महगो क्षण

बित्छ हानथापमा

कस्तो फसाद

लेखिनै बाकि छन्

शान्ति संबिधान !

 

तिम्रो मुहार

मौन खुला आकाश

हेरी रहन्छु

घिर्णा नगरे कतै

मुर्ख सम्झी मलाई !

 

मेरो देशमा

बेमेल मात्र हुदा

बिकाश रुन्छ

तर ढिलै भए नि

नेपालीले हासुन !

 

यौबन रुप

झरना, खोला हैन

फेरी जिद्दी भो

अजम्बरी बन्नेको

हो त पानीको फोका !

 

यो जमानामा

अन्धबिस्वास बोकी

मान्छे हिड्दैछ

कुन युग, नियम ?

बोक्सी, बोक्सो अलाप्दै !

 

दमक, झापा

हाल : आबुधाबी, यू ए इ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *