– भरत के सुनुवार
आधा तिम्रो आधा मेरो अङ्शबन्डा गरिदियौ
प्यास मेट्ने पानी भरी जहरले भरिदियौ
आश मनको बगैचामा सुन्दर फुल सजाउने
फक्रन नै बाँकी थियो कोपिलामै झरिदियौ
सजाएथे ह्रुदयको सिन्हाशन तिम्रै निम्ती
राख्न खोज्छु भने जब अनी पर सारीदियौ
टिप्न खोजे रस जब प्यासी थियो भित्री मन
सुन्दर त्यो गुलाबमा बिषै बिष छरिदियौ
-भरत के सुनुवार, सिन्धुली, नेपाल, हाल: यू ए ई
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar