– विमला अधिकारी
चाहने मन हजार थिए त्यसै बीच छान्यौ मलाइ
प्रेम रुपी चुम्बकले नजिक नजिक तान्यौ मलाइ,
थाहा नपाइ मायालुले मेरो मन चोरी दियौ
मेरो मन मुटु भरि तिम्रो माया भरि दियौ
तिम्रो यादमा कल्पी कल्पी बसेकिछु योमन जलाई
प्रेमरुपी चुम्बकले नजिक नजिक तान्यौ मलाइ,
चाहने मन हजार थिए ………………………
जिस्क्याउदा यौवनले हांसी दिन्छु लजाउँदै
बिर्सिदिए सारा सँसार तिम्रो याद सजाउदै
मिठो यादमा रमाएको क्षण बाँडू मैले कल्लाई
प्रेमरुपी चुम्बकले नजिक नजिक तान्यौ मलाई
चाहने मन हजार थिए ………………………
तिमि आउने बाटो भरि फुलको सुबास छरेकोछु
तिमीले दिने माया सबै मन मुटुमा भरेको छु
जति सक्छयौ उति छिटो नजिकिए हुने भलाइ
प्रेमरुपी चुम्बकले नजिक नजिक तान्यौ मलाइ
चाहने मन हजार थिए त्यसै बिच छान्यौ मलाइ
प्रेमरुपी चुम्बकले नजिक नजिक तानेयौ मलाइ
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar