अङ्क एक, दृश्य एक,
(सानो कोठा । सामानहरू यत्रतत्र छन् । एउटा पुरानो खाट छ । खाटमा क्रमशः १० र १५ वर्षका निशान र शान्ति सुतिरहेका छन् । त्यसको तल भुइँमा सामान्य ओछ्यानमा पुरानो खास्टो ओढेर सपना पनि सुतिरहेछिन् । उनको उमेर करिब २० बर्षको छ । बिहानको मिर्मिरे, चराहरूको चिरबिरे प्रभाती आवाज सुनिँदै छ । त्यो सानो कोठारूपी संसारमा ती तीन प्राणीहरू आफ्नै ढङ्गले निअङ्कलरहेकै समयमा सपना एक्कासी चिच्याउँदै ब्युँझिन्छिन् ।)
सपना – (ठूलो स्वरमा) नाइँ … ! (खाटमा सुतिरहेका निशान र शान्ति पनि चिच्याउँदै उठ्छन् । उनीहरू पनि भुइँको ओछ्यानमा गएर दिदी सपनासितै टाँसिएर बस्छन् ।)
निशान – (डराउँदै) दिदी के भो ? किन कराउनुभएको ?
शान्ति – (उस्तै गरी) सपना दिदी † भन्नूस् न के भो तपाईंंलार्ई ? के भो … ?
सपना – (आपूmलार्ई सम्हाल्दै) कस्तो डरलाग्दो सपना देख्न पुगेछु । ओहो † कस्तो नराम्रो … † (सपना आतङ्कित मनस्थितिमा छिन् । उनको अनुहार नै बदलिएको छ ।)
निशान – (अलि नजिक हुन खोज्दै) भन्नूस् न दिदी, कस्तो सपना देख्नु भो ? हामी पनि सुनौँ न ।
शान्ति – (उस्तै गरी) दिदी हामी पनि सुनौँ न तपाईंले कस्ते सपना देख्नु भो ?
सपना – (झर्को मान्दै) तिमीहरूलार्ई सपना भनेको के हो, थाहा छ ? तिमीहरूले कहिल्यै सपना देखेका छौ ?
शान्ति –(अलि ठूलो स्वरमा) हामी पनि कहिलेकाहीँ सपना देख्छौँ । सपना कस्तो हुन्छ, हामीलार्ई पनि थाहा छ तर हामी कहिल्यै पनि तपाईंं जस्तो चिच्याएर, कराएर उठेनौँ तर तपाईं चिच्याउनु भो । त्यसैले सोधेको नि दिदी †
निशान – (उस्तैगरी) हो हामीले पनि सपना देखेका छौँ । आी त्यसरी कहिल्यै चिच्याएनौँ त ?
सपना – (संयमताका साथ) ए, हो र ! म त्यस्तो गरी चिच्याएँ र ?
दुवै – (एकै साथ) हो हो तपाईं निकै चिच्याउनु भो ।
सपना – (संयमताका साथ) म चिच्याएँ हुँला । मैले देखेको सपना निकै नराम्रो थियो । कतै त्यो सपना साँच्चीकै भयो भने । ओहो ! म त कल्पनै गर्न सक्दिनँ । )
निशान – (उत्सुकताका साथ) भन्नोस् न दिदी के के देख्नु भो ?
शान्ति – (उत्सुकता र संशय दुवै भावमा) हो दिदी भन्नूस् न † तपाईंलार्ई डर लाग्ने त्यस्तो सपना के थियो ? हाम्री दिदी सपना सामान्य कुराहरूबाट डर मान्ने मान्छे नै होइन ।
सपना – (विषयान्तर गर्न खोज्दै) भैगो, छोडिदेऊ यी कुरा, अब उज्यालो भइसक्यो । तिमीहरू आ–आफ्ना काममा लाग ।
निशान – (जिद्दी गर्दै) नाइँ, पहिले तपाईंले देख्नुभएको सपना सुन्ने अनि मात्र आफ्नो काम गर्ने । नाइँ, दिदी नाइँ … !
सपना – (आपूmलार्ई समालेर विस्तारै) त्यो सपना सुन्छौ त ?
निशान – (उत्सुकताका साथ) सुन्छौँ ।
शान्ति – (उस्तै गरी) सुन्छौँ ।
सपना – (खोक्दै) मैले देखेको त्यो डरलाग्दो सपना हाम्रो भविष्यसित जोडिएको थियो । हाम्रो राष्ट्रको भविष्यसित जोडिएको थियो त्यो सपना । नेपाली जनताले कहिल्यै कल्पनै गर्न नसक्ने सपना थियो त्यो । (निशान र शान्ति थप उत्सुक हुन्छन् ।)
निशान – (अलि ठूलो स्वरमा) यस्तो पनि सपना हुन्छ र दिदी कहीँ †
शान्ति – (झर्किदै) चुप लाग, दिदीले भर्खर त भन्न सुरु गर्नुभएको छ । तिमीलार्ई बीचमा बोल्नुपर्छ । (मुखतिर देखाउँदै) यो मुख पनि कति छिटो चल्न परेको होला !
निशान – (सम्हालिँदै) ल ल, अब म एक शब्द पनि बोल्दिनँ । म चुप लागेर सुन्छु, अब त भयो हैन ? बोल्न पनि नपाइने !
सपना – (रिसाउँदै) लौ तिमीहरूको फेरि झगडा सुरु भयो हैन । स–साना कुरामा पनि झगडा गरिहाल्ने तिमीहरूको बानी कहिले सुध्रिन्छ हँ ? उमेर पनि यस्तै हो कि, तर म त त्यस्तो थिइनँ रे । अब चुप लागेर बस है त ?
दुवै – (एकै चोटि) हुन्छ दिदी ।
सपना – (बेलीविस्तार लगाउँदै) सपनामा म चरा भएर हिमाल, पहाड, तराईका सबै सबै सुन्दर सुन्दर ठाउँहरूमा उड्दै उड्दै डुलिरहेकी थिएँ । म कहिले सुन्दर हिमालका चुचुरोमा पुग्थेँ भने कहिले पहाड–उपत्यकाका सुन्दर बस्तीहरूमा रमाउँथेँ । म हिमालका चौँरीका बथानमा रमाउँथेँ भने पहाडका चरा चुरुङ्गीहरूसित नाच्दै गाउँदै हुन्थेँ । कहिले म तराईका सुन्दर हरियाली फाँटहरूमा पुग्थेँ । त्यहाँ हात्ती गैंडाका बथानमा मिसिन्थेँ । सपनामा म मेचीदेखि महाकालीसम्म पुगेकी थिएँ । म सपनामा हाम्रो देशको प्राकृतिक सौन्दर्यका बीचमा हिमाल पहाड तराईको एकीकृत भावले असाध्यै प्रफुल्ल भएकी थिएँ । ओहो † त्यसलार्ई मुखले कसरी व्यक्त गर्न सकिन्छ र † तर … (सपना रोकिन्छिन् ।)
निशान – (सपनातिर हेर्दै) किन रोकिनु भो दिदी † त्यसपछि के भयो ?
सपना – (खोक्दै) अँ । त्यसपछि त मैले सपनामा देखेको त्यो सौन्दर्य, जहाँ म असाध्यै असाध्यै रमाएको थिएँ । म उड्दै उठ्दै जब तराईका फाँटहरूमा लहराउँदै गरेका धानका पहेँला बालाका दाना टिप्दै थिएँ, त्यतिखेर आकाशमा गड्याङगुडुङ भइहाल्यो । त्यहाँ कालो न कालो बादल मडारिन थाल्यो । म बेस्सरी डराएँ । धेरै टाढा टाढासम्म पनि देख्न सकिने एउटा ठूलो र अग्लो रुखको हाँगामा गएर बसँे । त्यहाँबाट यसो दक्षिणतिर हेरेको त कालो न कालो गोमन र रगतले लछप्पै भिजेको डरलाग्दो गिद्ध एक आपसमा रमाउँदै, मुखबाट रगतका फाल्सा ओकल्दै आइरहेको देखेँ । (डराउँदै) ओहो † त्यो सम्झँदा पनि कत्ति डर लागेर आउँछ अनि तिनका नङ्ग्रा–दाह«ाहरू पनि यति डरलाग्दा र तिखा थिए कि तिनले नछुँदैमा प्वालै पार्लान् जस्ता ।
निशान – (विस्तारै) सपना दिदी, तिनीहरूले कसलार्ई खाएर, चिथोरेर त्यस्ता भएका होलान् ?
सपना – (अलि कडा स्वरमा) कसलार्ई हुनु नि † तिनीहरूले इराकदेखि अफगानिस्तानसम्म तथा कास्मिर र दन्तेबाँडासम्मका श्रमजीवी, गरिब जनताहरूको रगतदेखि हड्डीसमेत चुसिरहेको कुरा मैले पार्टीका अग्रजहरूबाट सुनेकी थिएँ । तिनीहरू एकदमै बदमास हुन् रे । उनीहरू गरिब राष्ट्र, छिमेकी राष्ट्र र तिनका जनतालार्ई आफ्नो दास बनाउन चाहन्छन् रु । जुन देशका शासकले, जुन देशका जनताले तिनको विरोध गर्दछन्, त्यहाँ नरसंहार गर्नु उनीहरूको घोषित योजना नै हो रे । हो मलाई पनि त्यस्तै लाग्छ । वास्तवमा तिनीहरू महा आतङ्ककारी हुन् ।
शान्ति – (अलि रिसाउँदै) निशानले बीचमै कुरा गरेर फेरि कहाँ पु¥याइदियो भन्या अनि के भयो दिदी?(निशान ठुस्स पर्छ ।)
सपना – (फेरि सिलसिला जोड्दै) अँ, एकछिनमै तिनीहरूले हाम्रो तराई–मधेसलार्ई कालो बादलले ढपक्कै छोपिदिए । त्यहाँ बस्ने मानिसहरूको कोलाहल मच्चियो । केही मानिसहरू दक्षिणतिर लागे । धेरै मान्छेहरू उत्तरतर्फ लाग्ने प्रयत्न गर्दै थिए । हेर्दा हेर्दै कैयौँ घरहरू, पुलहरू छिनभरमै गल्र्यामगुर्लुम भए । मैले देखेको सुरुको त्यो सुन्दर चित्र केहीबेरमै भग्नावशेषमा परिणत भए । ती राक्षसी गोमन र गिद्ध बडो रमाउँदै, आपूmलार्ई ठूलो पौरखी ठान्दै उत्तरतर्फ लाग्न थालेपछि म त्यहाँ बस्न सकिनँ । मैले पनि उत्तरतर्फको बाटो समाएँ । त्यतिखेर डर, भोक, थकाइ र प्रतिशोधको ज्वालाले म उड्नै नसक्ने भएकी थिएँ तर पनि पहाड छिचोल्दै हिमालतिर उडेँ लत्रिदै लत्रिँदै … ।
शान्ति – (उत्सुकता र भावावेग सहित) के तिनीहरूले तपाईंलार्ई पनि देखे दिदी ?
सपना – (अलिकति ठाउँ सर्दै) देखे नि, किन नदेख्नू नि † तिनीहरू राता राता आँखा पादै मलार्र्ई एकैचोटि निलुँला झैँ गर्दै थिए तर तिनीहरूले मलार्र्ई केही गर्ने आँट भने गरेनन् । त्यतिखेर मेरो लागि प्रतिकूल परिस्थिति ठानी म आफैँ उत्तरतर्फ लागेकी थिएँ । तिनीहरूले मेरो पीछा गर्दै थिए ।
निशान – (सिलिङतिर हेर्दै) दिदी † त्यहाँ तिनीहरूलार्ई कसैले रोक्ने प्रयास गरेनन् †
सपना – (अलिकति अनुहार उज्यालो पार्दै) आफ्नो देशलार्ई माया गर्नेहरू, आफ्नो देशको माटोलार्ई मुटु ठान्नेहरूले राम्रै प्रतिरोध गरेका थिएँ सुरु सुरुमा तर त्यहाँका मानिसहरू विभाजित भए । त्यहाँको एकता कमजोर भयो । त्यो कमजोर बनाउने काम पनि तिनीहरूले नै गरेका हुन् । नत्र सबै मानिसहरू एक जुट भएर तिनीहरूका विरुद्ध लडेको भए त्यस्तो स्थिति नै आउने नै थिएन । त्यहाँका मानिसहरू एकजुट भएका भए ती बैरीहरूका आँखा फुटाइदिन सकिन्थ्यो, नङ्ग्राहरू भाँच्न सकिन्थ्यो, तिनका हड्डी धुजाधुजा पार्न सकिन्थ्यो तर त्यस्तो भएन ।
शान्ति – (जिज्ञासु भावमा) दिदी, त्यस्ता बैरीहरूका विरुद्ध जनता किन लड्दैनन् ? तिनीहरूका विरुद्ध लडे पो क्या मजा आउँछ तर खै किन होला नलडेको ?(सपना उठछिन् । यताउति हेर्छिन् । निशान र शान्ति पनि उठ्छन् ।)
सपना – (अलि गम्भीर भावका साथ) शान्ति, यो वीरताको कथा लामो छ । के तिमीलार्ई त्यस्ता बैरीहरूका विरुद्ध जनताले कहिल्यै सङ्घर्ष गरेका छैनन् भन्ने लागेको छ कि क्या हो ? त्यसो होइन । तिनीहरूका विरुद्ध जनताले निकै लामो समयदेखि विभिन्न किसिमका सङ्घर्षहरू गर्दै आइरहेका छन् । ती सङ्घर्षहरूमा नेपाल आमाका महान् छोराछोरीहरूले आपूmलार्ई हाँसीहाँसी बलिदान दिएका छन् । बलिदानका यस्ता गाथाहरू कैयौँ छन् । यहाँ कैयौँ बेपत्ता र घाइते छन् । यस्तो कथा एकै छिनमा भनेर कहाँ सकिन्छ र ? एक दशकसम्म चलेको महान् जनयुद्धबारे केही कुराहरू त तिमीहरूले पनि सुनेका छौ नि † जुन महान् युद्धमा हाम्रा बाबा आमाले जीवन दिनुभएको छ । (ढोका ढकढकाएको आवाज आउँछ । सपना, निशान र शान्ति सम्हाालिन्छन् । निशान ढोका खोल्दछ । ढोका ढकढकाउने घरमालिक हुन्छन् । उनी रुखो स्वरमा बोल्न थाल्छन् ।)
घरमालिक – (ठूलो स्वरमा) ए सपना † खोइ त कोठा भाडा ? ६ महिना भइसक्यो । अब म धेरै समय कुर्न सक्दिनँ । तिमीहरूलार्ई सित्तैमा बस्न मैले यो घर यत्रो पैसा लगाएर बनाएको हो र † एक दुई दिनभित्र पैसा मैले पाइनँ भने तिमेरुका सबै झिटीझाम्टा सडकमा लगेर मिल्काइदिन्छु । बुझ्यौ हैन ? (घरमालिक बाहिरिन्छन् । एकछिन सपना, निशान र शान्ति कालोनिलो हुन्छन् ।)
निशान – (रिसाउँदै) यो मान्छेले हामीलार्ई कत्ति हेपेर बोलेको होला ।
शान्ति – (शान्त हुँदै) हेपिहाल्छ नि ! सम्पत्तिवालाहरूलार्ई उसको सम्पत्तिबाहेक अन्य कुरालार्ई आँखै देख्दैनन् । यी धनी मानिसहरूले हामी जस्ता गरिबहरूलार्ई कत्ति दिनसम्म हेपिरहँदा हुन् ?यहाँ हामीजस्ता गरिबको दिन कहिले आउने होला हगि ?
निशान – (नियास्रिएको भावमा) अलिकति त हाम्रा बाबा–आमा नभएर पनि हामीलार्ई यिनीहरूले हेपेका हुन् । अहिले हाम्रा बाबा भइदिनुभएको भए एक मुठा पैसाले यिनको मुखमा बुजो लगाइदिनुहुन्थ्यो होला हगि दिदी ? (निशानको कुराले सपना र शान्ति भावुक हुन्छन् ।)
शान्ति – (उदास हुँदै) पहिले पहिले आइरहने सभासद् अङ्कल पनि अचेल आउन छोड्नु भो । चिन्तनराज अङ्कल बेला बेलामा आएर कति गहिरा कुराहरू सिकाउनुहुन्थ्यो, उहाँ पनि आउन छोड्नु भो । हैन हामीलाई सबैले बिर्सिन थाले कि क्या हो ?
सपना – (सम्झाउँदै) भैगो यो कुरा छाडिद्यौ । अब उठौँ । अबेला पनि हुन लागिसक्यो । तिमीहरूको गृहकार्य पनि त होला नि ! म चिया पकाउँछु ।
निशान – (असन्तुष्टिको भावमा) सपनाको कुरा सिद्धिएकै थिएन । घरबेटीले बीचमै अलमल्याइदिनु भो ।
सपना – (झकिँदै) छोड यो सपनाको कुरा । बाँकी अर्को दिन गरौँला । (निशान र शान्ति बाहिरिन्छन् । सपना चिया पकाउने तरखर गर्छिन् तर त्यहाँ केही पनि हुँदैन ।)
शान्ति – (हेर्दै) दिदी चिया तयार भो ?
सपना – (झर्किँदै) अब खायो चिया ! चिनी, चियापत्ति केही पनि छैन । चामल पनि सिद्धिएछ । पैसा पनि छैन । घरबेटीको कुरा त्यस्तो छ । तिमीहरूको स्कुलको फिस नतिरेको पनि यत्तिका महिना भैसक्यो । हैन यो अभावै अभावले हामीलार्ई कहिल्यै छोड्दैन कि क्या हो ! के यसबाट मुक्ति सम्भव छैन ? कहिले हुन्छ हाम्रो मुक्ति ?? कसले गर्छ हाम्रो मुक्ति ???(निशान र शान्ति ट्वाँ परेर सपनाको मुखमा हेरिरहन्छन् । सपना किंकर्तव्यविमूढ भएर उभिरहन्छिन् ।)
पर्दा ।
अङ्क एक, दृश्य दुई,
(अपरान्ह । सपना कोठामा काम गरिरहेकी छिन् । निशान र शान्ति गृहकार्य गरिरहेका छन् । निशान भित्तामा झुन्ड्याइएको बाबा–आमाको तस्बिरलार्ई घरिघरि हेरिरहेको छ । उमेर र स्वभावले पनि चञ्चल निशान आज अलि बढी नै गम्भीर देखिन्छ । यसैबीचमा करिब ४० वर्षका एक जना सभासद् आइपुग्छन् ।)
सभासद् – (हँसिलो मुद्राका साथ) अभिवादन सपना ! के छ हालखबर ?
सपना – (सतर्क हुँदै) अभिवादन, आज बाटो बिराउनु भो नि ! कत्ति दिन भो तपाईं नआउनुभएको ? शान्तिले पनि अकलहरू आयन छोड्नुभयो भन्दै थी । हामीलाई त सबैले बिर्सिन लाग्नु भो कि भन्ने पो लाग्न थालेको थियो त । (तिनै जनाले अभिवादन गरेपछि बस्न आग्रह गर्दै)
सभासद् – (गम्भीर मुद्राका साथ बस्दै) कहाँ बाटो बिराउनु नि सपना । बिर्सिएको त हुँदै होइन ।संविधान निर्माण र आन्दोलन दुवैले अलि व्यस्तताले मात्र हो । (निशान र शान्तितिर हेर्दै) तपाईंको एउटा चीज मसित थियो । दिऊँला दिऊँला भन्दा भन्दै कहिले बिर्सिने कहिले के हुने । आज चाहिँ सम्झिएरै ल्याइदिएको छु । (सभासद् झोलाबाट एउटा रातो डायरी निकालेर सपनालार्ई दिन्छन् । निशान र शान्तिले अनौठो ठान्छन् ।) सपना, यो डायरीलार्ई जतन गरी राख्नूस् है ।
सपना – (हातमा डायरी लिँदै) अङ्कल, यो डायरी मलार्र्ई किन दिनुभएको ? यसमा के त्यस्तो रहस्य छ ?(सपना डायरीको पन्ना सरर्र पल्टाउँछिन् ।)
सभासद् – (गम्भीर भावमा) सपना, यो डायरीको धेरै मूल्यवान छ । यो डायरी तपाईंंकै हो । यो तपाईंको बाबाको सपना हो, तपाईंकी आमाको सपना हो । नेपाल र नेपाली जनताको सपना हो सपना । (निशान र शान्ति आश्चर्य मानेर हेरिरहन्छन् ।)
सपना – (अचम्म मान्दै) ओहो । यो मेरो डायरी रे ! कसरी ?
सभासद् – (उठेर भित्तामा टाँसिएको सपनाका बाबा–आमाको तस्बिरतर्फ फर्कँदै) हो, सपना यो रातो डायरी तपाईंको बुबाको हो । उहाँले यसलार्ई जहिले पनि साथमै लिइरहनुहुन्थ्यो । उहाँले यसलार्ई युद्धमोर्चामा पनि साथमै राख्नुहुन्थ्यो । फुर्सदमा अध्ययन गर्नुहुन्थ्यो र यसमा लेखिहाल्नुहुन्थ्यो । यसमा लेखिएका विभिन्न विषयहरूमा सहयोद्धाहरूका बीचमा बहस चलाउनुहुन्थ्यो । यसलार्ई निकै समृद्ध पार्दै लैजानुभएको थियो तर … । (सभासद् बीचमै रोकिन्छन् ।)
सपना – (उठ्दै र गम्भीरका साथै) अङ्कल किन रोकिनुभयो ? अनि के भयो ?
सभासद् – (संयमताका साथ) तर उहाँ युद्ध मोर्चामा सहिद हुनुभयो ।
सपना – (सम्झे जस्तो गरेर) हो, हाम्रा बाबाले युद्ध मोर्चामा सहादत प्राप्त गर्नुभएको कुरा मलार्र्ई अग्रजहरूले सुनाउनुभएको थियो । त्यतिखेर म धेरै रोएको थिएँ । मलाई बाबाका साथीहरूले ‘शोकलाई शक्तिमा बदलेर उहाँको सपना पूरा गर्न लागिपर्नुपर्छ’ सम्झाउनुभएको थियो । अङ्कल अरू भन्नोस् न … ।
सभासद् – (सुस्तरी) हाम्रो महान् पार्टीको योजना अनुसार हामी युद्ध मोर्चामा खटिएका थियौँ । तपाईंको बाबा हाम्रो पार्टीको आदरणीय, बहादुर र साहसिक योद्धा हुनुहुन्थ्यो । उहाँ हामी जस्ता धेरैको आदर्श हुनुहुन्थ्यो । अनि … ।
सपना – (उस्तै गरी) अनि के अङ्कल … ?
सभासद् – (खोक्दै) हो, यो त्यही युद्ध मोर्चाको कुरा हो जहाँ हामीले प्रतिक्रियावादी शासकका सुरक्षाफौजसित भीषण युद्ध ग¥यौँ । दुश्मनतिर ठूलो क्षति भयो । थुप्रै थुप्रै घाइते भए । प्रतिक्रियावादी सत्ताका भौतिक संरचनाहरूलार्ई निकै ठूलो चुनौती दिन सफल भएको त्यो लडाइँँमा तपाईंको बुबाले अग्रपङ्क्तिबाट ललिडरहनुभएको थियो । त्यहीक्रममा दुश्मनको गोली लागेर उहाँ घाइते हुनुभयो । त्यतिखेर म पनि त्यही मोर्चाको महत्वपूर्ण भूमिकामा थिएँ । युद्ध रोकिएपछि हामीले उहाँको प्राथमिक उपचार ग¥यौँ तर उहाँलार्ई हामीले बचाउन सकेनौँ । (सभासद् दुवै हातले अनुहार छोप्छन् । निशान र शान्ति किताब कापी झेलामा राखेर नजिकै आउँछन् ।)
सपना – (डर मिश्रित भावमा) बाबाले अन्तिम अवस्थामा केही बोल्नु भो ?
सभासद् – (ठूलै स्वरमा) उहाँको अवस्था निकै नाजुक थियो । उहाँले अन्तिम अवस्थामा ‘यो रातो डायरी मेरी छोरी सपनालार्ई दिनू’ भन्नुभएको थियो । (सपनातिर हेर्दै) तपाईंको नाम सपना पनि त्यत्तिखेरै राखिदिनुभएको हो । तपाईंको वास्तविक नाम त जुनू हो । (फिस्स हाँस्दै) जून जस्तै उज्यालो मुखाकृति भएकी जुनू तर उहाँको अन्तिम इच्छाअनुसार तपाईंको नाम सपना भएको हो ।
सपना – (सबैतिर हेर्दैं) ओ हो ! म जुनूबाट सपना भएको रे ! किन होला अङ्कल ?
सभासद – (खुलासाको भावमा) यसको गहिरो अर्थ छ सपना । हाम्रो पार्टीले नेपाली जनताको मुक्तिको सपना बोकेर महान् युद्धको थालनी ग¥यो । यो महान् प्रक्रियामा थुप्रै थुप्रै योद्धाहरूले सहादत प्राप्त गरे । अझै जनताको त्यो महान् क्रान्तिले आझै पूर्णता पाएको छैन । जनताका मुक्तिकामी सपनाहरू पूरा भएका छैनन् । यसलार्ई कुनै पनि मूल्यमा पूरा गर्न आवश्यक छ । तपाईंको बाबाले क्रान्ति पूर्णताको कामना गर्दै तपाईंको नाम जुनूबाट सपना राखिदिनुभएको हो ।
सपना – (संशय भावका साथ) हाम्रा बाबा महान् हुनुहुन्छ । अङ्कल, हाम्रो बाबाको सपना पूरा होला त ? पार्टीले देखेको सपना, बाबाले देख्नुभएको सपना, जनताका सपना के अहिलेको यस्तै यस्तै तरिकाले पूरा होला त ?
सभासद् – (कठोरका साथ) सजिलो छैन तर यो पूरा नहुनुको विकल्प पनि त छैन ।
सपना – (निशान र शान्तितिर हेर्दै) अहिलेको देशको स्थिति, पार्टीहरूको स्थिति त्यति राम्रो छैन । क्रान्तिकारी पार्टीमा पनि बहस चर्को देखिन्छ । आफू आफू नै लड्न थालेपछि के जनताका चाहना पूरा होलान् त ?
सभासद – (अलि ठूलो स्वरमा) सपना, तपाईंले भनेको ठीक हो । अहिले हाम्रो देशको स्थिति राम्रो छैन । क्रान्तिकारी पार्टीलार्ई अहिले पनि चारैतिरबाट घेराबन्दी गरिएको छ । अहिले हाम्रो देशलार्ई साम्राज्यवाद र विस्तारवादले नाङ्गो रूपमा क्रीडास्थल बनाएका छन् । यहाँ तिनका दलाल तथा कठपुतलीहरूले खुलमखुला राष्ट्रघात गरिरहेका छन् । हाम्रो राष्ट्रिय स्वाधीनतालाई कमजोर पार्ने दुष्प्रयत्न निरन्तर जारी छ । संविधानसभालार्ई निकम्मा बनाउने कसरत पनि यहाँ हुँदै छ । मुुलुकले प्रधानमन्त्रीको पाउन सात महिना कुर्नुप¥यो । सबैभन्दा ठूलो क्रान्तिकारी पार्टीको त्यागद्वारा मात्र देशले प्रधानमन्त्री पायो । यस्ता कुराहरू गरेर साध्य नै छैन सपना … । (आकाश गर्जिएको आवाज आउँछ ।)
सपना – (गम्भीर मुद्रामा) हो अङ्कल, हाम्रा सपनाहरू पूरा भएका छैनन् । यो धर्तीमा महान् योद्धाहरूका रगत पसिनाले नसिञ्चिएको एक इन्च भूमि पनि छैन । यत्रो त्याग र बलिदानलार्ई यो राष्ट्रले किन स्वीकार्न सकिरहेको छैन । आखिर यो देश कसको हो !
निशान – (झोक्किँदै) सपना दिदी, यो देशका बदमासहरू को को हुन् चिनाइदिनुस् न । म सबलार्ई एक एक गरेर खत्तम पारिदिन्छु । अनि बाबाको … !
शान्ति – (उस्तै गरी) हो यो देशका खराब मानिसहरूलार्ई छानी छानी ठीक पार्नुपर्छ । यो देशलाई सुधार्नु छ भने ती अपराधीहरूलाई एक एक गरी कारबाही गर्नुपर्छ ।
सभासद् – (विस्तारै) सपना, शान्तिले भन्नुभएको कुरा ठीक हो । यो देशलार्ई केही मुट्ठीभरका खराब मान्छेहरूले बर्बाद बनाएका हुन् । तिमीहरूका आमालार्ई पनि ती बदमासहरूले अपहरण गरेर हिरासतमा चर्को यातना दिएर मारे । तिम्री आमा धेरै बहादुर महिला योद्धा हुनुहुन्थ्यो । हिरासतमा उहाँलाई चर्को याताना दिइयो तर उहाँले पार्टीको गोपनीयता भङ्ग गर्नुभएन । उहाँले पार्टी र क्रान्तिका लागि अमर मृत्यु स्वीकार्नुभयो तर दुश्मनका अघि झुक्नुभएन । त्यसैले (तिनैजनातिर हेर्दै) तिमीहरूका बाबा–आमा दुवै अमर हुनुभएको छ । उहाँहरू सदैव आदरणीय भएर रहनुहुनेछ । (सपना, निशान र शान्ति निकै भावुक बन्छन् । उनीहरूमा आक्रोश, प्रतिशोधको भाव देखिन्छ ।)
सपना – (भावुक हुँदै) अङ्कल आज हामीलार्ई तपाईंले धेरै कुरा बताउनुभयो । अब हामी देश र जनताका लागि केहीे गर्न चाहन्छौँ तर … ।
सभासद् – (जिज्ञासाका साथ) तर के सपना … । स्पष्ट भन्नूस् न ।
सपना – (केही निराशाको भावमा) क्रान्तिकारी पार्टीको बहसले गम्भीर विवादको रूप लिँदै छ रे । यसले जनताको मन दुखाएको छ । यसले जनताका दुश्मनहरूले चलखेल गर्ने ठाउँ पाउँछन् । प्रशिक्षण बहिस्कारको कुरा के सामान्य हो ?
सभासद – (संयमित हुँदै) ठीक हो सपना । हाम्रो पार्टी अहिले महान् बहसको प्रक्रियाबाट अधुरो रहेको क्रान्तिलार्ई पूर्णता दिन चाहन्छ । यसले हाम्रो क्रान्तिलाई अझ परिपक्व बनाउनेछ । जनयुद्धका उपलब्धिहरूको रक्षा गर्दै क्रान्तिकारी कार्यदिशामार्फत् जनविद्रोहको दिशामा हाम्रो पार्टी अघि बढिसकेको छ । यो नै अहिलेको सबैभन्दा वैज्ञानिक र वस्तुवादी कार्यदिशा हो । सपना, यो बहसले क्रान्तिलाई बिगार्दैन बरु बनाउँछ ।
सपना – (जिज्ञासाका साथ) शान्ति र संविधान निर्माण चाहिँ के हुन्छ अङ्कल ?
सभासद् – (ठूलै स्वरमा) हो सपना, हाम्रो पार्टीले अन्तिम समयसम्म शान्ति प्रक्रियालार्ई तार्किक निष्कर्षमा पु¥याउन, जनसंविधानको सुनिश्चितता गर्न प्रयत्नशील रहनेछ तर यो सम्भावनाचाहिँ कम हुँदै गएको छ । यदि यो पूरै असम्भव भएको अवस्थामा जनताले हाम्रो पार्टीलार्ई सोध्नेछ अब के गर्ने भनेर । त्यतिखेर यी सबैको उत्तर जनविद्रोह एक मात्र विकल्पको रूपमा रहनेछ । आज विद्रोहको विपक्षमा रहेका मान्छेहरूलार्ई पनि त्यतिखेर जनविद्रोह अत्यन्त प्रिय हुनेछ ।
सपना – (उत्सुकताका साथ) हो, मलाई पनि त्यस्तै लाग्छ । अब जनविद्रोहले मात्रै हाम्रा सपनाहरू पूरा गर्छ । तर त्यसको निम्ति इमानदारिता र प्रतिबद्धता चाहिन्छ । (त्यतिखेर त्यहाँ करिब ६५ वर्षका पुराना कम्युनिस्ट नेता चिन्तनराज आइपुग्छन् । उमेर निकै भए पनि उनी त्यस्ता लाग्दैनन् । उनको मुहारमा चमक देखिन्छ ।)
चिन्तनराज – (मुट्ठी उठाउँदै) अभिवादन छ है सबैलाई । (सबै उस्तै गरी अभिवादन गर्दछन् ।) के कुरा हुँदै छ यहाँ ?
सभासद् –(सतर्कताका साथ) उही सपनाको कुरा त हो नि । हाम्रा सपना, हामी सबैका सपना । (देखाउँदै) उहाँ सपनाका सपना … ।
सपना – (रमाउँदै) ओ हो ! आज त गजबै भो । चिन्तनराज अङ्कल पनि आउनु भो । आरामै हुनुहुन्छ अङ्कल ?
चिन्तनराज – (उस्तै गरी) ठिकै छु सपना । कार्यव्यस्तताले पो आउन नसकेको हो । बेला बेलामा सम्पर्क त गरेकै छु नि ।
सपना – (उत्सुक हुँदै) त्यो त हो अङ्कल । आखिर तपाईंहरू नै हो हाम्रो अभिभावक । (सभासद्तिर देखाउँदै) उहाँ अङ्कलसित सपनाको कुरा भैरहेको थियो ।
चिन्तनराज – (सम्झे जस्तो गरेर) ए, धेरै राम्रो । सपना निकै गहन विषय हो । अक्टोबर समाजवादी क्रान्तिका नायक लेनिनले संसदवाद र अवसरवादको सपना देख्नेहरूलाई भनेका थिए – साथी हो, क्रान्तिको सपना देख्नुहोस् ।
सभासद् – (गम्भीरताका साथ) ठिक हो चिन्तनराजजी, जनताले सुन्दर जीवनको परिकल्पनाका गरे । उनीहरू राज्य सत्ताबाहेक सबै भ्रम हो भन्ने मान्यतालाई आत्मसात् गरेर क्रान्तिको भट्टीमा होमिए । आज महान् जनयुद्ध सपना यसका घोषित प्रतिबद्धता कताकता ओझेल पर्न थालेको, संसार परिवर्तन गर्ने महान् सपना धुमिल धुमिल हुन थालेको देख्दा कतै यो महान् पार्टी आफ्नो सैद्धान्तिक प्रतिबद्धताबाट च्युत हुँदै त छैन !
चिन्तनराज – (गम्भीरताका साथ) चिन्ता गर्नु ठिक छ । चिन्ता खबरदारी पनि हो । हो, हामीले महान् युद्ध सुरु गर्दाको महान् सपनालाई कहिल्यै भुल्नुहुँदैन । यहाँ हाम्रा महान् सपनाहरू धुमिल भइसकेका छैनन् । क्रान्तिकारी लेखक क्रिस्टोफर कड्वेलले भनेका छन् – सपनाले कर्मका लागि मार्ग तयार गर्छ । कर्म गर्नुभन्दा पहिले उसले सपना देख्न जरुरी छ । जो हामी सबैले देखिरहेका छाँै ।
सभासद् – (अलि कडा स्वरमा) तपाईंको कुरा मनासिब छ तर कस्तो हुन्छ स्वप्नदर्शीलाई आफ्नो सपनाको मृत्यु हुँदा कस्तो पीडा हुन्छ ? क्रान्तिको सपना देखेर वर्गसङ्घर्षको भट्टीमा हाम्फालेकाहरू अहिले के सोचिरहेका छन् ? जुन सपना देखेर आफ्नो सुन्दर जीवनको परिकल्पना गर्दछ, त्यही सपनाको मृत्यु हुँदा अवश्य पनि उसलाई खिन्नता पैदा हुन्छ तर जुन मानिसले सपना देख्दैन, त्यो मानिस मानिस नै रहँदैन ।
चिन्तनराज – (सहमतिको भावमा) हो ठीक हो । जसले जुन सपना देखेर आफ्नो सुन्दर जीवनको परिकल्पना गर्दछ, त्यही सपनाको मृत्यु हुँदा उसलाई धेरै ठूलो पीडा हुन्छ । सिङ्गो संसार परिवर्तन गर्ने सपना, जनताको राज्यसत्ता प्राप्त गर्ने सपनालाई हामीले मूल लक्ष्य बनाइरहनुपर्छ । यसलाई हामीले आफ्नो सैद्धान्तिक प्रतिबद्धताको रूपमा गहिरो गरी आत्मसात् गर्नुपर्छ जो आफ्नो सैद्धान्तिक प्रतिबद्धताबाट च्युत हुन्छ, उसको पतनको आरम्भ पनि त्यहीँबाट हुन्छ ।
सभासद् – (सहमतिमा) हो हामीलाई बुर्जुवावर्गको अधिनायकत्व स्वीकार्य छैन । हामी सर्वहारावर्गको अधिनायकत्व चाहन्छौँ । सगरमाथा चढ्ने रणनीति बनाएर कचेनाकलनतिरको कार्यनीति अवलम्बन गर्ने कुरामा हामी कदापि सहमत छैनौँ । हाम्रो सपना सामन्तवाद, साम्राज्यवाद र विस्तारवादलाई ध्वस्त गरी नेपालमा क्रान्ति पूरा गर्नु हो । हामी फेरि संसार हल्लाइदिने क्रान्तिकारी विद्रोह चाहन्छौँ । हामी विजय चाहन्छौँ मात्र विजय, पराजय होइन ।
चिन्तनराज – (खुसी हुँदै) तपाईंले ठिक भन्नु भो सभासद् जी । हामी सबैको सपना यही हो । यो हाम्रो साझा सपना हो ।
सभासद् – (दृढतापूर्वक) हो । हाम्रो पार्टी नेपालमा मौलिक ढङ्गले क्रान्तिलाई पूर्णता दिन अग्रसर छ । आज संसारभरका क्रान्तिकारीहरूले हाम्रो देशतिर हेरिरहेका छन् । उनीहरूले सगरमाथाको शिखरमा क्रान्तिको विजय झन्डा फहराएको देख्न चाहिरहेका छन् जुन हाम्रो मुख्य सपना हो ।
चिन्तनराज – (उत्साहित हुँदै) हो ठिक हो, हाम्रो सपना मरेको छैन । हाम्रो सपना म¥यो भने त्यो निकै खतरनाक हुन्छ । यही प्रसङ्गमा कवि अवतारसिंह पासको एउटा कवितांश सुनाउन चाहन्छु ः
सबभन्दा खतरनाक हुन्छ
मूर्दा शान्तिले भरिनु
छटपटी नहुनु
घरबाट काममा जानु र
कामबाट सिधै घर फर्किनु
सबैभन्दो खतरनाक हुन्छ
हाम्रा सपनाहरूको मृत्यु हुनु ।
सपना – (अगाडि सरेर दृढतापूर्वक उभिँदै) ठीक हो अङ्कल । हाम्रा सपनाहरूको मृत्यु सबभन्दा बढी खतरनाक हुन्छ । हामीलाई हाम्रो सपनाको मृत्यु स्वीकार्य छैन । हाम्रा सपनाहरू मरिसकेका छैनन् । आज पनि उत्तिकै जीवन्त छन् । झन् शक्तिशाली बनेका छन् । महान् सहिदहरूका रगतले रक्तरञ्जित हाम्रो मातृभूमिमा ती महान् सहिदहरूका सपना साकार तुल्याउनु हाम्रो सपना हो । घाइते योद्धाहरू, बेपत्ता योद्धाहरूका सपनालार्ई विपनामा परिणत गर्नु हाम्रो सपना हो । लाखौँ करोडौँ श्रमजीवी जनताका मुक्तिकामी सपनाहरू पूरा गर्नु हाम्रो सपना हो । महान् मान्छेहरूका महान् सपना साकार तुल्याउने महान् अभियानमा हामी दृढतापूर्वक अघि बढ्नेछौँ । त्यो क्रान्ति पूरा गर्न सपना, समृद्ध नयाँ नेपाल बनाउने सपना, मेरा बाबाको सपना, मेरी आमाको सपना साकार पार्ने अभियानमा हामी निरन्तर निरन्तर अघि बढिरहनेछौँ । बाबाको यो रातो डायरी (देखाउँदै) यसको सपना हामी अवश्य पूरा गर्नेछौँ । हामी ती महान् सपनाहरूलार्ई पछ्याइरहनेछौँ … पछ्याइरहनेछौँ … । (निशान रातो झन्डा चारैजनालाई दिन्छ । एउटा आपूm पनि लिन्छ । क्रान्तिकारी आशावादले ओतप्रोत भएर सभासद्, चिन्तनराज, सपना, निशान र शान्ति सबैले एकैसाथ एक हातले रातो झन्डा र अर्को हात कसिलो मुट्ठीका साथ एकैसाथ अभिवादन र प्रतिवद्धता व्यक्त गर्छन् ।)
अन्तिम पर्दा ।
१ फागुन, २०६७