इमान,विवेक र नैतिकता अ‘ंगालेको
हृदयभरि बुद्धका सन्देश स‘ंंगालेको
मातृभूमिको दुर्दशामा ऑंखा रसाउने
हामी नेपालीको मृत्युमा ऑंसु खसाउने
एउटा मानव हराएको छ यो देशमा ।

लालीगुरॉंस फक्रिदि‘ंदा छाती फुकाउने
दाजुभाइको द्वन्द्व सुन्दा चित्त दुखाउने
पनपक्ष र स्वार्थीपन कत्ति नभएको
स्वाभिमान लिलाम गर्न कतै नगएको
एउटा मानव हराएको छ यो देशमा ।

सबै नेपालीको रगत एउटै हो भन्ने
दीन–दुःखीहरूका माझ धर्मवीर बन्ने
सगरमाथालाई आफ्नै कॉंधमा बोकेको
राष्ट्रियता जोगाउ‘ंदा केही कष्ट भोगेको
एउटा मानव हराएको छ यो देशमा ।

हत्या,हि‘ंसा र आतङ्कमा साह्रै घिनाउने
स्वयम्भूका ऑंखाले मेचीकाली चिहाउने
एकताको घडा थाप्दै चौतारीमा बसेको
दुर्भाग्यको भीरबाट अनायासै खसेको
एउटा मानव हराएको छ यो देशमा ।

छातीमा चार जात छत्तीस वर्ण देखिने
इतिहासमा नाम स्वर्णाक्षरले लेखिने
नेपालीको उन्नतिमा दङ्ग पर्दै हॉंसेको
मेरो प्यारो राष्ट्र भन्दै हिजोसम्म बॉंचेको
एउटा मानव हराएको छ यो देशमा ।
००
बन्छौ‘ं कसैको दास

‘नून’ खाने कुखुराहरू
झोक्रिन्छन्÷लट्ठिन्छन्
र,
सम्भवतः मर्छन् पनि
० ०
विवेकशून्य÷चेतनाशून्य
विचरा ती कुखुराहरू
अनायास ‘नुन’ खॉंदै
थला पर्छन्
तर,
हामी मानिस
अर्काको ‘नुन’ पाए
‘सुन’ सम्झेर खान्छौ‘ं
ज्ति खाए पनि
झोक्रिदैनौ‘ं÷लट्ठिदैनौ‘ं
बन्छौ‘ं्र बरू
स्वाभिमानी ?
० ०
हामी
मालिकले
‘उठ्’ भन्दा उठ्छौ‘ंं
‘बस्’ भन्दा बस्छौ‘ं
कसैलाई
‘ठोक्’ भन्दा ठोकिदिन्छौ‘ं
कसैलाई
‘मार’ भन्दा मारिदिन्छौ‘ं
गजब बन्छौ‘ं हामी
कालोलाई ‘सेतो’ भन्दा
सेतोलाई ‘कालो’ भन्दा
अर्थात्
हामी नकार्दैनौ‘ं– असत्यलाई
‘नुन’ को सिकार भएपछि
० ०
हो, हामी
सत्य बिर्सदै
न्याय बिर्सदै
बन्छौ‘ं एक ‘तालिमे कुकुर’ जस्तै
विवेक र चेतना
पुच्छरमा हल्लाउ‘ंदै
मालिकको स्याबासी
पाउने होडमा
आफैले आफैलाई
लिलामी तुल्याउ‘ंदै
बन्छौ‘ं कसैको दास ।
०००
(साभार ःनिरीह समयमाथि (कवितासंग्रह))
ज्यू‘ंदा मूर्तिहरू

उज्याला कोठाहरूमा
अन्धकार बोक्दै
निरीहता भोग्दै
पलपल
त्रासका गाम्छाभित्र
भोलिका सपनाहरू बुन्दै
बसेका छन् – ज्यू‘ंदा मूर्तिहरू
भोक खॉंदै÷निद्रा सुत्दै÷प्यास भर्दै
तर,
‘सत्य’ बोल्न कत्ति सक्दैनन्
अर्थात्, अमूक छन्
कालो आकाशतिर
सेतो भविष्य नियाल्दै
० ०
मनस‘ंग कुरा गर्छन् रे यी
स्वतन्त्रता व्यर्थ हो
लोकतन्त्र व्यर्थ हो
स्वतन्त्रतामा हामी नाङ्गिन्छौ‘ं
लोकतन्त्रमा अरू झ्याङ्गिन्छन्÷हामी बाङ्गिन्छौ‘ं
० ०
हामीले
देशका आकर्षक फिलाहरू
सेकुवा बनाउ‘ंदै हसु¥यौ‘ं
मह‘ंगी÷अन्याय÷अत्याचारका
टन्टलापूर घामहरू
निमुखामाथि फर्काउ‘ंदै
धेरै खेल्यौ– अनैतिक खेलहरू
पहाडस‘ंग झेल गर्दै
० ०
उफ !
कस्तो गल्ती भएछ भन्दै
कहिले
प्रयश्चित बोल्छन्
कहिले
साउने अन्धो सॉंढेले देखेझै‘ं
मरुभूमिमा पनि हरियाली देख्छन्
हो,
आजभोलि बेसुरका बन्दैछन्
ज्यू‘ंदा मूर्तिहरू ।
(साभारः निरीह समयमाथि (कवितासंग्रह) )

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *