राजापुनियानी

(१)
यी ताराहरू
नयै किन लागेका
प्रत्येकपल्ट

(२)
हारिदिन्छु म
तिमीलाई उपहार
जित्नू तिमीले

(३)
बर्खाको बेला
मन पर्छ सुनिबस्नु
बर्खाकै बोली

(४)
तिम्रो गीत सुन्दा
त्यो अबोला रूखलाई पो
सुनेझैं लाग्छ

(५)
कोठामा राति
जिगज्याग बाटो कोर्दै
जुनकिरीहरू

(६)
नबोल्नू कोही
जब बोल्छ मौनता
नि:शब्द सुन्नू

(७)
शून्य आकाश
फुर्र उडिगयो चरा
आशा उडेन

(८)
आँखाको हाँसो
तल ओठको आँसु
झगडा शुरू

(९)
धेरै टाढो पो
पुगिसकेको रैछु:
फर्कुँ-नफर्कुँ

(१०)
तिमीले बोल्नू
चुपचाप सुन्नेछु म
मेरो आवाज

(११)
कहाँ सुहाउँछ
भूल बिनाको मान्छे
अचम्भ लाग्दो

(१२)
सकिँदै जाने
मैनलाई देखेपछि
सम्झेछु उमेर

(१३)
अघि बिहान
झल्याँस्स सम्झिएको
हाइकु बिर्सिएँ

(१४)
पुराना मान्छे
पुराना ब्याट्रीझैं
पर्खिरहेका

(१५)
धुल्याम्य ऐना-
घिल्तिर उभिन्छु
धूलोसरि नै

(१६)
राख्दैन रोकी
पानीका थोपा पातले
टप टप ट

(१७)
पेण्टिङ्गका शब्द
कान थापेर सुन्दा
आफ्नै स्वर खै

(१८)
घर मात्र त
सोहोरेन पैह्रोले
ती मन पनि

(१९)
धूवाँ-धूवाँ छ
को हो टाढो उभेर
कुन्नि के भन्ने

(२०)
चिया दोकान-
चिया पिउँदै सोच्छु
के को तिर्खा यो

(२१)
डुब्दा डुब्दै
आकाश गङ्गाभित्र
डस्छ संसार

नोट- वर्तमान युवा सशक्त भारतीय नेपाली कविहरूमा राजा पुनयानी प्रमुख नाम हो। यिनका कविताहरू वृत्त नामक साइटमा उपलब्ध छ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *