कसैलाइ  हार्नमा मज्जा
कसैलाइ  हराउनमा   मज्जा
अनि कसैलाइ  हार्ने र हराउने को
गाली र ताली  हर्ने  मज्जा ,
विडम्वना , नत हार्ने को अनुहारमा विंष्मत
नत जित्ने अनुहारमा  उल्लास

खोइ  यो कस्तो कस्तो —
मदारीको खेल जस्तो , शकुनीको  झेल जस्तो
हेर्नुपरेकोछ , निलृर््ज्ज लोभी—पापीहरुको यो नाटकीय खेल
हेर्ने न तिम्रो  रहर ,न मेरो  रहर
यो जात्रै  जात्राको  शहर  ।
भत्काउन  वानी परेकाहरुलाइ  भत्काउनमा नै  मज्जा
हप्काएर खान पल्केकाहरु  हप्काउनमा नै मज्जा
अनि थर्काएर दिउसै जङ्ग वहादुरको सपना देख्नेहरुलाइ
थर्काउनैमा  मज्जा
विडाम्वना , नत भत्काइएकोमा विष्मत
नत दिउसै सपना देख्न लाज
खोइ यो कस्तो कस्तो —
फेरि जंगल पस्ने घुर्की जस्तो ,वादरको हातमा नरिवल सस्तो  ।
पशुपतिनाथको कृपामा कहिले सम्म चल्ने यो खेल
नत कसैलाइछ डर, नत कसैको छ भर
यो जात्रै जात्राको शहर  ।
कसैलाइ मुलुकको भविष्य—पथ नलेखिएको डर
कसैलाइ मुलुकको ससाना कित्ता काटको रहर
अनि कसैलाइ अ“श—वण्डको मुद्धामा मल्ल—युद्धको रहर
विडम्वना, नत गर्र्न दिन्छ नत गर्न सक्छ  ,
सवै सवै वाहिरै वाहिरकोले गरि दिनु पर्ने
खोइ यो कस्तो कस्तो —
वाइसे चौविसे रजौटाहरुको प्रेतात्मा जागे जस्तो
वालकन प्रदेशमा जस्तै भ्इचालो आउने संकेत कति सस्तो ।
जन्मजात पोलियो लागे जस्तो वर्तमानमा
घर पोलेर आगो ताप्नेहरुलाइ
इतिहासको अपमानमा नत खेद छ नत भविष्य प्रति डर
यो जात्रै जात्राको शहर  ।
धेरै भयो मेची दुखेको काली दुखेको , उत्तर दुखेको दखिन दुखेको
उज्यालो घामको आशामा वस्नेहरुको मन दुखेको
अनि धेरै भयो सिङ्ग मुलुकवाट वुद्घ हराएको  ,
विडम्वना  ,हस्तिनापुरका धृतराष्टृ र दुश्शासनहरुलाइ —
नत यो दुखाइले मन रोएको छ
नत त्यो जल्लाद मनलाइ वुद्धहराएको पिडाले छोएको छ
खोइ यो कस्तो कस्तो —
घर खनेर वन पुर्ने वानी जस्तो

विभिषणको लंका —दाह्य राम—भत्तिःm जस्तो
देश दुखेर  के भो र  !  वुद्ध हराए र के भो र !
के जान्छ र  जल्लादहरुको  गोठाको वहर
यो जात्रै जात्राको  शहर

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *