बिहान त जसो-तसो छाक टार्यो
साँझ के गर्ने थहा छैन
एका तिर हे-यो आङ ढाक्ने टालो छैन,
छाक टार्दै मा ठिक्क कठै!
आङ टाल्ने त पालै आउदैन !
यी रक्तसञ्चार बन्द नभईदिए
सधै दैबको दया जागीरहे!
खुला आकाश मुनि को ओतमै रमाउँला,
जेन्तेन् गुजारा चलाउँला,
अझै पीडा थपिन्छ यहाँ यसरी,
यदि ज्यानै ढले चित्तामा जलाउदा
एउटा कात्रो छैन
बाँचुन्जेल पनि कठै!
ओत लाग्ने एउटा छाप्रो भएन
कति पीडादायक, गरिबको जिन्दगी ।
बुढागोरु सरी मज्बूरीमा खटिए खटिएकै!
कठै! त्यै पनि त्यो कमाइले पुग्दैन
अभाब त अभाबनै हो; दुःख लुक्दैन
अध्यारो मै गयो मज्बूरीमा, अध्यारै हुन्छ,
आउँदा कोठामा,
आज धोएको आङ्गको लुगा भोलि सुक्दैन,
साच्चै कति अभाव जिन्दगी ।
जतिघोटे जति खटेपनि
पेटभरी खान पाहैन
त्योपनि छ ॠनैमा जिन्दगी
राम्रो र नयाँ आङमा फेरफार छैन ।
आखिर परदेश नलागि धर छैन
राखेर जिन्दगी नै बन्दगी
कति निच्च छ गरिबको जिन्दगी,
कति लाचार छ मज्बूरी जिन्दगी!!!