(१)

लम्बिनु हुन्न

अझै बाचाको डोरी

कस्नु पो पर्छ .

(२)

ढुंगा बोल्दैन

मान्छे पनि बोल्दैन

कुकर्म बोल्छ .

(३)

सन्चो बिसन्चो

सोध्दैन कोहि अब

भित्तो छदैछ .

(४)

तिम्रो आदर्श

लेखनमा चिप्लियो

ग्रुप खडा भो .

(५)

उभिने अर्कै

उभ्याई दिने अर्कै

नक्कली पात्र .

अस्तु : बिबेक दुलाल क्षेत्री दमक बास्तबिक नाम :

भानु भक्त दुलाल दमक ,झापा हाल :अबुधाबी ,यु ए ई .

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *