( यो गीत,….. सायद फेरि उसैको लागी लेखियो ! उसैलाई स-प्रेम समर्प्रित ,… !!! )
दुबिधा चिर्दै,नभन्नु पर्ने भन्दैछु
नकेलाई एकछिन राख त मनमा
चिढाउनु सपनामा तिमीलाई भेट्दैछु
पुगेन मथिंगल रिंग्याएर,चुल्ठो फुक्याउ
अल्झिन्छु,केश-सुगन्धमा निस्सासिनु
उसमाथि रहरहरु चिप्ल्याईन्जेल,दुखिन्दैनौ
मायावी काँडाहरु उखेली फ्यालिएकोछ
भएन मर्यादा सुक्याएर,घुम्टो सम्हाल
मदहोसिन्छु,त्यो अनुपमताको तृप्तिलिनु
यो आक्रोशलाई सिन्दुरे-फुल फुल्याएर
तिम्रो भागीजाने छाँयामाथी लेपिदिनुछ
लाज च्यात्दै,नसोध्नुपर्ने सोध्दैछु
नझर्की,केहिबेर खेलाऊ त तर्कनामा
उदंगयाई तिम्रो तृष्णालाई चलाईदिन्छु
-निर्जन, ओफ्न्बाक-जर्मनी, १६ नोबेम्बर २०१०,दिनको बजे
( आदरणीय सर्जकहरु,पाठकहरु साथीहरुसित ,.. फन्टको समस्याले शब्द अशुद्दीकोलागी छमा मागें ! – दिपक )
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar