मिति : २०७२/०८/२७
नमस्ते साहित्य समाज, ओखलढुङ्गाले नेपाली भाषा–साहित्यमा उल्लेख्य योगदान पु¥याए बापत काठमाडौंका कवि तथा गजलकार उज्ज्वल जी.सी.लाई महाकवि देवकोटा स्मृति साहित्य सम्मान प्रदान गर्ने भएको छ ।
त्यसैगरी सो संस्थाले नेपाली गजल वर्ष सम्मान चितवनका गजलकार पुष्प अधिकारी, सिद्धिचरण सम्मान पोखराका कवि दिलीप दोषी, नमस्ते साहित्य रत्न सम्मान मकवानपुरका बिर्खे अञ्जान, नमस्ते साहित्य समाज युवा प्रतिभा सम्मान स्याङ्जाका जीवनपानी, नमस्ते साहित्य समाज नवप्रतिभा सम्मान बॉंकेकी सुमित्रा न्यौपाने एवम् नमस्ते साहित्य समाज सेवा सम्मान ओखलढुङ्गाका गोकर्ण बानियॉंलाई प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त सम्मानहरू यही आउ‘ंदो पौष ११ गते ओखलढुङ्गामा एक भव्य कार्यक्रमका बिच अर्पण गरिने छ । साथै नेपालका बिभिन्न जिल्लाका स्रष्टाहरू उपस्थित रहने उक्त कार्यक्रममा कवि तथा संचारकर्मी कृष्ण कट्टेलको कवितासंग्रह सरकारपारिको गाउ‘ं लोकार्पण गरिने जानकारी समाजको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *