नवीन पौड्याल
दार्जीलिङ सरकारी महाविद्यालय
१।आमुख
मान्छे भ्रमणशील प्राणी हो। उ एउटै थलामा मात्र सन्तोक गरी बस्न सक्दैन। उ वल्लो डाँड़ादेखि पल्लो डाँड़ा घुम्ने इच्छा गर्छ। एउटा प्रान्तदेखि अर्को प्रान्त औ एउटा देशदेखि अर्को देश घुम्न चाहन्छ। मान्छेले ओड़ारदेखि आफ्नो भ्रमणशीलतालाई विकास गर्दै चन्द्रमासम्म पुगेको छ। यात्राको परिधि व्यापक र विस्तृत छ। यसले स्थानीय क्षेत्रदेखि लिएर अन्तरीक्ष यात्रासम्मको परिधि ओगटेको हुन्छ। पहाडका रम्यस्थलको लामो पदयात्रादेखि मोटर, बस, रेल, पानीजहाज, हवाईजहाज र अब ता रकेटसम्मलाई यात्राको वाहन बनाइएको हुन्छ। अब रकेटमा चडेर अन्तरीक्ष पर्यटनसम्म मान्छेले गरिसकेको छ। आफ्नै मुलुकको विहंगम भ्रमणदेखि विदेश यात्रासम्म हुन्छ। यात्राका रूप पनि धेरै किसिमका हुन्छन्। पदयात्रा, तीर्थयात्रा, शैक्षिक यात्रा, पर्यटन, साहित्यिक यात्रा, कुटनैतिक यात्रा, साहासिक यात्रा इत्यादि। यसैगरी यात्राको उद्देश्य पनि मूलतः पर्यटनीय र प्रयोजनीय गरी दुई प्रकारका हुन्छन्। यात्रा गरेर नै भास्को डि गामा, ड्रेक, कोलम्बस, मार्को पोलो, एमुण्डसेन, रोबर्ट पियरी इत्यादि जस्ता नाविक यात्रीहरूले संसारका विभिन्न प्रान्तहरूको परिचय गराइदिए। देश(विदेश भ्रमण पनि जीवनको एउटा अनिवार्य कर्तव्य हो। यसबाट प्राप्त हुने अनुभव र ज्ञान महत्वको कुरो हो। यस्तो अनुभव र ज्ञान कुनै पनि ग्रन्थ पढेर, सुनेर प्राप्त हुनसक्दैन। हाम्रो समाजमा अघि(अघि धार्मिक उद्देश्यले हाम्रो देशका विभिन्न प्रान्तका तीर्थस्थान जानेगर्थे। यस्तो तीर्थ( भ्रमण पनि देशाटन नै हो भने अहिलेका पुस्ता संसारका विभिन्न ठाउँ घुमेर, धन कमाएर, पढ़ेर आँउछन्। कतिपय देशले त विदेश भ्रमणलाई अधिक महत्व दिएर आफ्ना जनतालाई सहुलियतादि दिने गर्छन्।
२। नियात्रारयात्रासाहित्यको परिचय र परिभाषा
साहित्यका विभिन्न विधा–उपविधा हुन्छन्। निबन्ध विधाको एउटा उपविधाको रूपमा नियात्रा साहित्यलाई लिन सकिन्छ। धेरैजसो लेखकहरूले नियात्रा र यात्रासाहित्यलाई सराबरी चलाएका छन्। निबन्ध शैलीमा रहेकै व्यक्तिपरकता, स्वच्छन्दता र आत्मीयता आदि गुण य़ात्रासाहित्यमा पाइन्छ। यद्यपि भ्रमणव़ृतान्त भएको साहित्यलाई नियात्रा भनिने चलनमा आएको छ। यसैलाई यात्रासाहित्य, यात्रावर्णन, यात्रानिबन्ध, यात्राविवरण, यात्रावृतान्त र यात्रासंस्मरण, भ्रमणसंस्मरण, पनि भनिन्छन्। यद्यपि नियात्रा, यात्रा(संस्मरण र यात्रानिबन्धलाई यसकै पर्यायका रूपमा देखिन्छन् तापनि कतिपय लेखकले यी तीनवटालाई भिन्नाभिन्नै रूपमा देखाएका छऩ्।
यीनैवटामा यात्राशील गतिमयता, निजात्मक संवेद्यता, सूचनात्मकता त चिन्तनशीलता आदि गुणहरूको समायोजन रहे पनि नियात्रामा निजात्मकता, यात्रा(संस्मरणमा स्मृतिमयता र यात्रा(निबन्धमा नैबन्धिकताको विशेष गुण अपेक्षित देखिन्छ।१। यात्राका विवरण क्रममा निजामक अनुभूतिको पनि अभिव्यक्ति भएको नियात्रा हो। यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्धलाई नियात्रा भनिन्छ।२ कुनै भूखण्डको स्थूल रूप, लोकजीवन, रीति परम्परा आदिसँग साक्षात्कार गरी त्यस विषयको अनुभव र ज्ञानलाई प्रस्तुत गर्ने हेतूले तथ्य र भावनासँग संयोजन गर्ने गद्यरचनालाई यात्रासाहित्य भनिन्छ।३ नियात्रा शब्दले यात्राको निश्चितता प्रति जोड दिएको छ। विशेष गरेर यात्रा विवरणलाई समेटेर एउटै धरातलमा उभ्याई समष्टिगत रूपमा अभिव्यक्त गर्ने निश्चित विधाका रूपमा नियात्रालाई पनि लिने गरिन्छ। अथवा यात्राका अवसरमा देखे(भोगेका र अनुभव गरेका विविध घटना(विवरणलाई ध्यानमा राखी लेखिने निबन्धलाई नियात्रा भनिन्छ।४ यात्रालाई विषय बनाएर लेखिएको निबन्धलाई नियात्रा भनिन्छ। यो स्थानप्रधान र समयप्रधान हुन्छ।५ व्यक्ति प्रतिभालाई प्रस्फुटन गराउने तीनवटा कारण हुन्छन् प्रेरणाकारण,निमित्तिकारण र उपादानकारण। यीमध्ये लेखकसँग प्रतिभा र क्षमता छ तर त्यो कुनै दृश्य वा घटनाबाट मात्र प्रस्फुटनमा यात्राले निमित्तकारणको काम गर्दछ। त्यसैले यात्रासाहित्यको निम्ति यात्राको विशेष महत्त्व रहन्छ।६
यात्रासाहित्यलाई इतिहासको एउटा प्रामाणिक स्रोतका रूपमा पनि लिने गरिन्छ। चिनीयाँ पदयात्री ह्येन सांग र फाहियान, ग्रीकेली यात्री मेगास्थानिसको भारत भ्रमणलाई भारतीय इतिहासमा ठुलो महत्त्व प्राप्त छ। यिनीहरूले लेखेका यात्राविवरणमा प्राचीन र मध्यकालीन भारतको राजनैतिक, सामाजिक, आर्थिक व्यवस्थाको विवरण पाइन्छ। अहिलेसम्ममा विश्वमा यात्रासाहित्यको अगाध भण्डार थुप्रिएको छ। संस्कृत, चिनीयाँ, जापानी, मिश्री, युनानी, ल्याटिन तथा अन्य भाषामा यसको अत्यन्त गरिमामय स्थान छ।७।
यात्रासाहित्यलाई वर्गीकरण गरी प्रथमपल्ट नियात्राको नामकरण गर्ने बालकृष्ण पोखरेल हुन्। प्रथमपल्ट उनले तारानाथ शर्माको यात्रा लेखहरूको संकलन बेलायततिर बरालिँदालाई नियात्रा भनेका छन्। उनका अनुसार सामान्य यात्रालेखमा ती(ती ठाउँको सामान्य वर्णन मात्र हुन्छ तर भ्रमणको सत्यतासित रमरम् आनन्दबाट मुछिएको छ भने
१। कपिल अज्ञात,नेपाली यात्रासाहित्य उद्भव र विकास,समकालीन साहित्य९य़ात्रा संस्मरण विशेषाङ्क, २०५८ पृष्ठ २१०
२ बालकृष्ण पोखरेल ९नि।० नेपाली बृहत शब्दकोश, पाँ।सं,२०६०, ६९२।
३। दयाराम श्रेष्ठ र मोहनराज शर्मा, नेपाली साहित्यको संक्षिप्त इतिहास, चौ।सं, २०४९।
४ भानु घिमिरे, नेपाली यात्रा(निबन्धमा देखा परेका प्रमुख मोड र प्रवृत्ति, समकालीन साहित्य,पूर्णाङ्क ४१,२०५८,पृष्ठ २०२।
५।मोहनराज शर्मा,समकालीन साहित्य।सिद्धान्त र प्रयोग, पृ।ष्ठ ५१२
६ कपिल अज्ञात,नेपाली यात्रासाहित्य उद्भव र विकास,समकालीन साहित्य९य़ात्रा संस्मरण विशेषाङ्क, २०५८ पृष्ठ २०९
७। मोहन सिटौला, य़ात्रासाहित्य र घनश्याम राजकर्निकारका यात्रावृतान्त, सुनकोसी, अङ्क १, २०५१,सम्पा। कृष्णप्रसाद पराजुली, पृ ८४।
चाँहि नियात्रा हुन्छ। नियात्राको यात्रा लेखसँग त्यही साइनो छ जुन साइनो विवरण तथा निबन्धको क्रमैले विवरण र प्रबन्धसित छ।८ निजात्मक यात्रानुभूति शब्दबाट निजात्मक शब्दबाट ‘नि’ उपसर्ग थपिएर नियात्रा भनिएको हुनसक्छ। यद्यपि यात्रा( अनुभूति निजात्मक नै हुन्छ। अब त यस्तो नि उपसर्ग लगाएर निसंस्मरण, निवार्ता जस्ता नयाँ नयाँ शब्द प्रयोग देखिन्छ जो अनावश्यक पनि लाग्दछ।
यात्रासाहित्यमा नयाँ नयाँ ठाउँका प्रकृति र संस्कृतिका मनःस्थिति र परिस्थितिगत आत्मपरकता, वर्णनात्मकता विवरण वा वस्तुगत समीक्षात्मक एवं तुलनात्मक अध्ययनहरू प्रस्तुत गरिएका हुन्छन्।९ यात्रा गर्दाका लेखकले आफुलाई मात्र नभई पाठकसमक्ष पनि पस्किदिएर लाभान्वित बनाउँछन्। पाठकले पनि केही मात्रामा भए पनि निबन्धमा वर्णित ठाउँ र अनुभवबारे जानकारी पाउँछन्। यात्रा नै अनुभव र ज्ञानको अजस्र स्रोत हो। मानिसमा कौतूहल र जिज्ञासा जस्ता मनोवृत्ति हुन्छन् र यीनै मनोवृत्तिले मानिसलाई नयाँ नयाँ ठाउँ घुम्न, अविदितको यात्रा गर्न उत्प्रेरित गर्दछ। यात्रामा देशा(देशान्तरको देशाटनले तत्तत् ठाँउका बाह्य र आन्तरिक ज्ञान हासिल हुन्छ। यात्राबाटै उर्जा प्राप्त हुने हुँदा साधु, सन्त र साहित्यकार यात्राका भावनाले उत्प्रेरित हुन्छन्। नियात्रामा चाँहि हृदयका भावना त्यसमा बढी मिसिएका हुन्छन्। यसमा गतिमयता, वस्तुपरकता,
तात्कलिकता सूचनात्मकता, यथार्थता, स्थूलता, निजात्मकता, चिन्तनशीलता आदि हुन्छन्।
संक्षिप्तमा नियात्रा साहित्यबाट पाठकले प्राप्त गर्ने मुख्य उपलब्धिहरू(
क० यसबाट तत्तत् ठाउँको विभिन्न जानकारी हासिल गर्नसक्छ।
ख० यसमा सत्यतासँग लेखकीय आनन्दानुभूतिसँग आत्मसात गर्नसक्छ।
ग० ज्ञानको एउटा प्रमुख स्रोत देशाटन हो। यसबाट प्राप्त जानकारी प्राथमिक स्रोत हो।
घ० त्यस्तो साहित्य पढेर पाठकले आफ्नो देश र मुलुकबारे पनि अनुभूति गर्छ।
३। नेपाली नियात्रा साहित्यको कालविभाजन(
नेपाली नियात्रा साहित्यको कालविभाजन गर्ने क्रममा प्रमोद प्रधानले तीन चरणमा विभाजन गरेका छन्१०(
क० प्रारम्भिक वा पहिलो चरण ९वि सं १९१० भन्दाअघि०
ख० विकासशील वा दोस्रो चरण ९वि सं १९१०( वि सं २००९ सम्म०
ग० आधुनिक वा तेस्रो चरण ९वि सं २०१० देखि यता०
८। बालकृष्ण पोखरेल, यो नियात्राबारे, तानासर्मा, बेलायततिर बरालिँदा,काठ।साझा प्र।चौ।सं।२०५०,पृष्ठ ख।
९।मोहन सिटौला, पूर्ववत्, ८५।
१०।प्रमोद प्रधान, नेपाली यात्रासाहित्य स् विकास र प्रवृत्ति, समकालीन साहित्य, अङ्क ५८, २०६२, नेराप्रप्र, पृष्ठ ९९।
समीक्षक कपिल अज्ञातले चाँहि नेपाली नियात्रालाई दुई चरणमा विभाजन गरेका छन्( उद्गमकाल ९सं १९१० देखि १९९९ सम्म र विकासकाल २००० देखि हालसम्म। उनले सं १९१० को जङ्गबहादुरको बेलायत यात्रदेखि नेपाली यात्रासाहित्यको पूर्णको बलियो प्रामाणिक आधार प्राप्त गरेको सं। २००० सालमा प्रकाशित महाकवि देवकोटाको पहाडी जीवन हो जो सिङ्गो यात्रा(संस्मरणमा आधारित रहेको निबन्ध हो।११
यसमा रहेको प्रथम चरणमा यस्तो साहित्य त्यति नदेखिएको भए तापनि राजा गगनीराजको यात्रालाई मूल आधार मानिएको छ। सं। १५५० तिरको राजा गगनीराजको यात्रा नै पहिलो उपलब्ध साहित्यिक कृति मानिन्छ।१२ यस चरणमा नियात्रा साहित्यको पृष्ठभूमि मानिन्छ। वि।सं। १९१० को जङगबहादुरको बेलायत यात्रादेखि दोस्रो चरण मानिन्छ। यस चरणका नियात्रा कृतिहरूमा राजकीय कामका लागि शासकहरूले यात्रा गर्ने गरेका र यात्रा प्रसङ्गसँग सम्बन्धित विषय र अनुभवलाई यात्रा दलका कर्मचारीहरूलाई लेखाउने गरेको पाइन्छ। शासकहरूबाहेक विदेशी सेनामा काम गर्न गएका र तीर्थ यात्राका क्रममा भएका भ्रमणहरूका आधारमा लेखिएका केही कृति देखा परेका छन्। यस चरणका केही नियात्रापरक कृतिहरूमा जङगबहादुरको बेलायत यात्रा, चिरञ्जीवी पौड्यालको आफ्नु कथा, रणसूर लिम्बूको बर्माको सम्झना, राममणि आदीको यात्रासंस्मरण, पतञ्जली गजुरेलको तीर्थावली, शेरसिंह रानाको मेरो लण्डन राजतिलक यात्रा इत्यादि। यस कालमा अनेक कृति र लेख नियात्रा साहित्यको रूपमा देखा परेका छन्। यस चरणमा नै नेपाली नियात्रा साहित्य लेखनका क्रममा धेरै विकास गरेको, साहित्यिक मूल्यवत्ता ग्रहण गरेको, सौन्दर्ययुक्त लेखन र लेखकको भावावेग र अनुभूतिका कारण पनि उल्लेखलीय हुनपुगेको छ। तेस्रो चरणको शुरूवात् वि सं २०१० को लैनसिंह बाङदेलले प्रगति पत्रिकामा धारावहिक रूपमा प्रकाशित युरोप भ्रमणको वृतान्तबाट भएको हो। तिनै लेखहरूको संकलन युरोपको चिठी ९वि सं २०१४० हो। यस चरणमा असंख्यौं भ्रमण वृतान्त लेख र लेखकहरू देखा परेका छन्। नेपाली नियात्रा साहित्यलाई उत्कर्षमा पुर्‍याउने श्रेय तारानाथ शर्मालाई जान्छ। उनको बेलायततिर बरालिँदा ९वि सं २०२६० पुस्तकले मदन पुरस्कारसम्म पाएको हो। उनीबाहेक केदारमणि आदी, यादव खरेल, रमेश विकल, मञ्जुल, घनश्याम राजकर्णिकार, गंगा उप्रेती, गोविन्द वर्तमान, जय छाङछा, पूर्णप्रकाश यात्री, प्रकाश ए राज,

११। कपिल अज्ञात, पूर्ववत्, पृष्ठ २१२(२१३
१२। भानु घिमिरे, पूर्ववत्, पृष्ठ २०५।

युवराज नयाँघरे, विजय चालिसे, इशान गौतम, बुलु मुकारूङ, भीष्म उप्रेती, प्रदीप नेपाल दामोदर पुडासैनी, इल्या भट्टारई, जीवनाथ धमला, गणेश राई, राजेन्द्र अर्याल, दयाकृष्ण राई, सञ्जू बजगाँईं, चन्द्रप्रकाश भट्टराई आदि अनेकौं नाम आउँदछन्। यस चरणमा नियात्रा साहित्यले पूर्ण विकास गरेको छ।

४।सलोन कार्थकको कृतित्व –
उनको जन्म दार्जीलिङको रिम्बिकमा सन् १९४६। मा भएको हो। यद्यपि उनको मूल थलो कालिम्पोङको बमबस्ती हो। उनको बाल्यकाल र शिक्षा(दीक्षा भने कालिम्पोङमै भएको हो। अध्ययनक्रममा उनले नेपाली विषयमा स्नातकोत्तर समाप्त गरेका छन्। उनी विद्यार्थी कालमा नै विभिन्न साहित्यिक गतिविधिमा सक्रिय थिए। सन् साठीको दशकको पछिल्ला वर्ष तथा सत्तरको दशकतिर कालिम्पोङको बमबस्तीमा झऱना नाट्य टोली खोली विभिन्न अनुष्ठानमा नाटक अभिनय गर्थे। गाउँका केही जागरूक युवाहरू लक्ष्मीप्रसाद शर्मा हुमागाईँ, छत्र घिसिङ, दान कार्थक, जेम्स कार्थक, डेनिस कार्थक, रोलेन्ड कार्थक, पासाङ दोर्जे तामाङ, दावा घिसिङ आदि मिली कविता गोष्ठी, नाटक प्रदर्शन आदि गर्थे। सन् १९६८(६९ सालतिर छ(सात जनाको जागरूक युवा टोली मिलेर झरना पत्रिका दुई(तीन अङ्कसम्म सञ्चालन गरेका थिए। यसमा श्री कार्थक सम्पादक मण्डलीका सदस्य थिए। गाउँमा आयोजना हुने कृषि(मेलामा नाटकहरू प्रदर्शन गर्ने गर्थे। उनीहरूले यस्ता विभिन्न अवसरमा गाउँ(घर र विद्यालयमा लगभग दसवटा जति नाटक मञ्चन गरेका थिए। त्यसमध्ये ‘धरतीको ऋण’ भन्ने नाटक भने निकै लोकप्रिय भएको थियो। उनीहरूको टोलीलाई गाउँकै गंगाराम पौडेलले पुस्तक( पत्रिका प्रकाशन लगायत अन्य सबै साहित्यिक कार्य सञ्चालन गर्न आर्थिक मद्दत गर्थे।१३
पेशाले उनी चर्च सेवामा संलग्न छन् भने उनी एक सफल साहित्यकार हुन्। अतः साहित्यकारका रूपमा उनका विशेषगरी एक प्रखर नियात्राकार हुन् भने एक कथाकार पनि हुन्। उनी साहित्यका एक मौन साधक हुन्। उनका प्रकाशित साहित्यिक पुस्तकमा विदेशतिर रिङ्दै जाँदा ९ सन् १९९१, नियात्रा०, हस्तान्तरण ९कथासङ्ग्रह०, पादरी गंगाप्रसाद प्रधानको जीवन बखान ९जीवनीपरक र साहित्येतिहासमूलक०, पदयात्रा गाउँको फन्को विदेशको९नियात्रा०, विदेश(एउटा पल्ले गाउँ ९प्रकाशोन्मुख०।१४ माथिका सूचीबाट हेर्दा मात्र पनि उनको साहित्यिक ब्यक्तित्वलाई तीन भागमा बाँडेर हेर्न सकिन्छ( नियात्राकार, कथाकार र एक जीवनीकार मुख्यगरी हुन् भने साहित्येतिहासकार, कवि र निबन्धकार पनि हुन्। इसाई साहित्यमा उनको ठुलो स्थान छ तर यहाँ यो पक्ष चर्चा गर्नु मनासीब छैन।
१३। लेखक स्वयंबाट मौखिक रूपमा प्राप्त जानकारीअनुसार।
१४। लेखक स्वयंबाट मौखिक रूपमा प्राप्त जानकारीअनुसार।
५। साहित्यकारका रूपमा सलोन कार्थक( सलोन कार्थक एक साहित्य सर्जक हुन। सर्जकका रूपमा उनी नियात्राकार, कथाकार, कवि हुन। उनी मूल रूपमा नियात्राकार हुन् भने कथाकार पनि हुन्। उनले कविता पनि थोरै मात्रामा लेखेका छन्। उनको कवितासंग्रह नभए तापनि बेला बेलामा विभिन्न पत्र(पत्रिकामा कविता प्रकाशित भएका छन्।

५।१ कथाकारको रूपमा( सलोन कार्थक एकजना कथाकार पनि हुन् यद्यपि कथाकारका रूपमा उनको उचित मूल्याङ्कन हुनसकेको देखिन्न। उनका कथाहरू पनि आफ्नै वैशिष्ट्यका छन्। उनको एउटा कथासंग्रह हस्तान्तरण प्रकाशित भएको देखिन्छ। यस सङ्ग्रहमा जम्मा सत्रवटा कथाहरू सङग्रहीत छन्। उनले आफ्नै वरिवरिका साना ठुला घटना, गाँउघरका सामान्य घटनाहरू जोडेर कथा बुनेका हुन्छन्। उनका पात्रहरू विभिन्न मनोदशामा लपेटिएका छन्। उनका कथामा कथावस्तुगत संयोजनमा सचेतता देखिन्छ। संग्रहको पहिलो कथा हस्तान्तरणमा मनुष्य र प्रकृतिको तादात्म्य र अन्योन्याश्रित सम्बन्ध केलाइएको छ। क्याटिस बोकेर निर्दोष चरा मार्ने प्रवृत्ति मान्छेले पालेको छ। संग्रहमा रहेका कथाहरू सामाजिक यथार्थवादमा अड़ेका छन् भने कतै स्वच्छन्दतावादी प्रवृत्ति पनि पाइन्छन्। समाजभित्रका दृश्य(अदृश्य घटना, सन्दर्भ, ख्याल नगरिएका पक्ष र प्रसङ्ग आदिलाई कथाको विषययस्तु बनाएका छन्। उनका कथामा प्रेमका विभिन्न रूप देखिन्छन्। मानिसका अत्यन्त मार्मिक र दयनीय अवस्थादेखि मानवता, जातीय चेतना, स्थानीय चेतना, कतै नियात्राकै कथात्मक रूप जस्ता वस्तुलाई उनले कथामा विषयवस्तु बनाएका छन्। यद्यपि उनको कथाकारिताबारे छुट्टै रूपमा अध्ययन गर्नुपर्ने देखिन्छ।

५।२। नियात्राकारका रूपमा( सलोन कार्थकको मूल साहित्यिक व्यक्तित्व नै नियात्राकार हो। नियात्रा साहित्यमा हुनपर्ने भ्रमण संस्मरण, निजात्मकता, कथात्मकता, रमरम आनन्दबाट मुछिएको, यात्रासँग सम्बद्ध सूचना, यात्राका विषय र घटनाक्रम सँगसँगै लेखकको अनुभव आदिको मनोरम प्रस्तुति आदि सबै उनका नियात्रा साहित्यमा पाइन्छन्। यसबारे विस्तृत चर्चा गरिन्छ। उनका नियात्रामा गतिशीलता, स्थानीयता, तथ्यात्मकता, निजात्मकता,आत्मबीयता, कल्पनाप्रवणता, चित्रात्मकता आदि जस्ता गुण पाइन्छन्।

५।२। जीवनीपरक समालोचकका रूपमा( सलोन कार्थकलाई एक कुशल जीवनीपरक समालोचकका रूपमा पनि चिनिन्छ। उनले सम्पादन र समालोचना गरेको पुस्तक गंगाप्रसाद प्रधानको जीवन बखान नेपाली भाषा र साहित्यका अन्वेषक र जिज्ञासुहरूका निम्ति अत्यन्त उपयोगी छ। उनले पादरीको जीवनी, कृतित्व र व्यक्तित्व विषयमा पुस्तक प्रकाशन गरेर पादरीसम्बन्धी अध्ययनको ढोका खोलेका हुन्। ‘भारतमा नेपाली भाषा एवम् भाषाशिक्षणको विकास कार्यका आदि पुरोधा पादरी गङ्गाप्रसाद प्रधानको व्यक्तित्व र कृतित्वबारे खोजी र अध्ययन गरी उनका योगदानको पुनर्मूल्य़ाङ्कनका लागि आधारभूत सामग्रीहरू उपलब्ध गराउने दिशातर्फ पनि सलोन कार्थकको योगदान महत्त्वपूर्ण छ।’
यसमा श्री कार्थकले पादरीको जीवनी, व्यक्तित्व, कृतित्व, तत्कालीन दार्जीलिङे समाज, पादरीका कृतिहरूको संकलन, सम्पादन र समीक्षण गरिएको छ। यस पुस्तककै आधारमा भन्नुपर्दा सलोन कार्थक एक जीवनीपरक, इतिहासपरक र कृतिपरक समालोचकका साथै एक अनुसन्धाताका रूपमा पनि देखा पर्छन्।
५।३।सम्पादकका रूपमा( सलोन कार्थकलाई सम्पादकका रूपमा पनि देखिन्छ। उनले पादरी गंगाप्रसाद प्रधानका कृतिहरूलाई सम्पादन गरेको कुरो उल्लेख भइसकेको छ। यसैगरी उनले सम्पादन गरेको समुद्रवारि(समुद्रपारि ९१९८६० नामक नियात्रा संकलन पनि आफ्नै किसिमको पहिलो र एक महत्वपूर्ण नेपाली पुस्तक हो। यसमा पाँचजना लेखकहरूले स्वदेश(विदेश भ्रमणका विवरण प्रस्तुत गरेका छन्। यद्यपि यसमा सम्पादकमा नै नियात्राबारे सचेतता देखिन्छ।
६। भारतमा नेपाली नियात्रा साहित्य र सलोन कार्थक( भारतीय नेपाली नियात्रा साहित्यको परिप्रेक्ष्यमा भाक्सूका शेरसिंह रानामगरको सन् १९१३ मा प्रकाशित ‘मेरो लंदन राजतिलक यात्रा’ पहिलो प्रकाशित पुस्तक हो। उनी १्४ गोर्खा राइफल्समा हुँदा सन् १९११ मा पञ्चम जर्जको राजतिलक समारोहमा ब्रिटिस सरकारको निम्तोमा लन्डन पुगेका थिए। त्यहाँको हरेक दृश्य(परिदृश्यको विवरण डायरीमा टिपेर पुस्तकाकार रूप दिएका हुन्। उनले उक्त पुस्तकमा लन्डनको प्रकृति र जलवायु, अँग्रेजहरूको रहन(सहन, आर्थिक उन्नति र अन्य गतिविधिको विवरण प्रस्तुत गरेका छन्। यसपछि पादरी गंगाप्रसाद प्रधानको सम्पादनमा निस्कने मासिक गोर्ख खबर कागतको सन् १९३० सालको जनवरी,फरवरी र मार्च महिनाका तीन अङ्कमा ब्च्ए को नाममा एउटा यात्रापरक लेख स्कटलेण्डको बखान धारावाहिक रूपमा प्रकाशित भएको देखिन्छ। पादरी गंगाप्रसाद प्रधानबारे शोध(अध्ययन गर्ने सलोन कार्थकका अनुसार उक्त ब्च्ए ले सम्पादक प्रधानलाई आफ्नो स्कटलेण्ड यात्रा गोर्खे खबर कागतमा प्रकाशित गरिदिनु होला भनी निवेदन(पत्र लेखेको छ। यसमा सन् १९२९ सालमा दार्जीलिङदेखि कलकत्ता, त्यहाँबाट बम्बई अनि जोर्डन देश हुँदै, स्वेस केनल पार गर्दै स्कटल्याण्ड पुगेको र त्यहाँ पनि विभिन्न दृश्य(दृश्यावलीको वर्णन गरिएको छ। ती ब्च्ए अरू कोही नभएर पादरी गंगाप्रसाद प्रधानकै सुपुत्री एग्नेस राजमति प्रधान हुनसक्छ। यद्यपि उक्त प्रेषण(पत्रमा सम्पादकलाई परिवारको सदस्य नभइ तटस्थ रूपमा लेखिएको पाइन्छ। यस हिसाबले नेपाली साहित्यमा नै प्रथम नारी यात्रासाहित्यकार राजमति प्रधान हुन्।१६ फूटकर रूपमा
१५।डा घनश्याम नेपाल, नेपाली साहित्यको परिचयात्मक इतिहास, सं। एवं परि। सं,२००९,पृष्ठ २६००।
१६। सलोन कार्थकबाट प्राप्त जानकारीअनुसार।
यात्रा विवरण त अनगन्ती छन् तर पुस्तकाकार रूपमा भने थोरै छन्। दिलबहादुर नेवारको य़ात्रा(संकलन, लैनसिँह बाङदेलका यूरोपको चिट्ठी, स्पेनको सम्झना, प्यारिसको एउटा फुल र रोमको एउटा काँडा, डा शान्ति छेत्रीको मेरो यूरोप यात्रा, र अरब सागरको सूर्यास्त, के पी मल्लको गाउँ(घर देश परदेश, कुमार घिसिङको दुनघाटी नालापानी ९१९८२०, सलोन कार्थकका समुद्रवारि( समुद्रपारि ९सम्पादित०, विदेशतिर रिङ्दै जाँदा, पदयात्रा गाँउको फन्को विदेशको, कविता सुब्बाको शैक्षिक भ्रमण र संस्मरण ९सन् २००६०, सानु लामाको आँगन परतिर ९सन् २००२०, जयनारायण लुँइटेलको दुबइ हुँदै अमेरिकासम्म ९सन् २००१०, चन्द्रकुमार राईको यात्रा(संस्मरण ९सन् २०१००, एम पथिकको पथिकका पाइलाहरू ९२०१३० आदि पुस्तक हामीसित छन्।
सलोन कार्थकको खास व्यक्तित्व नै नियात्राकार हो। उनलाई नेपाली साहित्यका एक सफल र उच्च कोटिका नियात्राकार मान्न सकिन्छ। ऩियात्रा साहित्यमा हुनुपर्ने भ्रमण संस्मरणभित्र वैयक्तिक अनुभूति, पाठकसित भावनात्मक सम्बन्ध, आनन्दानुभूति, सत्यतासँग अनुभूतिको प्रकटीकरण, कथात्मक ढाँचाको अभिमुखीकरण, कता(कता संवादको प्रयोग, कता(कता परिहास,एकालाप, आदि जस्ता गुणहरू उल्लेखनीय छन्। सर्वप्रथम उनीद्वारा सम्पादित समुद्रवारि(समुद्रपारि नामक नियात्रा संकलन प्रस्तुत छ। यस संग्रहमा आफ्नालगायत अन्य पाँचजना लेखकहरूका स्वदेश र विदेश भ्रमणका नौवटा रोचक एवं संस्मरणात्मक विवरण संग्रहीत छन्।
विदेशतिर रिङ्दै जाँदामा उनले विदेशका विभिन्न शहर ग¬¬¬¬¬¬¬¬¬¬¬¬ई त्यहाँ अनुभव गरेका यात्रा विवरण प्रस्तुत गरेका छन्। यसमा नौवटा नियात्रा लेखहरू संकलित छन्। यसमा चारवटा लेखहरू अमेरिका, तीनवटा दक्षिण कोरिया एउटा सिङ्गापुर र एउटा लेख बङ्लादेश भ्रमणसित सम्बन्धित छन्। अमेरिकाका अनेक पक्षमा लेखकको ध्यान गएको देखिन्छ। त्यहाँका लस एञ्जेलस, लैन्कास्टर, न्यूयोर्क,क्यालिफोर्निया, हलिउड आदि शहरका अनेक पक्षहरूको वर्णन–विवरण पाइन्छ। यसैगरी सिङ्गापुर, सिओल र ढाका शहरको वर्णन पाइन्छ। अमेरिकाका राम्रा र सकारात्मक पक्षमा होइन नराम्रा र नकारात्मक पक्षहरू पनि केलाएका छन्। अमेरिकाको उच्चस्तरीय शहरी व्यवस्थापन, विज्ञान प्रौद्योगिकीको चमत्कारिक परिदृश्य, त्यहाँका मानिसहरूको प्रकृति प्रेम, सौन्दर्यप्रेम, घर(घरको सौन्दर्य, अतिथि सत्कार, मानिसहरूको सौजन्य, पशु प्रेम, समयको सदुपयोगलगायत गुडाएर आफ्नो इच्छामुताविक टाडा(टाडासम्म लान सकिने कुरा जस्ता अनेक रमाइला कुरा पाइन्छ। त्यहाँको गरिबी, घरबारविहीन मानिसहरूको अवस्था, खुल्ला यौन बजार, यौनविकृति जस्ता कुरा पनि उल्लेख गरिएको छ। सोल शहरमा युवतीले शरीर मालिस गरेको रोमाञ्चक वर्णन पाइन्छ भने चिप्ले कीराको सुप खाँदा आफुलाई लागेको सिकसिको र सिरिङ्ग भएको अवस्थाको उल्लेख पाइन्छ।
पदयात्रा गाउँको फन्को विदेशको पुस्तकमा नियात्राका अझ मिठा अनुभव बाँडेका छन्। अघिल्लो संग्रहको तुलनामा यस संग्रहमा नियात्रापरक चेतना अझ विकसित भएको देखिन्छ। यसमा स्वदेश र विदेश भ्रमणका जम्मा उन्नाइसवटा संस्मरण संग्रहित छन्। यस पुस्तकको पहिलो अध्याय स्वच्छ मौसमको मोज पदयात्राको भोग र खोज मा लेखकले आफ्नो नेतृत्वमा आफ्ना ससाना छोरा(छोरी र अन्य गाउँका आफन्त केटाकेटी लिएर कालिम्पोङका सुदुर क्षेत्रतिर पर्ने लाप्चे गाउँहरूको पैदल यात्राको सुरम्य वर्णन छ। यसमा घमाइलो परिवेशमा कालिम्पोङको बमबस्तीबाट लगभग दस(बाह्र वर्षका केटा(केटीसँग रेलीको उकाली र ओरालीमा साइँसाइँ र सुइँसुइँ गर्दै, गीत गाउँदै, पहिलेका रमाइला संस्मरण सुनाउँदै हिडेको मनमोहक र लोभलाग्दो वर्णन छ। त्यसमा पौधाको महत्त्व, बोट(बिरूवाको कटनीलाई हत्याको संज्ञा दिएर ससाना बालक(बालिकालाई पर्यावरण चेतना दिएका छऩ्। समालबोङ, सिञ्जी, तयाङ, चारखोले, पेम्लिङ, गिदाङ, सर्योक्सा, रियोन हस्ती, कफेर, लोले गाउँको भ्रमण र सबुङ, दलपचन बीगा, निमबङ, डब्लीङ, पचोक, रम्बी, पाक्रेबम जस्ता लेप्चा गाँउको उल्लेख पाइन्छ। यसमा लेप्चा जातिका मौलिक परम्परा, लोकसंस्कृति, भाषा इत्यादि विलुप्त हुनलागेको अवस्थाबारे चिन्ता ब्यक्त गरिएको छ। ती लेप्चा गाउँमा शिक्षा र अन्य सरकारी सहुलियतको कमीबारे पनि चिन्ता व्यक्त गरिएको छ।
यस नियात्रा संकलनमा रहेका लेखहरू अमेरिका, जापान, थाइल्याण्ड, बेलायत आदि देशहरूको भौगोलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक पक्षहरूको चर्चा गरिएको छ। यसबाहेक यस संग्रहमा रहेका नियात्रापरक लेखहरूलाई तीनवटा प्रस्तुतिगत वर्गीकरण गर्नसक्छौँ– विभिन्न देशका स्थानहरूको स्थलगत जानकारी, जातीय सम्वेदना र अन्वेषण र वैयक्तिक अनुभूति। उनका नियात्राहरूमा म्यान्मालगायत भ्रमण गरेका कतिपय देशमा बसेका गोर्खाली मानिसहरूको अनेषण गरी त्यहाँको उनीहरूलाई विभिन्न दृष्टिकोणबाट अध्ययन र लेखकका वैयक्तिक अनुभूति र संवेदनालाई अभिव्यक्ति दिइएको छ।
जातीय संवेदन पक्षका आधारमा सलोन कार्थक अघि छन्। म्यानमार जाँदा उनी नेपाली गाउँ(घर घुमी(घुमी त्यहाँका नेपालीहरूका सुख(दुःखका भाव बुझ्छन् र उनीहरूको नेपालप्रेम, त्यहाँ दोस्रो स्तरीय नागरिक भएर बस्नुपरेको पीडालाई च्याप्पै समातेका छन्। उनी जहाँ गए पनि प्रायः नेपाली कै घरमा बसेर त्यहाँको मनोभावको अध्ययन गरेको छन्। सिङ्गापुरमा नेपाली बस्तीको खोजी गरेर त्यहाँका नेपाली(भाषी मानिसहरूको जनजीवनबारे चासो लिन्छन्। उनीहरूको इमानदारितामा गर्व गर्छन्।
प्रस्तुत पुस्तकमा म्यान्मा ९पहिलेको बर्मा० देश भ्रमणका तीनवटा संस्मरण छन्। यी तीनै डायस्पोरिक नेपाली साहित्यका हिसाबले महत्त्वपूर्ण छन्। ती तीनै लेखमा म्यान्मामा गोर्खाली जनजीवनको सर्वेक्षण गरिएको छ। त्यहाँ एकजना हेनरी पौसा भन्ने बर्मेली कचिन युवक छन् जो एउटा गोर्खालीको घरमा हुर्केको हुनाले नेपाली गीत लेख्छन्। उनका गीतमा बर्मामा गोर्खालीहरूको अवस्थालाई यथार्थ रूपमा झल्काएका छन्। जस्तै(
मेचिनामा गाई भैंसी पाल्नु नै दुःख भयो
तोरी बारी आलु बारी गर्नु नै दुःख भयो
ताँत लागी गोर्खाली विदेशमा कमाउन गयो।
नेपालदेखि पितापुर्खा बर्मासम्म आयो
बर्मादेखि नातानाति बैंकक जान थाल्यो।
बिहे गर्न घर बसाउन आफ्नो मनपरि छ
आमा बा, दाजु, भाइको सल्लाह अमान्य छ।
कतिको घर बिग्रेर गयो, कत्तिको पत्तो छैन
कसैले न खोजी गर्छ कसैलाई थाहा पनि छैन
चेलीबेटी गइसक्यो, विदेशमा, विचारै नगरी।।।१७।

त्यहाँको एउटा नेपाली गाँउमा धनमाया लिम्बुनी नेपाली लोकगीत गाउँछे जसमा म्यान्मामा बिताउनु पर्दाका आफ्नै पीडा व्यक्त भएको पाइन्छ। त्यसै गरी थानबहादुर थापा, कान्छी गुरूङनीहरू त्यहाँको स्थानीय मार्मिक नेपाली लोक गीत गाँउछन्। त्यहाका शंकर राई, नरबहादुर गुरूङ,गोपाल बहादुर राई, कान्छी गुरूङ, गोविन्द खालिङ राई, रामबहादुर थापा, गुरजित सिंह ९गोर्खाली गाउँमा बस्ने र नेपाली भाषा जान्ने सिख० कुमार लिम्बुहरूले लेखकलाई म्यान्माली गोर्खालीको सुख(दुःखको अवस्थाबारे जानकारी दिन्छन् जुन पढेर हामीलाई पनि सहानुभूति पलाउँछ। त्यहाँका गोऱ्खालीहरूको जीवन(चर्याबारे केही रोचक तथ्य पढ्दा हामी यताका पाठकलाई आश्चर्य पनि लाग्छ। त्यहाँका गोर्खालीलाई अब नेपाल अलग्गै बाबुको कहानी मात्र देश लाग्छ, त्यहाँ तिनीहरू दोस्रो दर्जाको नागरिक भएर बस्नपर्दाको पीडा थाहा पाइन्छ। त्यहाँका युवा पीँढी अब म्यान्मादेखि अझै पर बैंककतिर गई देह ब्यापारतिर लागेका छन। बर्मेली गोर्खाली मान्छेहरू आरा काट्दैनन्। डोको, नाम्लो, थुन्से, नाङ्लो कचिन जातिले बुनेको चलाउँछन्। कछुवाको शिकार गरी बजारमा बेच्छन्।
उनी क्यानाड़ामा दार्जीलिङकी करूणा राईलाई करूणा जैनका रूपमा देख्छन्। कालिम्पोङका छिरिङ, टासी र गान्तोकका तोप्गेलाई क्यानाड़ा र अमेरिकामा पाउँछन्। अमेरिकाका सियाटलको एउटा ठाउँमा कालिम्पोङका एक टासी भूटियाले एउटा टिबेटन होटल खोलेका ठन्। उनले नेपाली भाषा भुलेका छैनन्। कालिम्पोङबाट आएको भन्दा लेखक खुशीले गदगद् हुन्छन्। टासीले अमेरिकामा भौतिक सुख(सुबिधा पाए तापनि

१७।सलोन कार्थक,पदयात्रा गाउँको फन्को विदेशको, कालिम्पोङ,सरिकार प्रकाशन, २०००, पृष्ठ ६८।
आफ्ना आफन्त, साथी(संगीहरू, संस्कार र संस्कृति पाउँदैनन् र साह्रै खल्लो र निराश लागेको बताउँछन्। लेखकले नर्वेमा स्वर्ग झैं सुन्दर पाउँछन्। त्यस देशको क्षेत्रफल र जनसंख्याको हिसाब देखाउँदै त्यहाँ शान्ति, कलाप्रेम, संस्कृतिप्रेम आदिबारे बुझ्छन्। तुलनात्मक रूपमा युरोपेलीलगायत पश्चिमेली देशका मानिसहरू हाम्रो जस्तो विकासोन्मुख देशका मानिसहरूभन्दा भयावह, तनावग्रस्त, प्रेमरहित रहेको थाहा पाउँछन्। त्यताको विध्वस्त पारिवारिक जीवन र सभ्य भएर पनि असभ्य संस्कारको हावी भएको देख्छन्। नर्वे भ्रमणको विवरण तीनवटा छन्। त्यहाँको विकृत र विखण्डित पारिवारिक जीवनको यथार्थलाई लेखकले नजिकैबाट नियालेका छन्।
लेखकले घुमेका ठाउँहरूको भौतिक वस्तुहरूको मात्र वर्णन् नगरेर साहित्यिक यात्रा पनि गरेका छन्। युरोपियन शहरमा अवस्थित त्यहाँका साहित्यकारका समाधिस्थल, उनीहरूको निजी वस्तु, कृतिको पाण्डुलिपि, पढ़ने, लेख्ने कक्ष भएको घरलाई संग्हालय बनाएर त्यहाँ पर्यटक र अन्य दर्शकहरूको भीड लागेको देख्छन्। लण्डनमा जोन मिल्टन, चार्ल्स डिकेन्स, टमस हार्डी, नाटककार जर्ज बर्नार्ड शको म्युजियम घर जान्छन्। जोन बन्यानको म्युजियम घर जाँदा जोनका विश्वप्रसिद्ध पुस्तक पिल्ग्रिम्स प्रोसेसलगायत उनका सबै क़तिहरूको मूल पाण्डुलिपि देख्छन्। उक्त पिल्ग्रिम्स प्रोसेस कृति विश्वका लगभग दुईसय वटा भाषामा अनुवाद भएको र नेपाली भाषामा अनुवाद छ कि भनेर संग्रहालय प्रमुखलाई सोद्धा जम्मा चारवटा नेपाली अनुवाद र सन् १९५७ मा श्री र श्रीमती टी मनेनले अनुवाद गरी मणि प्रेस दार्जीलिङबाट मुद्रित जय यात्रा नामक एउटा पु्स्तक पाउँछन्। यो देख्दा लेखकलाई अति गर्व लाग्छ।
एडिनबरा घुम्दा कालिम्पोङका वीरेन्द्रकुमार रोङ्गोङको घरमा बस्छन्। न्यानो आतिथ्य पाउँछन्। एडिनबराको इतिहास र वर्तमान दुवै पक्षको अवलोकन गर्छन्। त्यहाँका राम्रा कुराबाहेक नराम्रा कुरा पनि लेखकले देख्छन्। त्यहाँका सडकहरूमा माग्ने, चोर्ने, लुट्ने, विकृत संस्कार पनि हुर्कदै गएको, प्रायः सबैले कालो लुगा मात्र लाउने चलन बसेको, घरबार नहुने मानिसहरूको संख्या बड़दै गएको, युवाहरू लागु औषधी र कुलतमा फँसेका कुरा देख्छन्। बेलायतभित्र पनि जातीय र प्रान्तीय तानातान, हानाहान, अन्तर्कलह र विरोधको संकेत पाउँछन्। संसारभरि राज गर्ने अँग्रेजहरू आफै भने टुक्रिने अवस्थामा छन्। स्कटल्याण्डले समेत स्वतञ्त्रताको निम्ति आन्दोलन गरेको कुरा उल्लेख छ। त्यस लेखमा रोङ्गोङसित हिँड्दा उनलाई कालिम्पोङ बजार, बमबस्ती र बाल्यकालको स्मरण हुन्छ। रोङगोङले पियानो बजाएर अम्बर गुरूङका गीतहरू गाएर सुनाउँछन्। त्यसैगरी उनले मादल बजाएर सत्तरीको दशकतिरको बमबस्ती, कालिम्पोङमा जन्मिएको एउटा लोकगीत पनि गाएर सुनाउँदा उनलाई नोस्टाल्जियाले समाउँछ।

७।सलोन कार्थकको नियात्रा साहित्य लेखनको मूल प्रवृति र मूल्याङ्कन(
७।१। आजसम्म प्रकाशित उनका दुईवटा नियात्राका पुस्तकहरूमा उनी एक प्रखर नियात्राकार हुन्। उनका नियात्रामा स्थलगत जानकारीका अतिरिक्त त्यहाँका विविध पक्षको वर्णन, आफ्ना अनुभूतिलाई पाठकसमक्ष पस्केका छन्।
७।२। सलोन कार्थक एक विशुद्ध साहित्यिक व्यक्ति हुनाले उनका नियात्रामा प्रशस्त मात्रामा साहित्यिकता झल्केको पाउँछौं।
७।३।उनका नियात्रामा आफुले देखे(भोगेका कुराहरूलाई रसात्मक, भावात्मक, चिन्तनशीलता, व्यञ्जना अभिव्यक्ति जस्ता साहित्यिक गुण पाउँछौं।
७।४। उनका नियात्रामा कथात्मकता, सूचनात्मकता, परिहासका एकाध प्रस्तुति, संक्षिप्तता आदि प्रवृत्ति पाइऩ्छ।
७।५। उनका भाषागत पक्ष विशेषगरी लिङ्ग, वचन र तिर्यक कारकको प्रयोगमा केही कमजोरी, कता कता स्थानादिको निस्तो वर्णन देखा परे पनि त्यस्ता कमजोरी अल्प मात्रामा छन्।
७।६। उनको यात्रागत उद्देश्य जुनसुकै भए पनि नियात्रा लेखनमा चाँहि उनी स्वच्छन्द यात्रीका रूपमा देखा पर्छन्। यसर्थ, उनका यात्रानिबन्धमा निजात्मक अनुभूतिको तीब्रता, प्राकृतिक सौन्दर्य वर्णनमा अभिरूचि, जस्ता तत्व पाइनाले उनको नियात्रा लेखनमा स्वच्छन्दतावादी प्रवृति नै मूल रूपमा मान्न सकिन्छ।
७।७। उनी जहाँ गए पनि आफ्नो थलो, भाषा, जाति, संस्कृति, संस्कार र स्वदेशप्रति रहेको मोहलाई ठाउँ(ठाउँमा अभिव्यक्त गरेका छन्। क्यानाड़ामा दार्जीलिङको चियाको कुरा गर्दा गर्व बोध गर्छन्। विदेश भ्रमण गर्दा लेखकले आफ्नो ठाउँ र बाल्यकाल सम्झन्छन्, खाना खाँदा आफुले पहिले खाएको सम्झन्छन्।
७।८। उनको भ्रमणमा विश्वप्रसिद्ध कवि, साहित्यकार, वैज्ञानिक, संगीतकार र कलाकारका घर, संग्रहालय, जन्मथलो र समाधि आदिको निरीक्षण गरेको पाइन्छ।
७।९। उनले विदेश भ्रमणबारे वर्णन गर्दा ती ठाउँका राम्रा राम्रा कुरा मात्र नभई नकारात्मक र दुर्बल पक्षबारे पनि उल्लेख गरेका छन्।
७।१०। नेपाली नियात्रा साहित्यमा सलोन कार्थक पनि एक उच्च दर्जाका नियात्राकार हुन्। उनलाई पनि अन्य नियात्राकारसरह उनको समुचित मूल्याङ्कन हुनुपर्दछ।
८। उपसंहार(
यस नियात्रामा नियात्राकारको वैयक्तिक अनुभूति, ज्ञान र अनुभवलाई पाठकसमक्ष इमानदारितासँग व्यक्त गरेको छन्। यसका प्राय लेखहरू छोटा(छरिता, सम्प्रेषित र रोचक ढङ्गमा अभिव्यक्त गरिएका छन्। किसिम(किसिमका खाना, मान्छेका शिष्टाचार, संस्कार र संस्कृति झल्काएका छन्। यसबाट पाठकलाई धेरै जानकारी, ज्ञान हासिल हुँदछ। एकजना साहित्यिक व्यक्तित्वले भ्रमण गर्नु र असाहित्यिक व्यक्तिले भ्रमण गर्नु आकास पातालको फरक हुन्छ। सलोन कार्थक जस्ता एकजना साहित्यिक चेतना भएका व्यक्तिले भ्रमण गर्नु हाम्रो निम्ति उपलब्धि सावित भएको छ। उनले आफ्नो नियात्रामा अनुभूतिप्रवण, व्यक्तित्वप्रधान र काव्यत्मक भाषामा प्रस्तुति दिएका छन्। उनी आफुमात्र यात्रा नगरेर पाठकलाई नै रोचक ढङ्गमा मानसिक भ्रमण गराएका छन्। म्यान्मा भ्रमणको बेला त्यहाँका गोर्खालीहरूको जनजीवन, सुकृति र विकृति, उनीहरूबाट सिर्जित नेपाली डायस्पोरिक साहित्य, कविता र गीतमा जातीय मर्मलाई हाम्रा लेखकले दर्शाएका छन्। उनी जहाँ गए पनि नेपाली समाजलाई खोजेका छन्, उनीहरूको सुख(दुःखबारे खोजी(निधी गरी हामीलाई कृतिभित्र बताएका छऩ्।उनले हामीलाई कृतिभित्र अमेरिका, सिङ्गापूर, बेलायत, म्यान्मा, जापान आदि देशमा विचरण गराई त्यहाँका विविध जानकारी दिएका छऩ्। इमानदारिता, सरलता, सूचनात्मकता, रसात्मकता, कता कता परिहासमय अभिव्यक्ति आदि जस्ता वैशिष्ट्य र प्रवृत्ति उनका नियात्रा लेखनगत अभिप्राप्ति हुन्। जे होस्, नेपाली नियात्रा साहित्यमा सलोन कार्थक एक सार्थक नाम हो। उनले विदेश भ्रमणका विविध अनुभव, अनुभूति र ज्ञानलाई नेपाली पाठकसामु पस्किदिएका छन्।

सन्दर्भ ग्रन्थ सूचीः
१। सलोन कार्थक, पदयात्रा गाउँको फन्को विदेशको, कालिम्पोङ, सरिकार प्रकाशन,२०००।
२। समकालीन साहित्य, अङ्क ५८, ने।रा।प्र।प्र।साउन(पुस, २०६२।
३। समकालीन साहित्य ९य़ात्रा(संस्मरण विशेषाङ्क, पूर्णाङ्क ४१, काठमाडौं,नेराप्रप्र, २०५८।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *