पहिलो पल्ट भारतको गुजरात र राजस्थान भ्रमणमा जॉंदा मैले नुन खानिहरूको विस्तृत अवलोकन गर्ने अवसर पाएको थिइन‘ं । नुनस‘ंग सम्बद्ध कर्मचारी भएर पनि यस सम्बन्धी कसैले राखेका जिज्ञासाहरूप्रति अनभिज्ञता प्रकट गर्नुपर्दा कहिलेकाही‘ं खिन्नताबोध हुने गथ्र्यो मलाई । यस पालि भने अफिसको काम बोक्दै मेरा एक मित्रसहित पुनः गुजरात राज्यका विभिन्न स्थानहरूको भ्रमणमा जॉंदा मैले अत्यन्तै नौला अनुभवहरू स‘ंगाल्न पाए‘ं । अफिसको काम निप्ट्याउनुपर्ने जिम्मेवारी र भ्रमणस्थलबाट आर्जन गर्नुपर्ने ज्ञानहरू मेरा लागि चुनौती नै थिए । तर यी दुवैलाई सन्तुलनको तराजुमा राख्दै सफलताको शिखर पुग्न केही हदसम्म सक्षम भए‘ं म । यस्तै सुअवसरहरू अब दुईचार पटक मिलेमा नुनसम्बन्धी सानो पुस्तक नै तयार गर्न सक्ने बलियो विश्वासको जन्म भएको छ मभित्र ।
के गर्ने हाम्रो देशलाई प्रकृतिले जलस्रोतको अमूल्य माला पहि¥याइदिए पनि निर्धक्कपुर्वक स्वदेशको नून खान पाउने सौभाग्यबाट भने वञ्चितै गराएको छ । तर नेपालमा नुन नै उत्पादन हु‘ंदैन भनेर कुनै विदेशीस‘ंग नाक खुम्च्याउनुपर्ने स्थिति भने छैन । मुस्ताङ नर्सिङ खोलामा वार्षिक उत्पादन हुने ६०–७० मुरी नै किन नहोस्, हामीले यसैबाट झिनो गर्व त गर्न सक्छौ‘ं–सक्छौ‘ं – ‘नेपालको नुन’ भन्दै । यसो भन्दैमा हाम्रो गौरवले नुनको आवश्यकतालाई परिपूर्ति गर्न भने कहिल्यै सक्दैन । यो सबै नेपालीले ठोकुवा गर्दै भन्न सक्ने कुरा हो । नभए हामीले दैनिक उपभोगमा ल्याउने नुन भारतको गुजरात र राजस्थानबाट साल्ट टे«डिङ्गले किन पैठारी गर्नुपथ्र्यो र ?
‘खोला त¥यो लौरो बिस्र्यो’ भनेझै‘ं नुन खान पाएपछि त्यसको बारेमा सोचिरहने न त हाम्रो स्वभाव छ न त फुर्सद नै । त्यसैले हेर्दा सेता, खॉंदा नुनिला, किन्दा सस्ता लाग्ने नुन वास्तवमा कहॉं कसरी बन्छ ? भन्ने कुरा प्रायःलाई थाहा नहुन सक्छ । त्यस्ता व्यक्तिहरूको गणनामा आपूm पनि पर्ने भएकोले उक्त प्रश्नको उत्तर पहिल्याउने जमर्कोसहित जब म गुजरातको खारागोडा पुगे‘ं त्यहॉं नुन उत्पादन गर्ने विभिन्न व्यक्तिहरूस‘ंगको भेटघाट, उनीहरूबाट पाएको मित्रवत् व्यवहारले एक किसिमको मजा त मिल्यो नै त्योभन्दा बढी मैले नुन बनाउने ठाउ‘ंको प्रत्यक्ष निरीक्षण गर्न पाएकोमा अपार खुसीको अनुभूति भयो । डॉंडा र पाखास‘ंग मितेरी लाउ‘ंदै हुर्केको नेपाली ठिटो मरूभूमि भन्न सुहाउने ( ऑंखाले देखेसम्म सम्म परेको ) जमिनको बीचमा पुग्दा कताकता अति दुर्गम जिल्ला निवासीले काठमाडौ‘ंको व्यस्त शहर देखेजस्तै ‘जिल्लाराम’ पर्नु कुनै अस्वाभाविक त थिएन । तर मैले त्यो कमजोरी छर्लङ्गिनबाट सकेसम्म आपूmलाई बचाए‘ं । त्यहॉंको सम्म परेको जमीन ( जसलाई ‘रन’ भनि‘ंदो रहेछ ) को माझमा अगरिया जातिका मजदूरहरूले कडा परिश्रमका साथ २० देखि २५ फिटको गहिराइमा कुवा खन्दा रहेछन्, कुवाबाट पानी निस्कनु उनीहरूको लागि सौभाग्य नै हु‘ंदोरहेछ ।
कहिलेकाही‘ं अथवा भनौ‘ं भाग्यले साथ नदिएको बेला दशौ‘ं कुवा खन्दा पनि पानी ननिस्केर मेहनती अगरियाहरूको परिश्रम सबै ‘बालुवामा पानी पोखिए सरह’ खेर जॉंदो रहेछ । ती अभागी श्रमिकहरूले जमीनबाट निकालेको नुनिलो पानी (द्यचष्लभ) नै हाम्रो जिब्रोलाई स्वादिलो बनाउने नुनको मुख्य स्रोत रहेछ । त्यो नुनिलो पानी अन्दाजी एक–डेढ फिट उ‘ंचाइको ठूलो पोखरीमा जमाइएपछि २०–२५ दिनसम्म फलामको पन्यु‘ंले चलाउनु पर्दो रहेछ । यस अवधिमा बाहिरी तापक्रमले पानी बाफ हु‘ंदै उडेपछि सोडियम क्लोराइड (क्यमष्गm ऋयिचष्मभ) को मात्राले नुनको रूप धारण गर्ने रहेछ । तर गान्धीधाम,भावनगर,पोरबन्दर आदि स्थानमा भने कुवा खन्ने झञ्झट हु‘ंदो रहेनछ । समुद्रको पानी वाटर–पम्पद्वारा पोखरीमा ल्याइएपछि आवश्यक प्रक्रियापश्चात् नै नुन बन्ने भएकोले यहॉंका अगरियाहरूलाई खारागोडाको तुलनामा धेरै भाग्यमानी नै मान्नु पर्ने हुन्छ । नुन बन्ने अवधिलाई प्रश्नको रूपमा एक व्यक्तिस‘ंग सोध्दा,‘अगरियाहरू त दिनरातै यसमा जुटेका हुन्छन्, तर पानीमा सोडियम क्लोराइडको मात्रा के कति हुन्छ त्यसमा निर्भर पर्छ । जति बढी सोडियम क्लोराइड हुन्छ त्यति चॉंडो वातावरणको तापक्रमले पानी वाष्प भई उडेर नुन बन्छ’ भन्ने सहज जवाफबाट म अवाक् भए‘ं । पानीले नुनको रूप धारण गर्ने प्रक्रिया निश्चय नै मेरो लागि नौलो अनुभव बन्न पुग्यो । हुन त भारत विश्वको नुन उत्पादन गर्ने छैटौ‘ं ठूलो राष्ट्र भएको जानकारी मैले विभिन्न नुन कम्पनीहरूका प्रोफाइलबाट थाहा पाइसकेको थिए‘ं । वार्षिक १ करोड मे.ट.नुन उत्पादनमध्ये गुजरात राज्यले मात्र ६४ प्रतिशत ओगट्ने तथ्य भेटि‘ंदा मेरो ज्ञानको भण्डार एक तह वृद्धि हुन पुग्यो । कुल नुन उत्पादन परिणाममध्ये ७७ प्रतिशत समुद्रको पानी र २३ प्रतिशत कुवाबाट निकालिएको पानीले पूरा गर्दोरहेछ । सायद हाम्रो जस्तो भूपरिवेष्ठित राष्ट्र भएको भए यो सौभाग्य भारतलाई कहॉं मिल्थ्यो र ?
भ्रमणकै सिलसिलामा गुजरातको मलिया,धाराङ्गधरा,भावनगर,गान्धीधाम,पोरबन्दर आदि स्थानहरूमा नुनका ढिस्काहरू (पहाड झै‘ं लाग्ने) देख्दा मलाई सॉंच्चै नै ती नुनका मालिकहरू पूर्वजन्ममा असङ्ख्य दान–धर्म गरी यस जन्ममा सो को प्रतिफल थाप्न आएका भाग्यमानी मानव हुन् कि भन्ने आभास भयो । झन् पोरबन्दरमा नुनको साथसाथै भारतको स्वतन्त्रतासंग्रामका महापुरुष महात्मा गान्धीको जन्मघर, त्यसभित्रको साधारण कोठा, कोठाभित्रको जन्मस्थान (रातोमाटोले लिपेर राखिएको) देख्न पाउ‘ंदा मलाई झट्ट एक यथार्थबोध भयो कि सच्चा मानव बन्न कुलघरानमै अर्थात् महलमै जन्मनु पर्दो रहेनछ भन्ने । एक साधारण घरमा जन्मेका गान्धी आज भारतका सर्वपूज्य मानव मात्र नभई विश्वको लागि नै स्मरणयोग्य व्यक्तित्व त्यसै बनेका होइनन् । ‘कर्मको नै छ सूपूजन’ भन्ने सिद्धान्तले नै मोहनदास करमचन्द गान्धीलाई महात्मा गान्धी बनाएको हो । आखिर यस्ता निस्वार्थी, त्यागी, स्वतन्त्रताका जन्मदाताले समेत गोली खाएर अकाल मृत्यु–वरण गर्नु पर्ने ? धन्य छ विधिको विडम्बना ! हाम्रा युगकवि सिद्धिचरण श्रेष्ठले कोरेका कविताको निम्न चार पङ्क्ति सम्झन पुगेको थिए‘ं मैले अनायासै ः
संकट पर्दछ मानिसलाई ढुङ्गालाई के पर्छ
असिना आई पूmलबारीमा पूmलहरू पहिले झार्छ
जसको छाती जत्ति छ विशाल उति नै संकट उसलाई
गोली लाग्दछ गान्धीलाई केही हु‘ंदैन अरूलाई ।
त्यसपछि मेरो मस्तिष्कले पुनः नुनकै भाग्यमानी मालिकहरूको सम्झना गर्न थाल्यो । समुद्रको पानीबाट बनेको नुन बिक्री गरी वार्षिक लाखौ‘ं–लाख आर्जन गर्ने यी धनपतिहरूको आलीशान भवन, गाडी एवम् सयौ‘ं बिघा जमीन देख्दा मेरा ऑंखाहरू क्षणिक तिर्मिराइछोडेथे । अपार सम्पत्तिका मालिक भए पनि आफ्ना बाबु–बाजेले गरी आएका व्यवसायप्रति यिनीहरूमा देखिएको लगनशीलता र उत्साह भने मान्नै पर्ने खालको रहेछ । समुद्रबाट पानी वाटर–पम्पले आफ्नो जमीनमा ल्याई निश्चित प्रक्रियापश्चात् प्राकृतिक रूपले तयार हुने अति सस्तो नुनको व्यापारबाट फलिफाप भएकामध्ये भावनगर साल्टस्का सन्तोष भाइ, ओसवाल साल्टस्का अशोक भाइ, वेलब्राइनका हरि भाइ, जसवन्त सेठ साथै त्यस क्षेत्रका अन्य धेरै नुनका जमिन्दारहरूमा आडम्बरीपन भनेको जसरी रत्ति देखि‘ंदैन त्यसरी नै उनीहरूको सौहार्दता, व्यापारिक इमान्दारिता, कुशलता र कुटनैतिकताबाट जो कोही प्रभावित नहोलान् भन्न सकिन्न । यो मीठो सत्य हो । पराईको कुरा एकाग्र भई सुन्नु, महत्व दिनु, व्यक्तित्वको तारीफ गर्नु प्रायः गुजरातीहरूको एक विशेषता नै हो भने पनि हुन्छ । यो तथ्य मैले परिचय आदान–प्रदान गर्ने क्रममा पत्ता लगाएको हु‘ं । आफ्नो नाम, अफिसको दर्जाका अलावा साहित्यिक व्यक्तित्व पनि छर्लङ्ग्याइदि‘ंदा उनीहरू अझ बढी प्रभावित थिए– मदेखि ।
काठमाडौ‘ं बाहेक स्वदेश र विदेशमा साहित्यकर्मीहरूको सम्मान बेसी हुने अनुभव योभन्दा पहिले मैले धेरै ठाउ‘ंमा गरिसकेको छु । ‘नजीकको तीर्थ हेला’ भनेझै‘ं जुन स्थानमा रही साधना गरिएको छ, त्यो स्थानमा आफ्नो इज्जत खोज्दै हि‘ंड्नु पर्ने बाध्यता म जस्तै मेरा अरू साथीहरूलाई पनि नभएको होइन । तर शिक्षित गुजराती कुबेरहरूबाट दर्शिएको मौखिक अभिनन्दनहरूले आफ्नै देश र समाजका साहित्यिक माननीय भनाउ‘ंदाहरूबाट हुने पनपक्ष र घात–प्रतिघातको परम्परालाई चटक्कै बिर्सन मलाई बाध्य तुल्यायो । र केही क्षणकै लागि भए पनि तनावमुक्त भए‘ं म । अर्को उल्लेख्य कुरा के हो भने धन, पद र बुद्धिको मातमा प्रायः मानिसहरूले देखाउने आडम्बरीपन गुजरातीहरूमा जुन कोणबाट खोजे पनि भेटि‘ंदैन । यस्ता गुण संसारका सबै मानिसहरूमा हुने हो भने गोला, बारूद, मिसाइलको अस्तित्व के नै रहन्थ्यो र ? आणविक भट्टीका लागि दैनिक लाखौ‘ं डलर किन खर्च गर्नुपथ्र्यो र ?
यी आडम्बरविहीन गुजरातीहरूको सुन्दर,शान्त शहर भावनगरमा तीन रात बितेको मलाई तीन घण्टा झै‘ं लाग्यो । कामको तनावबाट मुक्ति पाउनासाथ मेरो भित्रीहृदयले भगवान् द्वारिकाको स्मरण गर्न पुग्यो । काठमाडौ‘ंबाट प्रस्थान गर्नुअगावै अफिसका केही मित्रहरूले ‘भावनगर पुगेपछि त द्वारिका जान नभुल्नुहोला है !’ भनेर भनेका शब्दहरू मनभित्र सल्बलाउन थाले । हुन त आपूmले गरेका कुकर्महरू चोख्याउन वा मेटाउन विभिन्न देवदेवीका मठमन्दिरहरू धाउन खप्पिस हामी नेपालीहरूमध्ये जो कोही पनि भारत–भ्रमणमा जॉंदा त्यहॉंका प्रसिद्ध मन्दिरहरूमा घण्टौ‘ं लाम लागेरै भए पनि दर्शन गर्न चुक्दैनौ‘ं । भगवान्स‘ंग गरेका प्रार्थनाहरूबाट आफ्नो कुकर्म पखालिने अर्थात् पापबाट मोक्ष भएको विश्वास गर्ने हामीहरूको अन्धविश्वास दिन–प्रतिदिन मौलाउ‘ंदै गएको जो कसैले अनुभव गरेकैै कुरा हो । तर त्यो अन्धविश्वासमा म विश्वास गर्दिन भन्दा कतिपयलाई चित्त नबुझ्न पनि सक्छ । किनभने आपूm सज्जनको पङ्क्तिमा छु भनी दावी गर्ने व्यक्ति विद्वतवर्गका ऑंखामा मूर्ख ठहरिन्छन् । तर जे होस्, मभित्र द्वारिका भगवान्को दर्शन गर्ने उत्कट अभिलाषा स्वाभाविक रूपमै पलाएको हो । आफ्नो सनातन धर्मप्रति आस्था राख्नु जो कोही आस्तिकहरूको विशेषता पनि हो । पशुपतिनाथको पुण्यभूमिमा जन्मन पुगेकोले होला सायद ममा ईश्वरप्रतिको भक्ति बाल्यकालदेखि नै अटूट रूपमा रह‘ंदै आएको छ । भक्तलाई भगवान्ले सधै‘ं दया गर्छन् भनेर मेरो बुबाले सानोमा सुनाउनुभएको कथास‘ंगै साक्षात्कार भावनगरमै गरे‘ं मैले । दुःखमा नआत्तिएका, सुखमा नमात्तिएका गुजराती सेठहरूमध्ये विशेष गरी सन्तोष भाइले भावनगरदेखि ८०० किलोमिटर टाढा हिन्दूहरूको पवित्र तीर्थस्थल द्वारिका भगवान्को दर्शन गर्ने मेरो अभिलाषा पूर्ण गराइदिन जुन सहयोग गर्नुभयो त्यसको लागि जीवनमा द्वारिका पुगेको स्मरण गर्दा उहॉंको नाउ‘ं मात्र लिएर पुग्दैन, मुरीमुरी धन्यवाद पनि दिनु पर्ने हुन्छ मैले । अन्यथा उहॉंले द्वारिकासम्म एक सहायक म्यानेजर (नाथुभाइ) लाई पथप्रदर्शकका रूपमा ३ (तीन) दिनसम्म साथै पठाई त्यस क्षेत्रको विविध जानकरी दिलाउन खोज्नुभएको अथक प्रयास निरर्थक, मूल्यहीन हुन जान्छ, उहॉंप्रति घोर अन्याय हुन्छ र म पनि एक पापी नै ठहर्छु । आफ्ना ‘बाबु’ भन्न सुहाउ‘ंदो उमेरका नाथुभाइले यात्राभर अतीतका तीता–मीठा कुराहरू सुनाएको क्षण, भावनगर र द्वारिकाको करिब बीचतिर पर्ने प्रसिद्ध सोमनाथको मन्दिरमा आरती गर्दाको क्षण, द्वारिका भगवान्को मन्दिर पुग्न १०÷१५ मिनेट मोटरबोटमा तीर्थालुहरूस‘ंगै बस्दाको क्षण र भगवानको सामीप्यमा खडा भई प्रार्थना गर्न पाएको क्षणहरू निश्चय नै मेरो जिन्दगीमा अविस्मरणीय बन्न गएका छन् ।
द्वारिकामा एक रात बिताई भोलि पल्ट नाथुभाइले म र मेरा एक सहयात्रीलाई राजेन्द्रनगरसम्म पु¥याइदिए । उनको व्यवहार र अमीट सम्झना हृदयमा बोक्दै हामी बसबाट दिल्ली आयौ‘ं । मैले बसको सिटमाथि तखतामा राखेको सानो सुटकेस बाटोमा बस उफ्र‘ंदा अचानक झरेर मेरो टाउकोमा बज्रन पुग्यो । एकछिन त बेहोस जस्तै भए‘ं । आफ्नो दुखाइभन्दा पनि सिटअगाडि बसेकी एक बृद्धाको टाउकोमा परेको भए तिनको हालत के हुन्थ्यो ? मलाई यात्रीहरूले के गर्थे ? भन्ने तर्कनाहरू मथिङ्गलभित्र अझै ताजै छन् । जे जस्तो भए पनि करिब २०÷२२ दिनको नुनसम्बन्धी अध्ययन–भ्रमण मेरा लागि हर कोणले उपलब्धिमूलक बन्न पुग्यो । तीता–मीठा थुप्रै अनुभव र स्मृतिहरू बोक्दै आफ्ना दिल्लीका हाकिमस‘ंग छुट्टिएर शाही नेपाल वायुसेवा निगमको जेटमार्फत् जब म अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए‘ं, एकातिर स्वदेशको स्पर्शले छातीभित्र खुसीका लहरहरू बेतोडले छचल्किन थाले भने अर्कोतिर झल्झली सम्झन पुगे‘ं ती भाग्यमानी सुन कमाउने नुनका जमिन्दारहरू !