– हेमन्त परदेशी

आधा बाटो हिडी सकेँ आधा बाँकी रह्यो ।
साथ खोजेँ सहयात्राको तर सबै ब्यर्थ भयो ।

अँधेरीमामा हराए’नि जुनेलीमा खोजिरहेँ ।
दोबाटोमा अल्मलिए’नि गोरेटोमा पर्खिरहेँ ।
सैयौँ घुम्ती पार गरेँ यौटा मोड बाँकी रह्यो ।
साथ खोजेँ सहयात्राको तर सबै ब्यर्थ भयो ।

पाती चढाई देउरालीमा आउला भनि कुरि बसेँ ।
अधुरो भो यात्रा मेरो बाध्यतामै बास बसें ।
थुप्रै जंघार तरिसकेँ नदी तर्न बाँकी रह्यो
साथ खोजेँ सहयात्राको तर सबै ब्यर्थ भयो ।
Savar From Facebook on 27/05/2010

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *