तन एउटै मन एउटै अफसोच जिवन भएन
बाचा कसम प्रेमपनको अशल बन्धन भएन
सधै अभावै अभाव भईरहन्छ मलाई अवत
समर्पण, बचन, चाहाना एउटै लगन भएन ।

आफू बस्ने नि मेरो घर रहेन
मैले बस्ने चौतारीको बर रहेन
आश कोही कसैको नभएरै होला
अव त बाँकी कुनै रहर रहेन ।
सोचे जस्तो सबैको मन हुने भए
अलग मुटुको एक धडकन हुने भए
किन दुःखी हुनेथे र कहीं कोही
चाहे जस्तो कसीलो बन्धन हुने भए ।


साँचो माया नभएर पो गुनासो छ
कसैलाई दया नभएर पो गुनासो छ
जती आउछन दिल तोडेरै जान्छन
साथ दाँया बाँया नभएर पो गुनासो छ ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *