बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी
जति दु:ख परे पनि नआत्तिनु साथी तिमी

 

राम्रा हुन्छन आफ्नै रीति,संस्कृति र परम्परा
बिदेशीको नक्कल गर्दै नपात्तिनु साथी तिमी
खप्नु पर्छ जिन्दगीमा कयौँ चोट र हण्डरहरू
काटिएको चङ्गा जस्तै नच्यातिनु साथी तिमी
क्षमाशीलता भन्दा ठूलो संसारमा केही छैन
रिसारिसले झोक्किएर नतात्तिनु साथी तिमी
सधैँ भरि मीठो हुन्छ सुमधुर र “कोमल”बाणी
सारगर्भित कुरा गर्नु नबात्तिनु साथी तिमी
पुरानो नैकाप, काठमाडौँ
हाल:-  न्युयोर्क, अमेरिका

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *