– दीपक लोहनी
विदेशीन्छौ किन तिमी ठुला ठुला शहरमा ।
दिनुपर्ला तिलान्जली आफ्नै हात् ले रहरमा ।।
सागर् सरी फैलिदिने स्वप्न तिम्रो जिवनको ।
पिडा होला साँघुरिदै बग्नुपर्दा नहरमा ।।

खुन तिम्रो दिनुपर्ला परजिवी मोटाउन ।
लुक्छ किन यथार्थता परे पनि नजरमा ।।

सुन फल्ने पसीनाको मुल्य छैन विदेशमा ।
कतिन्जेल खोज्छौ भाग् य निशाको प्रहरमा ।।

शितल् पवन् कन्चन् जल छोड्नु पर्यो स्वर्गलाई ।
भन कस्ले वाध्य पार्यो निसास्सिन जहरमा ।।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *