आज हामी जतिसुकै आधुनिकताको उच्चाईमा उभिएको अनुभूत गरेपनि आफ्नो भाषा संस्कृति र रीतिरिवाजले जुनसुकै देश भित्रको समाज समाज भित्रको जन-जाति र जाति भित्रको आ-आफ्नै संकारमा आधारित पृष्ट भूमिलाई इङ्गित गरेर हेर्दा भिन्ना भिन्नै भाषा शैली र संस्कृति पाउनु स्वभाविकै हो । यसै सन्दर्भमा नेपालको जनजाति भित्र एक छुट्टै पहिचान बोकेर हिड्ने जातिको नाम हो कोइँच सुनुवार । आज यीनै जातिले कालान्तर देखि मनाउदै आइ रहेको चाँड क्ष्याँदर को बारेमा बिभिन्न सन्दर्भ सूचि मार्फत तयार पारिएको यो लेख प्रस्तुत गर्न गैरहेको छु म ।
क्ष्याँदर चण्डी पूजा कोइँच सुनुवार जातिको मुख्य पूजा हो । यो पूजाको पनि आफ्नै नीति र परम्परागत नियमहरु छन् । यो पूजा उधौली र उभौली गरी एक बर्षमा दुई पटक मनाइन्छ । उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन पारेर । यो पुजा मुख्यत पकृति पुजा हो । यो प्रकृति पूजा संङ्गै पृती पूजा पनि गरिन्छ । विशेष गरेर यो पूजा अन्न रोपेको अन्नवाली राम्रो सपि्रयोस रोग नलागोस प्रकृति प्रकोप नपरोस गाउँ घरका मानिसहरु स्वास्थ रहुन् विरामी परेकाहरु पनि निको होउन् भन्ने कामना राखेर गरिन्छ ।
समुदायमा प्रचलित क्ष्याँदर पिदार यो समुदायमा कहिलेदेखि पूजिन थालियो भन्ने
ऐतिहासिक पाटो खोजअनुसन्धानको विषय बनेको छ । विक्रमबहादुर सुनुवारको भनाईमा ूसुनुवार
जात जातिले स्यामङगढा गई गुप्त भई आफ्ना मुग्दुम सलाक भनी ध्यान गर्दा चण्डेश्वरी खुशी भई
सुरी ढुकुर दिए ।ू अर्का वंशावलीकार रामबहादुर सुनुवारको सङ्कलित सलाअ्क् अनुसार ष्याँदरको
ऐतिहासिकताः
अएएए… अएएए॥ अएएए ॥
इगी गडमी स्याँम्ाङ्गड्मी
इगी फुङ्लोमी रेलो फुङ्लुमी
उई रङ्गुमी सरिङ् ताँमेत
याँनु गोँस्याँ कुयाँनु दो ।
इगी गँुइदुवा दुमा गुँइदुवा
मेलेगिरी खएर् गुँइ्दुवा
सुन गुँइ्दुवा रुपा गुँइ्दुवा
इगी गोब्देल दुमा गोब्देल
कुष्याँ कुष्यो नयाँनुदो ।
इगी क्योङ्ग दे ममा क्योङ्ग दे
इगी बुर्जुङ्गा ममा बुर्जुङ्गा
अमर् पाती पुकी बिमर पाती पुकी
इगी देले पुकी राकुदेले पुकी
कुष्याँ कुष्यो नयाँनुदॊ ।
सँवा तोलो रवा तोलो
खिदी गडानु लंङ्गा गडानु
चिमे फु थपो निपो पुकित
कुष्याँ कुष्यो नयाँनुदो ।
चुप्लु होपो दुप्लु होपो
कुली होपो मुली होपो
याब्रे बानि गुप्रे बानी
ङाँसी मपने दुःखी मपने
स्याँल्मा सेल्सी जेम्ला हाम्श्याँ
देवल चोइने खवर चोइने
दाइल कुइल पनि कदेखे ।
सवातोलो लवातोलो संस्कृतिविद् लोकपि्रय सुनुवारको सङ्कलनमा रहेको सलाकमा शाँदारको इतिहास
ूइँगि होपो दे दुमा होपो दे ग्लुमा होपो दे सरिङमुलि दे
वरिङमुलि दे खरिङमुलि दे जत्नमुलि दे रत्नमुलि दे
होमाचिरी चिअ्वी श्री चण्डी देयी कुइष्या सोशा बोशा
कुयानु दो ऽऽऽ खे दो सेक् सेक् सेलेलेलेले… ।ू
ूकिराँत सुनुवार मुग्दुम अनुसार किराँत कोइँचले चण्डी देयी श्ााँदर देयी साक्षत प्रकट हुने
र जिवित सुन ढुकुर होमाचिरी र धनुषकाण लिब्ला ३ चिज किरातेश्वर भगवानको कव्ाजको
रुपमा सुरवीर कोइँचहाङले प्राप्त गरेको किवदन्ती छ ।ू
उपरोक्त सासी मुग्दुमका सलाकहरुमा उल्लेख भएअनुसार माङको प्राक्कल्पना जङ्गलबाट
सरु गरिएका े पाइन्छ । प्रारम्भिक कालमा कोइँचहरु शिकारी भई जीवन निवार्ह गर्ने हुँदा आफू र
आफ्नो समुदायलाई लालनपालन गर्ने प्रकृतिको रुपमा जङ्गलको काठपातलाई देवी देवता शिमाङ
मान्दथे । यिनै शिमाङलाई सृष्टि गर्ने शक्ति को रुपमा लिएको पनि पाइन्छ । यसरी माङको
सृष्टि गर्ने ईगिको पहिलो पूजा गरिएको गढलाई नै शिमाङ स्यामङगढा स्याम्ाङदा श्यामङगडा
भनिएको प्रष्ट हुन्ा आउँछ । यही शिमाङगडाबाट ढोल गाजा थाँकार गादा लालो ब्ला पोइँबहरुको
लिएर आएको सलाक र अन्य मिथकहरुमा उल्लेख पाइनुले शाँदारपिदारको प्रकि्रयागत सबै उत्पत्ति
शिमाङगदाबाट भएको पाइन्छ । कोइँच सनुवुार हरुले मानी आएको क्ष्याँदरमात्र होइनकि साकेलाचासुवा र चासोक तङनामजस्ता आम किराँतीको चाडसमेतको प्रारम्भिक स्वरुपको थालनी
आजभन्दा अनुमानित पाँच हजार वर्ष अगाडीदेखि शिमाङगदाबाटै भएको अनुमान गर्न सकिन्छ ।
मुग्दुममा उल्लेख भएअनुसारका धनुकाँणको उत्पत्ति सोलीको उत्पत्ति जाँड हाल्ने गाग्रो गर
हरुको उत्पत्ति दादारखेदारजस्ता कपडाको उत्पत्ति भएको भ्ान्ने उपरोक्त भनाइ र ूयस समयमा
किरातहरुले धनुकाँण प्रयोग गरेको कालमा तिरहूतका जङ्गलमा रहेका आग्न्ोयदेशी जनसमुदायहरुले गृहस्त भइ खेतीको काम पशुपालन र कपडा बुन्न समेत सुरु गरिसकेका थिए ।ू भन्ने देवीप्रसाद भण्डारीको यस भनाइले कोइँच किरातहरु ई।पू। ५००० वर्ष पहिलेबाट सिमराको वन-जङ्गल शि=काठ र आमरचा= खलियो काठ दाउराको खलियो लगाउने वन शिमरा लाई माङगढीको रुपमा स्थापना गरी बसोवास गर्दै आएका आदिवासी जनजाति भन्ने थप पुष्टि गदर्छ । यसैले क्ष्याँदरपिदारको उत्पत्ति र परम्परा शिमाङगादाबाटै भएको मान्न सकिन्छ ।
क्ष्याँदर मनाउनुको उद्देश्य र केही किराँती मिथकहरु
जसरी किरातहरु सभ्यताको सुरुआतमा शिकारबाट जीवन निवार्ह गर्ने अवस्थामा प्रकृित
पूजा गर्दथे त्यसरी नै खेतीपती गर्न थालेपछि पनि प्राकृतिक तथा पितृ पूजा गर्न छाडेनन् । अझ
खेती गर्न थाले पश्चात् किराँतहरुले उध्ााैली र उभौली गरेर वर्षको २ पल्ट प्राकृतिक तथा पितृ पूजा गर्ने परम्पराको थालनी गरे । आफू ले लगाएको अन्नबाली पाकपे छि बाली भित्राउदु नयाँ अन्नपितृहरुलाई अर्पण गररे खाने परम्परा विकास गर्दै गए । नपेालका किराँतहरुको किराँत चाडमा उधौली-उभौली पूजा परम्परा सम्बन्धि संक्षेपमा केही मिथकहरुः
लिम्बू मिथक चासोक र याक्वा
जतिजति मानिस सम्पन्न हँुदै गएपछि त्यति नै घमण्डी पनि हँुदै गए । अहंकारी बनेर तगेरा
निङवाफुमाङलाई पूज्नै छाडे । त्यसैले मनिसलाई चेतावनी दिनका लागि तगेरानिङमाफुमाले खडेरी
पारी दिए । परिणामस्वरुप चारैतिर अनिकाल परेर हाहाकार भयो । आफ्नो राज्यमा अनिकाल परेर
हाहाकार मच्चिएपछि माङहाङले समधानको उपाय पत्ता लगाउन हाङचुम्लुङ राजसभा बोल्ााएर
उक्त चुम्लुङमा हाङफेदाङमा राजपुरोहि लाई अनुरोध गरे । माङहाङको आदेश शिरोपरगरी
हाङफेदाङमाङले दिव्यदृटीले खडेरीको कारण पत्ता लगाएर माङहाङ समक्ष खडेरी र अनिकालको
कारण जाहेर गरे । अनिकाल समाधानको उपायमा बाली लगाउने बेला ूयाक्वा माङ्घू र बाली
पाकेपछि ूचासेक माङ्घू सालना गरी तगेरानिङमाफुमाको पूजा आरधना गरे अनिकाल हट्ने
बताए । हाङफेदाङमाङको यस्तो कुरा सुनेपछि माङहाङले आफ्ना सबै जनतालाई माछा चराचुरुङगी
उत्तर तिर लागेको र आरुको फुलफुलेको उभौली याम पारेर चासोक र माछा चराचुरुङगी
दक्षिणतिर लागेर पैयुको फुलेको रितुलाई उधौली याम मानेर याक्वा माङघ चाडका रुपमा मािन
तगरे ानिङमाफमु ाका े पजू ा आरधना गन ्रे आदशे दिए । त्यस ै समयदेि ख चासोक र याक्वा माङघ प्रकृति र पितृ पूजाका रुपमा सालना पूजिन थालिएको हो ।
राई मिथक साकेला
सुरुसुरुमा किरातहरु केवल शिकार खेलेर जीवन यापन गर्दथे । पछिपछि शिकार नपाउँदा
जङ्गलका कन्दमुल खाएर पनि जिविका चलाउन थालियो । एकदिन हेप्छाकुप्पाले शिकार गरेर
ल्याएको शब्दकुईया ढुकुर को गाँडबाट विभिन्न नयाँनौला अन्नका बीउहरु निस्के । जिज्ञासावस
हेचाकुप्पाले ती वीउ विजनलाई यसै भुइमा छरिदियो । केही समयपछि हेचाकुप्पाले त्यही अन्नका
वीउहरुबाट बिरुवा उम्रेकोदेखि अरु उत्साहित बनरे ती बोट बिरुवाहरुलाई स्याहार्न थाल्यो । केही
समयपछि नै राम्रा राम्रा बाला र घोगा लागेर नयाँ अन्न्ाबाली उम्रेको हुदाँ उक्त नयाँ अन्न
पारुहाङ तथा पितृलाई चढाएर केही प्रसादको रुपमा चाख्दा भोकलाग्दा सन्तुष्टि मिल्ने ठानी
अन्नबाली लगाउने परम्परा रह्यो । यसरी अन्नबाली लगाएपछि एकपटक र अन्नबाली भित्राउँदा
एकपटक उभौली उधौली मनाउँदा ठाउँअनुसार परम्परागत भेषमा नाक्छोङ वा होमेहरुद्वारा पहिले
चुलाापूजेर बाहिर सार्वावजानिक स्थानमा गरेको साकेला थानमा गै मुन्धुम अनुसार पूजा अर्चना गर्ने
प्रचलन रहेको हो ।
कोइँच मिथक क्ष्याँदर
अहिलेझंै किराँतीहरुलाई लिम्बु याक्खा कोइँच भनरे छुट्टिनु अघिनै शिमाङगढा भन्ने
स्थानमा बसेको बेला उनीहरुले आप्ाुनो पूर्खा इष्टदेवीको आराधना गर्न ढोल बजाएर नाचगान गर्न
थाले । यस नाचगानबाट खुसी भई प्रकृति देवीले होमाचिरी सुनढुकुर उपहार दिइन् । पिछ
भाइछुट्टिँदा होमाचिरी कसले लाने भन्ने कुरामा झगडा पर् यो । यसरी झगडा परेको देखेर सहािक
देवी उडेर बेपत्ता भइन् । उही होमाचिरीको खोजीमा हिँडदाहिँडदै भाइ छुट्टिन पुगे र आ-आफ्नो
थाँतथलोअनुसार किराँत चाड मनाए । कोइँचहरुले भने लिकु खिमकु ङाकु मोलुङ वरीपरी आफ्नो
इष्टदेवी र पूर्खाको पूजाआराधनाको रुपमा क्ष्याँदरपिदार गर्न थाले । यही मिथकसँग गाँसिएका
विभिन्न कथनहरु कोइँचबु काःतिच लोकपि्रय सुनुवारले आफ्नो खोजपूर्ण लेखहरुमा उल्लेख गरेका
छन् ती कथनहरु कोइँच समुदायमा अझै चलनचल्तीमा पाइन्छन जो निम्न छन् ः
कथन – १
किराँतहरु आफ्नो राज्य यलखोमबाट विस्थापित भएपछि पूर्वलाग्ने क्रममा बनेपा पुगे ।
क्ष्याँदरदेवीलाई नित्य वली दिनुपथ्र्याे । एक दिन एक किराँतीले अर्ना समाएर ल्यायो र बली दिई पूजा गरियो तर कानमान समूहको पाको किराँतलाई दिएकोले त्यो किराँती रिसाएर झगडा पर् यो । यसरी झगडा हुँदा क्ष्याँदरदेवी तँ लाने र म लाने भन्ने भई खोसाखोस हुँदा जमिनमा भासिइन । ततप्श्चात् उनीहरुले त्यस देव्ाीको अवशेष शिलामात्र लिएर पूर्वलागे र आफ्नो खोला टोलअनुसार शाँदारपिदार गर्न थाले ।
कथन – २
यलाखोमबाट पूर्व लागेपछि बुदाहाङ दोखा नामक राजाले दोलखा किराँतीछापमा राज्य
गर्थे । त्यसै समयसम्म उनको सम्मानमा इष्टदेवी क्ष्याँदर उडरे लिखुकोशीमा गई घोप्टो परी
बसिन् । यसरी बस्दा हालको कुँबु काँस्थलीको र गोलीसिवाँमा टाउको कातीमा मुख परेको र लिकु
बारीघारी विभिन्न स्थानमा शरीरका विभिन्न भाग परेको जुनजुन ठाउँमा क्ष्याँदर देयीको जीउ पर् यो उक्त ठाउँहरुमा क्ष्याँदरउत्पत्ति भयो र क्ष्याँदरमनाउन थालियो ।
कथन – ३
किराँत राज्य हरणपश्चात् बनेपामा राज्य स्थापना गरेको केही पुस्तापछि सिमाङगढाबाट
लिएर आएको सिमाङ अर्थात् सॄष्टिमाता सुम्निमा शाँदार चण्डीका साक्षत दर्शन प्राप्त हुने
भगवतीको नित्य पूजा गर्न राजा वनमा शिकार खोज्न जाँदा शिकार नमिली रितै फर्की हातको
कान्छी आलंै ा काटी चण्डीदेयीलाई वली दिँदा त्यो दिन देयीले दशर्न दिनभु एन । राजा दिक्का मानरे
बस्दा राती सपनामा अब उप्रान्त म तिमीहरुलाई साक्षत दर्शन दिन सक्दिन किनभने अब कलियुग
लागेको हँुदा सुनढुकुर पनि अल्पेको कुरा बताई केवल धनुषकाँडबाट शिकार गरी निर्वाह गर्नु प्रयेक
वैशाखे पूर्णिमामा मलाई ३६० वली चढाई पूजा गर्नु भनी सपनामा क्ष्याँदरदेयीले दर्शन दिएको हँुदा
प्रत्येक वैशाखे पिूणर्मामा किराँत राई र सुनुवनरले चण्डी पूजा श्यादर साकेला साखेवा पूजा गर्ने
परम्परा पाइन्छ । यसरी चण्डी अर्थात् क्ष्याँदर देयी तथा सुनढुकुर होमाचिरीको किराँत कोइँच
जातिसँग पौराणिक सम्बन्ध देखिन्छ ।
उपरोक्त कथनहरुमा उधौली उभौली पूजा एउटै समय एकैदिन पूजिनु । कोइँचले क्ष्याँदर
भनझेँै नै बान्तावले साकेवा÷साकेचा चामलिङले साकेला थलुङुले तोषी कोयुले साकेला खालिङले
वास लिम्बूले याक्वा र चासोक याक्खाले चोसोवा भनिनु सहकाल प्रकृति तथा वातावरण सन्तुलन
एवम् सुस्वास्थ्यको कामना गरिनु; सम्पूर्ण किराँत समुदायले यो पूजा गर्दा ढोल झ्याम्टा बादनको
प्रयोग गरिनु; ढोल नाचमा चरा दुम्सी जस्ता पशुपंक्षीको स्वभावको अनुकरण गरिनु; सबै किरात
समुदायमा यो पूजा प्रकृति र पितृ दुवैलाई पूजिनु; हेचाकुप्पा शब्दकुइँया र होमाचिरीको मिथक
सन्दभ ्र मिल्न;ु कलु परु ाेि हत अथार्त ् मगु दमु ी व्यक्तिलाइ ्र काइे चँ भाषामा नाअस् ा े भनिएझ ँै बाहिङले
नोक्सो वान्इभ्वले नाक्चोङ थुलुङले नोक्चो कुलुङले नाक्च्छो बम्वुलेले नाक्सो जेरोले नाक्सु हायुले
नाक्सो तथा जिरेल सुरेलले नाक्सुम र नाक्सो भन्नु आदि सान्र्दभिक सन्दर्भहरुले प्राचीन किराँत
संस्कृति एउटै भएको प्रमाणित गर्दछ ।
ढोल सिङ्गार्न रातो र सेतो रङकै मात्र प्रयोग किन
उपरोक्त प्रश्नको विविध उत्तरहरुको तार्किक निचोड भने एउटै सन्दर्भमा सिमित रहेभएको पाइयो ।
१ सेतो रङ्ग तेजको प्रतीक जसले वीउ विजन र विर्यको प्रतिनिधिइभ्व गर्दछ । यसलाई भाले
रङ्गको संज्ञा दिइन्छ । कोइँच लोःमा लाँका जिर भनिन्छ ।
२ रातो रङ्ग गर्भ कोख र माटो जसले प्रकृतिको प्रतिनिधिइभ्व गर्दछ । यो रङ्गलाई पोथी अर्थात्
श्रृष्टिको संज्ञा दिइन्छ । यसलाई जिँगा जिर भनिन्छ । तातोपनको अनुभूति दिन्छ ।
प्रकृति पुरुषको प्रतिनिधित्व गर्ने बुट्टा के हनु ्
कोइँच किराँत मुग्दुम अनुसार ८- १६ र ७-९ अङ्क ज्यादै महइभ्वपूर्ण अङ्क मानिन्छ । यसैले
रेि ख राख्दा ८८=१६ रेि ख राखिन्छ भन े ताल बनाउदँ ा ७९=१६ सङख््यामा बनाउनपुर्ने हुन्छ ।
यसरी हेर्दा अझ १६ अङ्क मुख्य देखिन्छ । अतः ढोल सिङ्गार्दा पनि यो ८ र १६ अङ्कले विशेष
भिू मका निर्वाह गरेको पाइन्छ । ढोलको दाहिने ताल लाँका ताल अर्थात भाले ताल हनुछ भने देवे्र ताल झिङ् आमताल अर्थात् पोथी ताल हुन्छ ।
३। पूजा सामग्री सङ्कलन प्रकि्रया
तोलोः
कोइँच भाषामा तोलोको अर्थ सोली हुन्छ । क्ष्याँदर पिदारका निम्ति ढोलको जति महत्व रहन्छ त्यति नै महत्व तोलोको पनि रहन्छ । क्ष्याँदर को निम्ति थेम स्थान तेल टोल देल गाउँका प्रमुखहरु जस्तै मुलिच ङावाच तथा गौरुङहरुले तोलो पठाउन पर्ने हुन्छ र नाअ्सोहरुल त झन् अनिवार्य नै हनुछ । यो प्रथा परापूर्वकालदेखि रहिआएको कुराको प्रमाण विभिन्न प्रकारका तोलोहरुको उल्लेख सलाकमा हुनुले पनि गर्दछ । शसि मुग्दुमका केही सलाकहरुमा तोलोको वर्णन् गरिएको पाइन्छ ।
इगी तोलो मि दे
लवा तोलो मि दे
सवा तोले मि दोहो
सर्वा तोले मि दोहो
वाद्यवादन
ढोल
कोइचँ हरुका े शादँ ारमा वाद्यवादनका े रुपमा बजाइन े ढाले का े बारमे ा उल्लखे गनर्पु दा ्र काइे चँ
मुग्दुमलाई आधार बनाउन उपयूक्त देखिन्छ । कोइँच मुग्दुम सलाकमा उल्लेख भएअनुसार मूख्यतय
ढोललाई पनि दुई प्रकारमा विभक्त गरिएको पाइन्छ- १ इँगि ढोली २ दुमा ढोली ।
१ इगि ढाले ी ः हनु त सलाक मगु दमु श्रिु त स्मृि तमा आधारित भएका े हदँु ा भागै ाेि लक दरु ी अनसु ार
सलाकमा पनि एउटै विषयवस्तुमा पृथक अवधारण पाइन्छ । इँगि ढोलि गुइँदुवा सर्वव्यािप
शक्ति इँगिद्वारा निर्मित ढोल हो जुन ढोल सुन चाँदीजस्ता बहुमूल्य धातुबाट निर्मित भएको
विश्वास गरिन्छ । जुन ढोल सर्वशक्ति इँगिले आफ्नो अत्भूत दैवीशक्तिले निर्माण गर्दछ ।
२ दुमा ढोली ः उत्पत्तिका समयदेखि कोइँचहरुका आदिम पूर्खा एवम् पूर्खाहरुबाट निर्माण
ढोली दुमा ढोली भएको विश्वास गरिन्छ । दुमा ढोली निम्नानुसार भएको मान्यता पाइन्छ ।
दुमा ढोलीका प्रकार
क सिरी ढोलः कोइरालो काठबाट निर्मित ढोल जसलाई व।ाश ढोल पनि भनिन्छ ।
ख गिरी ढोलः मलेगिर अर्थात् वाम्लगिरका काठबाट निर्मित लाँअ्का ढोल भाले ।
ग जसी ढोलः श्रीखण्ड वा सिरिसबाट निर्मित वा मलेगिरि काठबाट निर्मित लाँअ्का ढोल भाले ।
घ खयर ढोलः खयरबाट निर्मित फोअ्का ढोल ।
ढोल र झ्याम्टाको साधारण ताल
ढोल- ब्लु ब्लु ब्लुकुम ब्लु ब्लु ब्लु खालि
झ्याम्टा- ज्याँ ज्याँ ज्याँककुम ज्याँ ज्याँ ज्याँ
खरङ्गाः ढोलमा दाँया वायाँ दुई ताल झ्याम्टा दाँया वायाँ दुई झ्याम्टा हुन्छ । खरङ्गाको
एउटै तालबाट भालेपोथी दुवै तालको आवाज निकाल्न मिल्ने हुन्छ । खरङ्ा थाल आकारको कुसा
पित्तल वा धलौट मिसाएर बनाइएको वाद्यवादन हो ।
१ सम उठाउने ताल ः
ब्लुङ ब्लु ब्लु ब्लु
ब्लुङ बलुङ ब्लु ब्लु
यसरी दुई पटक दाँया ताल बजाएर तालको उठान गरेपश्चात् मात्र ढोलको विभिन्न ताल
बजाइन्छ र आवश्यकता अनुसारको ताल वादन बज्दापश्चात् बैठान ताल बजाइन्छ ।
२ बैठान ताल
ब्लुङ ब्लुङ ब्लु ब्लु ब्लु ब्लु ब्लु
बैठान तालमा लाँअ्का तालको दुई खुल्ला ध्वानीपश्चात् केही क्षणसम्म नियन्त्रित ताल ब्लु
ब्लु … गजाले निरन्तर निकाली रहन्छ ।
सामाजिक प्रभाव तथा महत्व
क्ष्याँदरपिदार किराँत कोइँचहरुको धार्मिक चाडका रुपमा शुरुभएको भए तापनि वर्तमान
अवस्थामा आएर यसले सामाजिक अमोदप्रमोदको रुपमा ग्रहण गरिसकेको पाइन्छ । प्रकृति पूजा
एवं पितृ पूजाको रुपमा बेग्लै धार्मिक आस्था बोकेको क्ष्याँदरपिदार केवल कोइँच किराँत को मात्र चाड नरहेर स्ाम्पूर्ण जात जातिको आस्थाको केन्द्र विन्दुको रुपमा विकसित भएको पाइन्छ । क्ष्याँदरपिदार एक छुटै मौलिक संस्कृतिको रुपमा स्थापित भैसकेको अवस्था पाइन्छ । किराँत समुदायमा बालीनाली लगाएर फुस्रदको समयमा आपुूले लगाएको बालीनाली सप्रोस रोगव्याधी हटोस भुकम्प अनिष्ट भै बाढीपहिरो नचलोस वा सुखा नपरोस सम्पूर्ण गाउँ ठाउँमा सहकाल रहोस अनिकाल हटोस भन्ने जस्ता सामाजिक आरधाना रहेका मुग्दुम पिदार आफैमा परोपकारी मुग्दुम हुदा आफैमा पूर्ण सामाजिक छ । यसै गरी बालीनाली स्यहारेर नयाँ अन्न घरमा भित्रयाए पश्चात पनि उक्त नयाँ अन्न लाई प्रकृतिदेव जसले बाली सपारेर उर्माछन तथा पितृदेव जसले यस्ता बाली लगाउन सिकाए पहिला अर्पण गररे मात्र आफूले उपयोग गर्ने जुन दशर्न छ यसले निश्चय नै समाजलाई शुद्धआचरण को पाठ सिकाउने देखिन्छ । यति मात्र नभई क्ष्याँदरमुग्दुममा ऋतु अनुसार बाली लगाउने रीत अनुसार बाली उठाउने प्रकृतिक नियमलाई पनि अनुसरण गरिएको हुदा यसले समाजमा छुटै प्रभाव तथा महत्व राखेको हुन्छ ।
सांस्कृतिक प्रभाव तथा यसको महत्व
वर्षको एकै पटक भए पनि कोँईच किराँत समुदायमा ढोल नाच्नका लागि जालिरुमाल र कम्बरी फने रुल्फु र क्लातोरी लगाएर मज्जैले कम्बर हल्लाएर नाच्न पर्ने
प्रचलनल कोइँच समुदायमा रहेकको पुरानो भेषभुषालॆ प्राथमिकता पाउदा नेपाली सस्ंकृतिको
भण्डार एउटा मौलिक संस्कृतिले परापूर्वकाल देखि आज सम्मनै जीवित रहने अवसर
पाएको देिखन्छ । कोइँच किराँत समदुायहरुको मान्यता अनसुार कुनै पनि प्रकृति वा पित्री
पूजा गर्दा वा।श इर्नद्रेणी को पूजा गर्न अति आवश्यक मानिन्छ । यसरी पुजीने ईन्द्रेणीकै
प्रतीकको रुपमा रंगी विरंगी जालि रुमाल र कम्बरी लगाएर ढोल नाच्दा मानिसको
गिवत् हंस उडदैन अर्थात शरिरबाट बाहिर निस्कदैन र अज्ञात अनिष्ट बाट यसले सुरक्षा
दिन्छ । कथम कदाचित ढोलको ताल र ठोकन मिलाएर ढोल नाचेमा यो जालिरुमाल र
कम्बरी लगाउने ढोलेको ढोलले नै सलाक मुग्दुमको सबै प्रकि्रया पुरा गर्दछन् कुनै अनिष्ट
हुदैन भन्ने मान्यताले हाम्रो संस्कृतिमा नयाँ आयम थपेको पाइन्छ । साना देखि ठुला
जवान देखि बुढा सम्मका मानिसहरु सबैले यो पहिरन पहिरिदा क्ष्याँदरनृत्य निकै शोभयामान देखिन्छ ।
वा।शरेलु ईन्दे्रणी को प्रतीक भेषाभुषा केवल पुरुषले मात्रनभै महिलाहरुले समेत
प्रयोग गरेको पाइन्छ । व।ाशरेलु जस्तै विविध रंग समिश्रण चुमरेम वागमुखे थैली
लुजेग्यो सियोदानी र मचिङग्यो मुर्चुङ्गा दानी झुण्डाएको रंंिगन भ।षेाभुषामा सुसज्जित
हुने महिलाहरुको संस्कृति क्ष्याँदरपिदारको अर्काे आकर्षण हो । यसरी कोइँच महिला
पुरुषको क्ष्याँदर ेलु सात विविध रंग समिश्रित भेषभुषाले केवल अज्ञात अनिष्टको कवच
मात्र नभएर किराँत संस्कृतिको मौलिक पाटोको रुपमा स्थापित बन्न पुगेको पाइन्छ ।
सर्वप्रथम आगा ततृपश्चात भूमी र ईन्देणीको पुजानै क्ष्याँदरपिदारको प्रारम्भिक
चरणका पूजा मानिन्छन् र यो प्रारम्भिक पूजाका अत्तिरिक्त जल वायु तेज जस्ता प्रकृित
शक्ति तथा यावे्र अन्तगर्त विभिन्न पितृ शक्तिहरुलाई पूजा गर्ने जस्ता आदिम सस्ंकृतिको
सुरो बाडँद्ै गाउँका घरघर घुमेर नाच्दै दुमाचेहरु तस्वीर ः ०१
प्ा्रारुप क्ष्याँदरपिदारमा काम गर्नेलाई मान सम्मान गर्ने छुटै सस्ंकृति जोडेको पाइन्छ ।
पूजारी काम गरे वापत नाअसोको पियापोअचा शिर उठाई सम्मान जनाउन पगरी
बाधिनु शाँदरथानको पूजा समापन पश्चात निश्चित दुरी सम्म मुलि नाअसोलाई बोकेर
लैजानु जस्ता नाअसो प्रति गरिने सम्मान हुन् । बलीमा आएका पशुपंक्षीको टाउको जम्मा
गररे घर पगुे पछि पनु रेखी हालेर प्रकृति र पितृलाई चढाए पश्चात गाउँका मुख्य व्यक्ति
थरी कुटी पाहुना तथा टोल छिमेकका दाजुभाइहरुलाई प्रसादको रुपमा ओहोदा र उमेर अनुसार
कान मानको सम्मान नाअसो तर्फको सम्मान प्रकि्रया हुन्छ । यसरी नाअसो तथा चफोनिफो दुवै
पक्षमा आफू ले गर्नु पर्ने सम्मान गररे सामाजिक दायित्व निवार्ह गर्ने सस्ंकार किराँत सस्ंकृतिको मुलपाटो मानिन्छ । जुन सस्ंकृति वर्तमान पुस्ताले भावि पुस्ताहरुलाइ पुस्तौ पुस्ता हस्तान्तरण गर्दै
आएको सकरात्मक प्रभाव मान्नु पर्दछ ।
सन्दर्भ सूचीहरु
उक्तम कातिचको थेसिस लगाएत तलका सन्दर्भ सूचीमा आधारित
१। सुनुवार विक्रम बहादुर ः सुनुवार जातिको वंशावली २००४ पृ।४ ।
२। सुनुवार राम बहादुर ः सुनुवार जातिको वंशावली २०१३ पृ। ५३-५६ ।
३। सुनुवार टेक बहादुर ः किराती सुनुवार कोइँच जाति उत्पति भाषा धर्म संस्कृति एक परिचयु पृ। १७८ ।
४। सुनुवार लोकपि्रय ः गिल क्ष्याँदर कोइँचबु ११ः१ सुनुवार सेवा समाज काठमाडौं पौष २०५९ पृ। १ ।
५। सुनुवार लोकपि्रय सुनुवार जातिको इतिहास उत्पति र परिचय ः अध्ययन प्रतिवेदन सुनुवार सेवा समाज काठमाडौं २०६४ पृ। ९
६। भण्डारी देवीपस्राद ः ूऐशि। वावूर ाम आचार्यले रचना गनर्भुएको नेपालको संंिक्षप्त इतिहासू पूर्णिमा पण् ाार्ङ क् ३२ प।ृ १९८ ।
७। ईश्वरकिरण सुनुवार अघिवक्ता परम्परागत कोइँच कानून पृ १९ ।
८।ष्याँदरसिल् आपारपुकि भिडियो सीडी सुनुवार सेवा समाज केन्द्रिय समिति काडमाण्डौं २०६१।