नेपाली संघ रूसको आठौं राष्ट्रिय अधिवेशन सुसम्पन्न
कृष्णप्रकाश श्रेष्ठ

मास्को, ३ सेप्टेम्बर २०१७ (आइतवार) । मास्कोस्थित रसियाली जनमैत्री विश्वविद्यालयको इन्टरक्लबको प्रेक्षालयमा गैरआवासीय रूस राष्ट्रिय समन्वय परिषदको आठौं राष्ट्रिय अधिवेशन सुसम्पन्न भयो । रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दीनानाथ राजभण्डारीको सभापतित्वमा सम्पन्न भएको त्यस अधिवेशनमा प्रमुख अतिथिको रूपमा रूसका लागि नेपाली राजदूत श्री ऋषिराम घिमिरेको समुपस्थिति रहेको थियो ।
गैरआवसीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका महासचिव डा. मनमूर्ति भुर्तेलले अधिवेशनको सञ्चालन गर्दै पदाधिकारीहरू तथा गण्यमान्य अतिथिहरूलाई अध्यक्षमण्डलमा स्थान ग्रहण गराउनुभएपछि नेपालको राष्ट्रगान गुञ्जायमान भयो ।
रूस राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष डिल्ली खरेल सुमनले आठौं राष्ट्रिय अधिवेशनका सहभागीहरू र अतिथिहरूको हार्दिक स्वागत गर्नुभयो ।
अधिवेशनका प्रमुख अतिथिको आसनबाट रूसका लागि नेपाली राजदूत श्री ऋषिराम घिमिरेले आफ्नो सारगर्भित वक्तव्यमा रूस (सोभियत संघ) बाट ६ हजार जति नेपाली विशेषज्ञहरूले उच्चशिक्षा प्राप्त गरिसकेको तथ्यको चर्चा गर्नुहुँदै रूसमा रहेका नेपालीहरूको संस्थाले स्वदेशमा जलस्रोत विकास, पर्यटन उद्योग आदिको प्रवद्र्धनमा रूसबाट लगानी भित्य्राउनुका साथै रूसमा नेपाली लघुउद्योग तथा कृषिजन्य वस्तुहरूको निर्यातबृद्धि आदि क्षेत्रमा पनि योगदान पु¥याउन सक्तछ भन्ने अभिव्यक्ति दिनुहुँदै अधिवेशनको सफलताको कामना गर्नुका साथै विद्यमानमा जस्तै आगामी रूस राष्ट्रिय समन्वय परिषदको कार्यकालमा पनि राजदूतावास र गैरआवासीय नेपाली संघ रूसबीच सहकार्य कायम रहने छ भन्ने विश्वास जनाउनुभयो ।
गैरआवासीय नेपाली संघ ं अन्तरराष्ट्रिय समन्वय परिषदका निवर्तमान अध्यक्ष एव प्रमुख संरक्षक जीवा लामिछानेले डा. उपेन्द्र महतो, भीम उदास प्रभृतिको प्रयासबाट मास्कोमा रोपिएको गैरआवासीथ नेपाली अभियानको सानो बिरुवाले १४ वर्षपछि संसारका ७७ देशहरूमा जरो गाडेर विश्वव्यापी सञ्जाल जस्तो विशाल वृक्षको रूप लिइसकेको चर्चा गर्नुहुँदै रूसमा बसोवास गरिरहेका नेपालीहरूले भविष्यमा पनि पूर्ववत् एकबद्ध रही स्वदेशको विकासमा योगदान पु¥याउने लगायत यस संस्थाका लक्ष्यहरूको परिपूर्तिमा ज्वलन्त उदाहरण प्रस्तुत गर्दैरहने छन् भन्ने दृढता व्यक्त गर्नुभयो । उहाँले गैरआवासीय नेपालीहरूको चाहनाअनुरूप नेपाल सरकारले ऐनकानूनहरूको व्यवस्थालगायत व्यक्तिगत र सामूहिक रूपमा पनि नेपालमा लगानीका लागि अनुकूल अवस्थाको सृजना गरिरहेको जनाउनुहुँदै सामूहिक लगानीको उदाहरणस्वरूप शुरुमा सानै भए पनि जलविद्युत् परियोजनाको कार्यान्वयन भइरहेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।
गैरआवासीय नेपाली संघका केन्द्रीय महासचिव डा. बद्री के.सी.ले नेपालमा महाभूकम्प जाँदा आपूm नेपालमै भएको र छोटो समयमै गैरआवासीय नेपाली संघको तर्पmबाट भूकम्पपीडित विभिन्न जिल्लाहरूमा तत्काल पुगी राहत कार्यमा जुटेको र हालै मात्र पनि बाढीपीडित क्षेत्रमा राहत कार्यका लागि २ करोड रुपैंया जम्मा गर्ने लक्ष्य राखिएकोमा ४ करोड जम्मा भएको उदाहरण दिंदै सप्तरी जिल्लामा पुगेर बाढीपीडितहरूलाई सहायता पु¥याइएको अनुभव बताउनुभयो । उद्धारकार्यमा यस्तो सहभागिताबाट नेपालीहरूले गैरआवासीय नेपालीहरूलाई सकारात्मक दृष्टिले हेर्नेगरेको जनाउँदै उहाँले यस्ता दैवीप्रकोपको समयमा राहत कार्य सम्पन्न गर्न गैरआवासीय नेपाली संघअन्तर्गत एउटा स्थायी कार्यदल नै हुनुपर्छ भन्नुहुँदै रूसमा जस्तै नेपालमा पनि आपत्कालमा उद्धारकार्यका लागि मात्र नभई पहिलेबाटै भावी आपत्विपद्को सम्भाव्यता निराकरणमा समेत क्रियाशील प्रकोप–निराकरण मन्त्रालय रहनुपर्ने कुरामा जोड दिनुभयो ।
केन्द्रीय नारी–संयोजक सपिला राजभण्डारीले यथास्थानमा पुगी बाढीपीहित महिलाहरूलाई राहत वितरण गरिएको जनाउँदै यस्तो पुनित कार्यमा सहयोग गर्नेहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो भने अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रीय सदस्य तथा रूसमा सम्पन्न भइरहेको आठौं राष्ट्रिय अधिवेशनका लागि केन्द्रबाट मनोनित पर्यवेक्षक गोविन्दप्रसाद गौतम (विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष) ले गैरआवासीय नेपालीहरू देशको विकासमा साधन र सीपको लगानी गर्ने मात्र नभई सामाजिक, सांस्कृतिक, साहित्यिक आदान–प्रदानमा समेत योगदान पु¥याउन सक्षम छन् र हुनुपर्छ भनी जोड दिनुभयो ।
गैरआवासीय नेपाली संघ रूसका प्रथम संस्थापक–अध्यक्ष डा. सूर्यप्रसाद रिजालले विगत १४ वर्षको अवधिमा रूसमा बसोवास गरिरहेका नेपालीहरूको एक्यबद्धता विश्वभरि छरिएर रहेका नेपालीहरूका लागि उदाहरणीय रहेको भावाभिव्यक्ति दिनुभयो भने निवर्तमान अध्यक्ष उत्सव अमात्यले छिटै कार्यभार सम्हाल्ने नयाँ रूस राष्ट्रिय समन्वय परिषदले नयाँ–नयाँ सफलता हासिल गरोस् भन्ने कामना व्यक्त गर्नुभयो ।
रूस आप्रवासी संघका उपाध्यक्ष रवीन्द्र भट्टराईले रूसमा रहेका विदेशीहरूले आफ्नो श्रम र सीपद्वारा आफ्नो कर्मभूमिको विकासमा समेत गहकिलो कार्य गरिरहेको परिप्रेक्ष्यमा गैरआवासीय नेपाली संघले कर्मभूमिमा रहेका नेपालीहरूलाई के कस्तो सहयोग गर्न सक्छ भन्ने दिशातर्पm पनि सोच्नु आवश्यक भएको सुझाउँदै आप्रवासी संघको पहलकदमीबारे पनि संक्षेपमा प्रकाश पार्नुभयो ।
रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघका उपाध्यक्ष डा. भीष्म आचार्यले गैरआवासीय नेपाली संघको क्रियाकलापको सराहना गर्दै काम गर्दा यदाकदा आलोचना पनि नहुने होइन तर सकारात्मक आलोचनाले कामको सफलतामा बल नै पु¥याउँछ भन्नुहुँदै नेपाली उद्यमीहरूद्वारा रूसमा सर्वप्रथम पञ्जीकरण गरिएको पहिलो संगठन उद्योगवाणिज्य संघ पछिल्लो समयमा केही निष्कृय देखिएको तर्पm औंल्याउनुभयो ।
नेपाल खेलकूद तथा संस्कृति संघका उपाध्यक्ष रामेश्वर गौतमले अधिवेशनको सांस्कृतिक कार्यक्रममा भाग लिन नेपालबाट आउनुभएका अतिथि गायक कुलेन्द्र बि.क.को मास्को बसाइ सुखद रहोस् भन्ने कामना व्यक्त गर्नुभयो ।
नेपाली छात्रसंघ (रसियाली जनमैत्री विश्वविद्यालय) का अध्यक्ष मिलन कट्टेलले रूसमा अध्ययनार्थ आउने नेपाली विद्यार्थीहरूलाई स्वदेशमै यथासमय यहाँको स्थिति अवगत गराउने व्यवस्था गर्नु आवश्यक भएकोतर्पm औंल्याउँदै रूसमा अध्ययनार्थ आउने सबै युवायुवतीहरूका समस्याहरूको समाधानार्थ रसियाली जनमैत्री विश्वविद्यालयअन्तर्गतको नेपाली छात्रसंघले पहल लिइरहेको उल्लेख गर्नुभयो ।
सधैं भैm यस पल्ट पनि अधिवेशनमा मन्तव्य दिने सुअवसर पाइएकोमा आयोजकहरूप्रति धन्यवाद ज्ञापन गर्ने क्रममा मैले २७ वर्षदेखि प्रकाशित हुन नपाएर मेरो दराजमा थन्किरहेको तर विद्यार्थीहरूका लागि अत्यावश्यक रूसी–नेपाली शब्दकोशको पाण्डुलिपिलाई मेरो आह्वानमा किरण रानाभाटको नेतृत्वमा रसियाली जनमैत्री विश्वविद्यालयमा अध्ययनरत कुञ्जन के.सी., दिव्येन्द्र सिंह, प्रनिता मानन्धर, प्रतिष्ठा प्रधान, रेगन खड्काको अथक प्रयासबाट कम्प्युटरीय रूपान्तरण गरिएको हुँदा त्यसको पीडीएफ फाइल सर्वसुलभ भएको सहर्ष घोषणा गर्नुका साथै लोकार्पण समेत गरेको थिएँ ।
सभापतिको आसनबाट गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीले आठौं राष्ट्रिय अधिवेशनमा उपस्थित सबै गैरआवासीय नेपालीहरू र अतिथिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने नेपाली राजदूतावास परिवार (मास्को), नेपाली वाणिज्य दूतालय (सेन्ट–पिटर्सबुर्ग), रूस–नेपाल मैत्री समाज, रूसमा रहेका नेपालीहरूका विभिन्न सामाजिक संस्थाहरूप्रति कृतज्ञता जनाउनुभयो र अघिवेशनको पहिलो औपचारिक सत्रको समापन गरी बन्दसत्रको अवधिभर पाहुनाहरूलाई क्याफेमा जलपानको व्यवस्था गरिएको सूचित गर्नुभयो ।
बन्दसत्रको समाप्तिपश्चात् अधिवेशनको तेस्रो सत्रमा प्रमुख निर्वाचन आयुक्त डा. कुमार कार्कीको नेतृत्वमा निर्वाचन आयुक्तद्वय उत्सव अमात्य तथा सपिला राजभण्डारीले अध्यक्षमण्डलमा स्थान ग्रहण गरेपछि प्रमुख निर्वाचन आयुक्तबाट सन् २०१७–२०१९ को कार्यावधिका लागि रूस राष्ट्रिय समन्वय परिषदमा विधानद्वारा निर्धारित आवश्यक पदाधिकारीहरूभन्दा बढी कुनै उम्मेदवारी नआएकोले सर्वश्री रामेश्वर गौतम अध्यक्ष, सुमन रिजाल उपाध्यक्ष, शिवमणि भुत्र्याल उपाध्यक्ष, रोशनकुमार पोखरेल महासचिव, गोविन्द आचार्य कोषाध्यक्ष, इन्द्रप्रसाद भुषाल सचिव, पविता उपाध्याय नारी–संयोजक, किरण रानाभाट युवा–संयोजक र बुद्धिप्रसाद तिवारी, दुर्गाबहादुर भट्टराई, धनराज मुक्तान, पशुपति घिमिरे, हिमलाल खनाल कार्यकारी सदस्य तथा डा. एकनारायण चापागाईं केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।
अधिवेशनका सहभागीहरूकोे करतलध्वनिद्वारा यस घोषणाको अनुमोदनका साथै नवनिर्वाचित सबै पदाधिकारीहरूले अध्यक्षमण्डलमा आ–आफ्नो स्थान ग्रहण गरेपछि विधिवत् गोप्यताको शपथ–ग्रहण सम्पन्न गरिएपश्चात् शुभकामनाको लहर चल्यो…
यसरी उल्लासपूर्ण वातावरणमा गैरआवासीय नेपाली संघ रूसको आठौं राष्ट्रि«य अधिवेशनको औपचारिक खण्डको समाप्तिपश्चात् नेपालबाट निम्त्याइनुभएका गायक कुलेन्द्र बि.क. का साथ रूसमा रहेका नेपाली युवायुवतीहरूबाट रमाइलो नृत्य र गायन प्रस्तुत गरियो । नयाँ शिक्षावर्षको प्रारम्भका साथै शरदागमनको न्यानो मास्कोको साँझ निकै वेरसम्म रसियाली जनमैत्री विश्वविद्यालयको इन्टरक्लबमा नेपाली गीत र संगीत गुञ्जायमान भई उत्सवीय वातावरण व्याप्त रह्यो…
फोटो सौजन्य ः विश्व नेपाली साहित्य महासंघ, रूस शाखा,
दिनाङ्क ः ४ सेप्टेम्बर २०१७,
मास्को, रूस महासंघ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *