१.

कलम छैन
बन्दुकको नालभित्र
युद्धको त्रास ।

२.
नेताको धन
बॉंडिन्छ भाषणमा
जनता भोकै ।

३.
सपना रोप्न
पसिना झर्दाझर्दै
सुक्छ रगत ।

४.
बनेछ देश
बाठाका ऑंगनीमा
गाउ‘ं दुर्गम ।

५.
तीतो सुवास
वैलाएको कमल
नमीठो सत्य ।

६.
रानीपोखरी
सम्झनाको प्रतीक
हरियो स्वार्थ ।

७.
नाङ्गो शरीर
छताछुल्ल छ लाज
घोप्टियो ऑंखा ।

८.
माधूर्य बोली
श्रवण जति ग¥यो
समय खति ।

९.
चिप्लो छ कुण्ड
मनको आकर्षण
अ‘ंध्यारो दूलो ।

१०.
भत्कियो मन
अविश्वासी हुरीले
जाग्यो वितृष्णा ।

११.
आकाश जत्रो
नदेखिने विश्वास
मायाको तौल ।

१२.
दन्कियो आगो
प्रेमको प्रतीक्षामा
चिसो सिरानी ।

१३.
बुद्धको ऑंखा
अ‘ंध्यारो छ लुम्बिनी
हि‘ंसाको धूवॉं ।

१४.
प्रेम प्रस्ताव
जुवामा अन्धो च्यॉंखे
लाग्दैन दाउ ।

१५.
बनियो दाश
भोको पेट रोएर
शुन्य उपाय ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *