आफ्नै जिन्दगीसँग बोल्न हिचकिचाउँछु
खै किन सबैकुरा खोल्न हिचकिचाउँछु
अनुहार एक तर रुप अनेक मान्छेका
सकिएन रुपहरु खोतल्न हिचकिचाउँछु ।


म कतै गए भने तिम्रो जिवन बाट
एक्लो भए भने तिम्रो जिवन बाट
अहिले मर्छु भन्छौ खै पछि के गर्छौ
कालले लए भने तिम्रो जिवन बाट ।


जिवन मेरो कहीलै खास भएन
केही पाँउछु भन्ने आस भएन
संघर्ष ले कहिल्यै पाईला छोडेन
तर पनि सुखको आभास भएन ।

Chandra Bhatta
Radio Technician
Radio Amargadhi Dadeldhura
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *