यो नव वर्षको, शुभकामना छ है,

खुसी र हर्षको,शुभकामना छ है !

 

शान्ति र संबिधान,लडेरै ल्याउँला

सफल संघर्षको,शुभकामना छ है !

 

निकालौं साथी हो,निकास देशमा

उचित निष्कर्षको,शुभकामना छ है !

 

मिलौँ सबै जना,भातृत्व भावले

विचार विमर्शको,शुभकामना छ है !

 

अब वियोगको,झलक मेटियोस

मिलन स्पर्शको,शुभकामना छ है !

 

पुरानो नैकाप, काठमाडौँ

हाल :- रोचेस्टर,न्युयोर्क

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *