंकाबाट बेलायत आएकी् । उनी आफूलाई खाट्टी श्रीलंकन ठान्छिन् । तर तमिलहरुलाई देखे धारे हातले रेट्छिन् यिनीहरुले नै हाे हाम्रो स्वर्ग जस्तो देशलाई युद्द भूमि बनाएको ।

उनले धेरै पटक भनेकीछन्॥पहिलो चोटि ईंल्याण्ड आउंदा दुईवटा स्वीट्केश बोकेर आएथ्यौं । चालिस वर्षको विचमा चार छोरा छोरी यहि जन्मे हुर्के । सबैले डिग्री लिए।मैले समय कति पनि खेर फालिन काम गरें समयलाई पक्डेर।लण्डनमा घर किनेकोलम्बोमा सानदार बंगलो बनाएं।अबको मेरो रिटार्यलाइफ् त्यहींं गएर विताउंछु।
तिमीहरु पनि समयलाई खेर नफाल अनावस्यक खर्च नगर।भविष्य सोचदेश र आफन्तलाई कहिल्यौ नविस्र।अहिल्यौ विचार गराउनले पटक पटक यी कुराहरु उनको वरिपरी बस्ने र उनी भन्दा सानाहरुलाई टी व्रेक लाच ब्रेकको समयमा भनेकी छन्।
त्ार उनका छोरा छोरीले आमा तपाईंको दुईटा सुट्केशको कथा धेरै पटक भयो सुनेकोपुरानों भैसक्यो वित्छ।
उनलाई मोबाइल फोन चलाउन आउदैन।नम्बर थिचेर ल बोल बुढिया भनेर मेरो फोन दिए पछि उनी उनको ईन्जिनियर श्रीमान् स्टेन्ली र अरु उनका साथीहरुलाई छोटो िसंहाली भ्ााषामा कुरा गर्छिन।्।म चािहं त्यौं मौकामा खप्पाखप ब्रेड र ईंलिस टी खाइसक्छु।
ध्ोरै अगाडि देखि उनले भन्दै आएकी थिइन्।छोरी ईशाराले नयां फोन लिए पछि पुरानो सेट् उनले पाउदै छिन्।छोरीले फोन त दिइन् तर अक्षर साना भएकाले हेर्नमा समस्या भयो।उनले हांस्तै भनिन् आ…चाइएन मोबाइलको ब्यर्थको झाजट…॥
उनले धेरै जसो विदाको प्लानहरु एक वर्ष अगाडिबाटै मिलाएकी हुन्छिन्।उनको विदाको तालिकामा सन०८को जनावरीको दोश्रोहप्तामा दुई हप्ताको लागि आफनी बृद्द बयासी वर्षय आमालाई भेट्न जादै छिन्। प्लेन हिटथ्रो एयरपोर्टबाट उडेको डुबाई एयरपोर्टबाट अरु धेरै यात्रुहरु थ्ापेर कोलम्बो एयरपोर्टको लागिउड्दै छ।डुबाइबाट चढ्ने यात्रुहरु विशेष गरि घरेलुकामदारहरु त्यसमा पनि महिलाको संख्या बढि करीब अस्सी प्रतिशत।
एउटी महिला उनको छेउमा आएर बसिन्उमेर त्यस्तै लेट् थर्टीकी। लण्डनबाटको लामो हवाइयात्राले थाकेर त्यसै बन्द भएका आंखा विस्तारै खोलिन्।
डुवाइबाट चढ्नेले सोधिन तपाईकहांबाट आउनु हुदैछ म्याडम
छोटो उत्तर ¬¬¬लण्डन बाट।
सानो औपचारीकताले अरु धेरै कुराको श्रृखलाहरु आरम्भ गर्दै लग्यो।
उनी घरेलुकामदारको रुपमा डुबाई गएकी दुई वर्षको कन्ट्याक नसकीदै फर्किदै गरेकी।उनको लोग्ने कोलम्बो एयरपोर्टमा लिन आएका छन्। ज्ााे केहि घण्टामै भेट हुंदै छ। छोरी गत सालको ए लेभलको जांचमा राम्रो अंकल्याउन नसकेकाले चाहेको यूनिभसर्िटी जान नपाएर फेरी पढ्दै गरेकी।छोरा अझै स्कूलमा।ती छोरा छोरीको हेरचाहा गर्दै माछा मारेर दैनिक घर चलाउने कर्मयोगी लोग्ने। चारजना परिवारको आशाको केन्द्र विन्दु ऊ। वायु पंखिजहाजको पंड।खा भएर परदेशमा घरेलु कामदार हुन गएकी ऊ।
दुईवटा बच्चा हेर्ने कामहप्तामा एक दिन विदा कन्ट्याकमा छ।
तर चौबिसै घण्टा स्ट्यानबाइमा दुईटा बच्च्ााकी आमा भएर खटिनु पर्ने। ती बच्चाहरुलाई यसो गर त्यसो नगर भनेर भन्न नपाइने। जे गर्छन् त्यो हेरेर बस्नु पर्ने जता ततै मैला पार्दा आफूलाई कुटदा पिट्दा चूं बोल्न नपाइने।खंादै गरेको खाना भूंईमा लात हानेर फालिदिएर उठाएर थालमा हाल्न नपाइने।भूंइमै टिपेर खान पर्ने।चाहे त्यो दिशा पिसाब जताततै लत् पत् नै भएको किन नहोस्। त्यसरी नै खान पर्ने।सुत्न कुनै रात पूरा संचले नपाइने।
हप्तामा एक दिन विदात्यो दिन मात्रै उनको लागि स्वतन्त्र र स्वच्छ स्वास फेर्नको लागि सुनौलो मौका। त्ार ईष्र्यालु छिमेकीकी कामदारले नै मालिक्नीलाई यो आइमाई त क्याथोलिक होइन।बुद्धिष्ट होयसले आईतबार चर्च जानु पर्दैन भनेर फोनमा कुरा लगाई दिनाले हप्तामा एक दिन पाउने विदा पनि दुष्टहरुद्धारा लुटियो।
आंखा राम्ररी झिमिक्क गर्न नपाएर आखांको डील वरीपरी कालो नीलो भएर गहिरो पानीको कुवा जस्तै भएको।दुई वर्षको कन्ट्याक पूरा गर्न नसकेर अठार महिनामै तोडेर घर फर्किदै गरेकी।उनका चाहानाहरु डुवाईको गगन चूम्बी महलको फेदमा वा कतै बालुवाको रासमा उतै पुरिए।साथमा आउदा खुशी लिएर आउन पाईन।
म्ाालिक्नी तेश्रो सन्तान जन्माउन सांझ विहान भएकी छ।जस्ालाई मानवताको पाठ पढाउन संसारको कुनै पाठसालाले सक्तैन।यिनीहरुको गिदीमा लिदी भरिएको छ।पैसै पैसाको रासमा बस्नेहरुलाई मानव पसिना रगत र आंशुमा रत्ती पनि मन पग्लन्दैन।आफ्ना जस्तै सन्तान र घर परिवार छाडेर थोरै ज्यालामा आफ्नो ज्यान बेचेकी छ भन्ने सोच्दिन। न्ााेकरलाई मानवताको आंखाले हेर्दिन।खाली दानवता मात्र त्यो बालुवाकेा थुप्रोमा लुकेको छ।उसलाई लाग्छ माया ममता को भावना त पैसाको रासमा होइन गरिवीमा मात्रै रहे छ।
छोरा छोरीलाई केहि किनेर डुवाईको ठूल्ठूला महंगा सिपंसेन्टर चार्हाने चाहना हुदांहुदै त्यो मृगतिष्णा मात्रै बन्यो।
घर आउंदा कलर टिभी ल्याउनु है आमा भनेको छ छोराले।उसको रहर पूरा गर्ने रकम पुगेन । लोग्नेले कसै संग सापट मागेर ल्याएको छ पैसा टिभी किन्न। बजारबाट किनेर लादंदै छन्। त्ार त्यो कुरा छोराले थाहा पाए कलिलो मन भांचिएलाटुकि्रएला आमालाई डर लागेको छ।लोग्ने कोलम्बो एयरर्पोटको अराइभल टर्मिनलमा उनैलाई पर्खी बसेको छ। केहि घण्टा मै भेट हुदै छ।
सहयात्रीको त्यति धेरै बेदना सुनेर टेक्लाको मन पोल्न थाल्योप्लेन रोकियो। सबै यात्रुसंग ती दुबै ओर्लिए।डिउटि प्रुी सपमा गै चौध इनचको रंगिन टिभी टेक्लाले पैसा तिरी दिइन।लोग्ने बाहिर बसेका छन् उनी संग पैसा लिएर तिर्ने सर्त राखेकी छन्।ईमिग्रेसनको गेटबाट दुबै बाहिर निस्के। भित्र के कसो भयो लोग्ने अनभिग्य छ। ऊ त खाली स्वास्नीलाई पर्खिरहेछ अठार महिनाको बिछोडको आलो घाउलाई छात्ती भरि गुम्स्याएर। छोराको लागि रंगिन टिभी किन्ने सापट् पैसा बोकेर।
बाहिर निस्केर लोग्नेलाई भीडमा वर पर दौडिदै खोजी।पर कतै भेटिए।लोग्नेसंग सानो औपचारिकता सकिना साथ भर्खरै किनेको टिभीको पैसा दिन लोग्नेको हातबाट नोट् खोसेर फररर गनेर टेक्लाको हातमा थमाउन त्यो क्षण यति छिटो भयो की कुनै स्वचालित यन्त्र भन्दा पनि छिटो।
तर त्यो चौधसय रुपैयां उनलाई ती गरिव बा आमाको हातबाट लिनऋणको भारीमाथि अर्को ऋण बोकाउने मन दिएन।

टेक्लाले भनिन् ल भै गो यो चौधसयरुपिया लिन्न तिमीहरु नै राख।
तर तिमीले बचन देऊकी तिम्राछोराछारी राम्री पढुन्।
त्यो समयमा कोलोम्बो एयरर्पोको एउटा कुनामा सानो भीड लागि सकेको थियो।
कसैलाई केहि थाहाछैन के भैरहे छ।
जोडी बा आमा विनम्रले शीर झुकाएर उनको पाऊ परिरहेछन्।
खुशीले नयनकाचारैढोका खुलेर अविरल बगिरहेछन्।
रंगमिाचय नाटक नभएर सडक नाटक झैं भएको सानो टुक्रा घटना ती तीनै प्राणीलाई र्िनयमित आकष्मिता झैं भएको छ।
घर ठेगाना साटासाट गरेर आफ्नो बाटो सटा सट् लाग्छन्।
टेक्ला दुई हप्ता पछि कोलोम्बोबाट लण्डन आइपुग्न अगाडि नै चीठी आइपुगेछ।
िसंहाली भाषामा राम्रा अक्षमा लेखिएको चीठी प्लेनकी केटीकी छोरीले लेखेको रहेछ।
चिठ्ठी॥
संसारमा ईश्वर हुन्छ भन्थे तर त्यो त भनाई मात्रै होला ठान्थ्यौं।
तर आज वास्तविकता लाग्योजब तपाई हाम्रो सामु भगवान भएर आउनु भो।
तपाईलाई धेरैधेरै धन्यबाद जो मेरी आमा र हामीलाई सहयोग गर्नु भो।
प्रशंसा जति गरे पनि थोरै होला।त्ापाई फेरी श्रीलंका आउंदा हाम्रो छाप्रोमा पनि अवश्य पाल्नु होला।
ईश्वरले तपाईलाई संधै सुरक्षित् राखुन्।
उत्तर…।
तिम्रो पत्र म लण्डन आउनसाथ पाएंखशी लाग्यो।
गए साल ए लेभलमा राम्रो अंक नपाएकोले चाहेको युनी जान पाइनौं।तिम्री आमा बाट थाहा भयो।आशा
छयो साल राम्ररी पढेर जंाच दिने छेऊ।भाइ राम्ररी पढ्दै होलान्।तिम्री आमाले अब अर्कै देश कतै कामगर्न
जाँदा अवश्य पनि राम्रो मालिक भेट्लिन् र तिमीहरुको पढाई खर्च जुटाउलिन्।तिम्रा बाले तिमीहरु दुबैको
राम्री हेर विचार अवस्य नै गर्ने छन्।
क्ोलोम्बोमा बम पड्कन छाडे पछि म फेरि आउंला।
त्यो बेला अवस्य पनि तिमीहरुलाई भेटन आउने छु।
टेक्ला… ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *