सधैं हिमाल झै अग्लिएको मान्छे
आज मैले होचो देखे
सधैं आडम्बरले हास्ने मान्छे
आज मैले रोएको देखे
सधैं चुरु,फुरू गर्ने मान्छे
आज पछरिएको  देखे
सधैं फलाम भन्दा दह्रो छू भन्ने मान्छे
आज मैले दोब्रिएको देखे
सधैं काल भन्दा  कठोर आफुलाइ संग्या दिने मान्छे
मैले नौनी झै पग्लिएको देखे
सधैं बलुवा भन्दा खस्रो मान्छे
आज मैले कपास जस्तै नरम देखे

हो ;बर्तमान र भूतलेमात्र जीवन धानिदैन
हो;रबाफ र फुर्ती गर्दा समय चिनेको ठानिदैन
हो;अहम र क्रुरता भिर्दा सफल मानिदैन

बुझ्नुपर्छ : अध्यारैमा  पनि रमाएको छा जून
खुट्याउनुपर्छ: उज्यालोमै पनि बिलाएकछन ताराहरू
मनन गर्नुपर्छ;रमाएरै बसेका छन् यस कल्याणी धर्तिमा सारा किट पतङ्ग र
जिब,बनस्पतीहरू
तसर्थ- मानिसको मानवता नै ठुलो अस्त्र हो
मानिसको नम्रभाब र सुझबुझ नै अब्बल शास्त्र हो
यसबाट मानिसलाई घाटा हुदैन
बरू प्रतिश्ठा र अंम्मरता दुवै बढ्छ। अस्तु:

बिबेक दुलाल छेत्री दमक
वास्तविक नाम:भनु भक्त दुलाल
दमक,झापा
हाल:अबुधाबि,यु ए ई।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *