– भानेन्द्र सम्बाहाम्फे ‘जुझारु’

कहाँ छौ तिमी हे युगपुरूष, लौ झट्टै आऊ न
नेपाल आमा पुकारा गर्छिन्, योध्दा भै आऊ न

अमृतधारा पिलाई दूध, सन्तान हुर्काइन् 
सिपाही बनी आमाले सधैँ, सन्तान बचाइन् 
सन्तान तिनै भुल्दैछन् आज, आमाको त्यागलाई
त्यसैले आमा सहारा सम्झी, तिमीलाई पुकार्छिन् 





भइनन् आमा पराधिन् कैल्यै, इतिहास साक्षी छ 
स्वतन्त्र बाँच्ने आमाको इच्छा, जोगिन कठीन् छ
हुरी भै आऊ उडाइ लान, आमाका दुश्मन्लाई
ज्ञानको ज्योति लिएर आऊ, अंध्यारो मास्नु छ 

कहाँ छौ तिमी हे युगपुरूष, लौ झट्टै आऊ न
नेपाल आमा पुकारा गर्छिन्, योध्दा भै आऊ न 

शब्द: भानेन्द्र सम्बाहाम्फे ‘जुझारु’
संगीत तथा संगीत संयोजन: कृष्णभक्त राई
स्वर: श्रेयशी चेम्जोङ्
भानेन्द्र सम्बाहाम्फे ‘जुझारु’
काठमाडौँ ।

२०६६ ।०२ ।१६

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *